शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस जिल्ला सभापतिहरू रिले अनशन बस्दै

कांग्रेसका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सूची सार्वजनिक र निर्वाचन निर्देशिका संशोधनको माग गर्दै रिले अनशन घोषणा गरेका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– कांग्रेसका जिल्ला सभापतिहरूले  क्रियाशील सदस्यताको सूची सार्वजनिक र निर्वाचन निर्देशिका संशोधनको माग गर्दै  रिले अनशन घोषणा गरेका छन्। उनीहरू पार्टी मुख्यालय सानेपामा बुधबार ११ बजेदे्खि २४ घण्टे रिले अनशन बस्न लागेका हुन्। पहिलो दिन नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेका मधु आचार्य र धादिङका रमेश धमला अनशन बस्दै छन्। 

triton college

क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्नुपर्ने माग उनीहरूको छ। केसीले भने, ‘अविलम्ब सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस्। क्रियाशील सदस्यताको तहगत निर्णय गरिएको सूचीका त्रुटिमाथि पार्टीको विधान र मापदण्डबमोजिम छानबिन गरेर मात्र अन्तिम रूप दिनुपर्छ।’ 

निर्वाचन निर्देशिका पनि संशोधन गरिनुपर्ने माग उनीहरूको छ। निर्वाचन प्रक्रियामा सबै जिल्लाका सभापतिको एकरूपता आउनुपर्ने गरी संशोधन गर्नुपर्ने केसीले बताए।

कांग्रेसमा क्रियाशील सदस्यता छानबिन गर्न गठित कार्यदलले दुई दिनअघि प्रतिवेदन बुझाएको छ। 

प्रकाशित: Aug 25, 2021| 10:42 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...