शुक्रबार, वैशाख १४, २०८१

कोभिडपछिको समस्या झनै डरलाग्दो

झापा घर भएकी ३६ वर्षीया महिला विराटनगरमा बसेर काम गर्छिन्। काम गर्ने क्रममा उनी कोरोना संक्रमित भइन्। उनलाई संक्रमण भएको केही समयपछि उनका श्रीमानलाई पनि संक्रमण भयो।
 |  बुधबार, भदौ ९, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, भदौ ९, २०७८

विराटनगर- झापा घर भएकी ३६ वर्षीया महिला विराटनगरमा बसेर काम गर्छिन्। काम गर्ने क्रममा उनी कोरोना संक्रमित भइन्। उनलाई संक्रमण भएको केही समयपछि उनका श्रीमानलाई पनि संक्रमण भयो। 

triton college

श्रीमान्-श्रीमतीलाई नै कोरोना संक्रमण भएपछि उनीहरूको साथमा रहेको सानो बच्चालाई आफन्तको घरमा लगेर राखियो। केही समयपछि दुवैजना  संक्रमणमुक्त भए। संक्रमणमुक्त भएको केही दिनपछि महिलामा समस्या देखिन थाल्यो। उनलाई कोभिडका कारण आफ्नो वा श्रीमान‍्को अथवा दुवै जनाको मृत्यु भएको भए मेरो बच्चालाई कस्ले हेर्थ्यो? यसको विजोग हुने थियो? लगायत कुरा मनमा खेल्न थाले। 

दिन त जसो तसो कट्थ्यो। तर, रातभर निन्द्रा नलाग्ने हुन थाल्यो। समस्या बढ्दै गएपछि उनले मनोपरामर्शकर्ता राधा बस्नेतसँग सम्पर्क गरिन्। बस्नेत साझा सवालका लागि साझा मञ्च कोकनले विराटनगरमा सञ्चालन गरेको हेल्पलाईनमा कार्यरत छिन्। उनलाई पीडित महिलाले घटनाक्रम सवै सुनाएपछि मनोपरामर्शको टिप्स दिन सुरु गरियो। विस्तारै उनमा सुधार हुँदै गएको छ। पहिलेको अवस्थामा नपुगे पनि दैनिक परामर्श दिनुपर्ने अवस्था नरहेको बस्नेतले बताइन्। उनले भनिन्, ‘७–७ दिनमा कहिले उहाँहरूले फोन गर्नुहुन्छ, कहिले म गर्छु।’  

पछिल्लो समय कोकनले सञ्चालन गरेको हेल्पलाइनमा दैनिक परामर्श लिनेहरूको संख्या बढ्दै गएको छ। कोरोना संक्रमितहरूलाई मनोपरामर्शको आावस्यकता देखेर प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा कोकनले नि:शुल्क हेल्पलाइन सेवा सुरु गरेको हो। 
मोरङको सुन्दरहरैचाकी ३९ वर्षीया महिला विराटनगरको एक अस्पतालको भेन्टिलेटरमा ११ दिन बसिन्। कोरोना संक्रमणमुक्त भएपछि उनलाई घर लगियो। घरमा पुगेपछि उनले भेन्टिलेटर र कोभिड वार्डमा रहँदा कोरोना संक्रमण भएर मृत्यु भएकाहरूको घटना सम्झन थालिन्। समाचार सुन्दा, पत्रिका पढ्दा कोरोना संक्रमणमुक्त भएपछि पनि मृत्यु भएको, छातीमा कोरोनाको दाग आजीवन नमेटिने, संक्रमणमुक्त भएको एक महिनामा मृत्यु जस्ता समाचारले उनी आत्तिन थालिन्। अस्पताल बस्दासम्म केही नभएकी उनी घर पुगेपछि बिरामी हुन थालिन्। परिवारले मनोपरामर्श कर्तासँग सम्पर्क राखे। नियमितको मनोपरामर्शपछि उनमा सुधार आएको मनोपरामर्शकर्ता बस्नेतले बताइन्। 

पछिल्लो समय कोकनले सञ्चालन गरेको हेल्पलाइनमा दैनिक परामर्श लिनेहरूको संख्या बढ्दै गएको छ। कोरोना संक्रमितहरूलाई मनोपरामर्शको आावस्यकता देखेर प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा कोकनले नि:शुल्क हेल्पलाइन सेवा सुरु गरेको हो। 

कोकन अध्यक्षसमेत रहेकी मनोपरामर्शकर्ता मञ्जिता उपाध्यायले प्रदेश र स्थानीय सरकारसँग संक्रमितलाई मनोपरामर्श आवस्यक पर्ने देखिएकाले सहयोग गर्न आग्रह गर्दा पनि कुनै सहयोग नभएको बताइन्। उनले पछि आफूहरूले नै नि:शुल्क रूपमा फोनबाट परामर्श दिनेगरि सेवा सुरु गरिएको जानकारी दिइन्। 

corrent noodles
Metro Mart

कोरोनाको दोश्रो लहरपछि मात्रै हेल्पलाइनबाट ९० जनाले परामर्श सेवा लिएको उनको भनाई छ। उनले भनिन्, ‘प्रदेश १ का विभिन्न जिल्लाका साथै अन्य प्रदेशबाट फोन आउने गरेको छ।’ हेल्पलाइनमार्फत धेरैलाई अस्पतालबारे बुझिदिनुपर्ने, औषधी र ब्लड खोजिदिनुपर्ने, सुरक्षित होटलबारे जानकारी दिनुपर्ने, उपचारको अवस्था कस्तो छ भन्नेबारे जानकारी गराउनेदेखि बिरामी, आफन्त र हिंसा पिडितलाई फोनमार्फत मनोविमर्श सेवा दिइने गरिएको उपाध्ययायको भनाई छ। 

प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका फोकल पर्सन बैजनाथ साहले मनोविमर्शसहितको साझा हेल्पलाइन सेवा भएमा बिरामी चाँडै निको हुने र भैरहेकोले दीर्घकाल सञ्चालनमा चासो दिन सरकारसँग आग्रह गरे। उनका अनुसार सूचनाको अभावले गर्दा धेरै बिरामी आएर पनि भर्ना पाउन नसक्दा सास्ती पाउनु परेको र भर्ना भएकाहरूले उचित मनोविमर्श सेवा पाउँदा भेन्टिलेटरमा पुगेर पनि निको भएको बताए। 

इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले गैरसकारी क्षेत्रबाट मात्र नभएर सरकारको समेत सहभागीतामा बालहेल्पलाइन जस्तै गरेर महामारी, विपद र अन्य पीडितका लागि दीर्घकालिन रूपमा साझा हेल्पलाइन सञ्चालन भए प्रभावकारी हुने बताए। महामारी र विपदको अवस्थामा मात्र नभएर अन्य अवस्थामा पनि न्याय र सेवा नपाएका पीडितका लागि साझा हेल्पलाइन सेवाबाट सूचना लिन र सेवा प्राप्त गर्न सहयोग पुग्ने थापाले बताए। कोरोना संक्रमणपछि धेरैमा समस्या देखिएको उनले बताए।

प्रकाशित: Aug 25, 2021| 09:47 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।