शुक्रबार, वैशाख १४, २०८१

बाढी पहिरोबाट ८३ जनाको मृत्यु, नामावलीसहित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ। बाढी पहिरोका कारण देशभरको जनजीवन अस्तव्यस्त बनेको थियो। बाढी पहिरोका कारण ३३ जिल्लामा बढी मानवीय तथा भौतिक क्षति भएको छ।

गृहमन्त्रालयको पछिल्ला तथ्यांकअनुसार हालसम्म ८३ जनाको मृत्यु भएको छ भने ३५ जान अझै बेपत्ता छन्। बाढी पहिरोबाट ४१ जना घाइते भएका छन् भने १७ हजार ४ सय ३९ जना विस्थापित भएका छन्।

बाढीका कारण सबैभन्दा बढी रौटहटमा क्षति पुगेको छ। रौतहटमा बाढीका कारण १० जनाको ज्यान गएको छ। ५ जना बेपत्ता छन्, भने १ जना घाइते छन्।

-झापामा ६ वर्षीया एलिजा न्यौपाने ९ वर्षका सौगात चौलागाई र ३ वर्षीय अजित प्रसाईको मृत्यु भएको छ। मोरङ्गमा १२ वर्षीय अमित हेमरन, १४ वर्षीय ऋषिदेव ८ वर्षीय प्रिति तामाङको मृत्य भएको छ।

-सुनसरीमा १२ वर्षीया तोसिब मिया ४ वर्षका जुगेर मियाको बाढीमा डुवेर मृत्यु भएको छ। पाँचथरमा १० वर्षीय दिवन राईको विद्यालय जाँदैगर्दा खोलाले बगाएर मृत्यु भएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिकाका ६६ वर्षीय वर्षका जनक बि.क., ३५ वर्षकी मन कुमारी राई, १७ वर्षका शिव कुमार राई र १५ वर्षका शक्तिकुमार राईको पहिरोमा परेर मृत्यु भएको छ।

-संखुवासभाको मकालु गाउँपालिका- ३ का ३४ वर्षीय मिङमा खङडु शेर्पाको बाढीले बगाएर मृत्यु भएको छ।

-ईलामको चुलाचुली गाउँपालिका- १ का ५५ वर्षीय मानाहाङ लावतीको खोलाले बगाएर मृत्य भएको छ। 

-ओखलढुंगाको चिसंखुगढी - ४ की ८० वर्षीय पासाङ पुटी शेर्पा खोलाले बगाएर मृत्यु भएको छ। त्यस्तै सिद्धिचरण नगरपालिका- ६ कि ४० वर्षीया कान्छीमाया श्रेष्ठ, ४० वर्षीया खपुटी शेर्पा र वर्ष १२ का कायाङजी शेर्पाको पहिरोले पुरिएर मृत्यु भएको छ।

-खोटाङको खोटेहाङ गाउँपालिका- २ कि २७ वर्षीया रेखा राई, ४ वर्षका रोमन राई र ७ महिने बालक रोहन राईको पहिरोले घर पुरिँदा मृत्यु भएको छ। 

-उदयपुर चौदण्डीगढी नगरपालिका- ४ का ३५ वर्षीय मनकुमार तामाङको खोलाले बगाएर मृत्यु भएको छ।

-महोत्तरी बलवा नगरपालिका- २ का ७२ वर्षीय हनिफ बैठाको मृत्यु भएको छ भने भंगाहा नगरपालिका- ४ मा की १७ वर्षीया एक महिलाको शव फेला परे पनि पहिचान हुन सकेको छैन। त्यस्तै सोनमा गाउँपालिका- १ का ५ वर्षीय ईन्ताज नदाफ र ६ वर्षीय अजरुदिन नदाफको कल्भर्टबाट खसेर मृत्यु भएको छ।

-धनुषाको गणेशमान चारनाथ नगरपालिका- ४ मा एक पुरुषको शव फेला परे पनि अझै पहिचान हुन सकेको छैन।

त्यस्तै धनुषाधाम नगरपालिका- ४ का ६० वर्षीय विपतिया महारा, जनक नन्दिनी गाँउपालिका- १ का ३५ वर्षीय छेदी गुप्ता र मुखियापट्टी मुसहरनिया- १ का ६५ वर्षीया सीयाराम यादवको बाढीमा डुवेर मृत्यु भएको छ।

-सिराहाको मिर्चैया नगरपालिका- ४ कि ११ वर्षीया रागनी कुमारी महतोको मृत्यु भएको छ भने सिरहा नगरपालिका- १७ कि ३० वर्षीया एक महिलाको शव फेला परेपनि अहिलेसम्म पहिचान हुन सकेको छैन। मिर्चैया नगरपालिका- ४ कि ५ वर्षीया प्रियंका साह, ६५ वर्षीय सोभित ब. कटुवाल र सिरहा नगरपालिका- १५ का १५ वर्षीय बलि साहको डुवेर मृत्यु भएको छ।

-सर्लाही कौडेना गाउँ पालिका- ५ का २ वर्षीय ऐयान खानको खोला तर्ने क्रममा बगाएर मृत्यु भएको छ।

-रौतहट जिल्लामा १० जनाको मृत्यु भएको छ। जसमा गौर नगरपालिका- ३ का ४० वर्षीय शिव मंगल पटेल, दुर्गाभगवती- ४ का ४० वर्षीय विरेन्द्र मिश्र, ३५ वर्षकी मनकुमारी, रासनाथ - १ का ३५ वर्षीय हरेन्द्र राय यादव, गौर नगरपालिका- ३ का ४० वर्षीय उमेश राउत, राजपुर- १ का ३५ वर्षीय सोनेलाल सोनार, राजदेवी- ८ का ४ वर्षीय पुरुषोत्तम यादव, वृन्दावन- ४  का ८ वर्षीय परमेश्वर राम, गढीमाई नगरपालिका- १ का ९ वर्षीय रवि राम, राजदेवी नगरपालिका- ८ का २ वर्षीय सिद्धान्त राय यादव, कटहरिया नगरपालिका-  २ का ५ वर्षीय सफ अन महमदको डुबेर मृत्यु भएको छ।

-त्यसैगरी पर्साको पर्सागढी- १ का १२ वर्षीय निखिल पटेल बीरगंज महानगरपालिका- २४ का १४ वर्षीय अनुप पटेल, ५ वर्षका अकलेश ठाकुर खोलाले बगाएर मृत्यु भएको छ।

-बाराको परवानीपुर- २ का २ वर्षीय विक्की यदाव, कलैया उपमहानगरपालिका- १३ का १० वर्षीय अंजित साह डुवेर मृत्यु भएको छ। 

-रामेछापको रामेछाप नगरपालिका- ६ की ७० वर्षीया पदमकुमारी सुनारको गोठ भत्किँदा च्यापिएर मृत्यु भएको छ।

-सिन्धुलीको फिक्कल गाउँपालिका- १ कि ३५ वर्षीय हेमकुमारी सुनुवर, दुधौली नगरपालिका- ४ का ३ वर्षीय कार्बन कपारी, ३० वर्षीय सुनिता पौडेल र १० वर्षकी सविता पौडेलको घर पहिरोले पुरिँदा मृत्यु भएको छ।

-यस्तै काभ्रेपलाञ्चोकको बनेपा- ३ कि ६० वर्षीया गोमा दंगाल र ७ वर्षकी सुहाबी दंगाललका पहिरोले पुरिएर मृत्यु भएको छ। त्यस्तै रोशी गाँउपलिका- ११ की ६५ वर्षीया कृष्णा देबी रायमाझी पर्खाल भत्किँदा च्यापिँदा मृत्यु भएको छ।

-काठमाडौंको मुलपानीस्थित बाबाचोक ट्रस्टको बाल भत्किएर पुरिएपछि ३५ वर्षीया शर्मिला यादव, ३० वर्षकी नितु यादव र १२ वर्षका कुन्दन यादवको मृत्यु भएको छ।

-ललितपुरको बाग्मती गाँउपालिका- २ का ११ वर्षीय सुरज जिम्बा, ४५ वर्षीया सीता राना मगरको पहिरोको ढिस्कोले च्यापिएर मृत्यु भएको छ।

त्यस्तै ललितपुरको महाँकाल गाँउपालिका- १ का ३० वर्षीय अविरल गोले, कुन्ज्योसम गाँउपालिका- २ का १० वर्षीय संन्दिप लोल्हो, ४५ वर्षीया सानुमैँया लोल्हो पहिरो घर पुरिँदा मृत्यु भएको छ।
ललितपुरको कुसुन्तीमा ३९ वर्षीय सुवेश बस्नेत खोलाले बगाउँदा मृत्यु भएको छ।

-मकवानपुरको थाहा नगरपालिका- ३ कि १४ वर्षीय सन्तमाया बलामी, कैलाश गाँउ पालिका- १० का ५० वर्षीया सानुकान्छा सुनार, ईन्द्रसरोवर गाँउपालिका- २ कि १४ वर्षीया सृष्टी डिम्डुङ, १८ वर्षीया बविता बलामी र ४२ वर्षीया कान्छीमाया बलामीको पहिरो पुरिएर मृत्यु भएको छ।

-धादिङ्गको गजुरी गाँउपालिका- ४ कि ८ वर्षीया अस्मिता तामाङ, बेनिघाट रोराङ गाँउपालिका- ३ का ४२ वर्षीया राजकुमार ठकुरीको खोलाले बगाएर मृत्यु भएको छ।

-पाल्पाको तिनाउ गाँउपालिका- ३ का ३१ वर्षीया धनबहादुर सुनारीको सिद्धबाबामा आएको पहिरोले मोटारसाईकल सहित बगाउँदा मृत्यु भएको छ।

-दाङ बंगलाचुली गाँउपालिका- ८ का ८ वर्षीय भक्तसिंह बैजाली, १८ वर्षीय शिशिर खत्रीको मृत्यु भएको छ।

-कपिलवस्तुको मायादेवी गाँउ पालिका- ४ का ५५ वर्षीय रामबेलास हरिजनपानीमा डुबेर मृत्यु भएको छ।

-डोल्पाको मुड्केचुला गाँउपालिका- १ का ३८ वर्षीय धर्मराज बोहोरा र ४५ वर्षीया चन्द्राकुमारी सार्कीको बाढीले बगाएर मृत्यु भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।