शुक्रबार, वैशाख १४, २०८१

काउटिन्होले स्वीकारे लिभरपुलको प्रस्ताव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- ब्राजिलियन मिडफिल्डर फिलिप्पे काउटिन्होले लिभरपुलको प्रस्ताव स्वीकार गरेका छन् । रिपोर्टका अनुसार काउटिन्होले बार्सिलोनाबाट लोनमा लिभरपुलको प्रस्ताव स्वीकार गरेको जनाएको छ । 

एथ्लेटिको मड्रिडबाट एन्टोनी ग्रिजमन बार्सिलोना पुगेसँगै काउटिन्होको अवसर कम हुन सक्ने रिपोर्टमा उल्लेख छ । तर, बार्सिलोनाले फ्रेन्चम्यान ग्रिजमनलाई ७ नम्बरको सट्टा १७ नम्बरको जर्सि दिएको छ । त्यसैले कतिपएले उनी बार्सिलोनाको मिडफिल्डरको रुपमा रहने आसा व्यक्त गरेका छन् ।

मिरोरका अनुसार यकातर्फी पछिल्लो समय पेरिस सेन्ट जर्मन (पिएसजी)बाट नेयमारलाई अनुबन्ध गर्न २७ वर्षीय काउटिन्होलाई बाहिर निकाल्नु पर्ने अटकल जारी छ । युरोपियन च्याम्पियन लिभरपुल काउटिन्होका लागि दौडमा रहेको बताइएको छ । 

र काउटिन्हो जुर्गन क्लोपसँग काम गर्ने एक आकर्षक सम्भावना भएको जनाएको छ । रिपोर्टका अनुसार लिभरपुलले उनका लागि दुई वर्षको लोन अनुबन्धका लागि ८८ मिलियन पाउण्डको प्रस्ताव गरेको छ। 

यसअघि नै काउटिन्होका एजेन्ट किआ जूरालचियनले पहिले नै उनी लिभरपुल बाहेक अन्य प्रिमियर लिग क्लबका लागि खेल्न नसक्ने संकेत दिएका थिए । जसले जनवरी २०१८ मा बार्सिलोनाका लागि १४२ मिलियन पाउण्डमा छोडेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।