शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • बाइडन भन्छन्, अफगानिस्तानमा जारी उद्धार मिसन अगस्टभित्रै सकिन्छ

बाइडन भन्छन्, अफगानिस्तानमा जारी उद्धार मिसन अगस्टभित्रै सकिन्छ

‘उद्धार कार्य जति चाँडो सम्पन्न हुन्छ त्यति राम्रो’, राष्ट्रपति बाइडनले जी सेभेन समूहको शीर्ष नेताहरूको भर्चुअल बैठकमा भने।
 |  बुधबार, भदौ ९, २०७८

बीबीसी

बीबीसी

बुधबार, भदौ ९, २०७८

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा जारी उद्धार मिसन अगस्ट ३१ भित्र सम्पन्न भइसक्ने विश्वास व्यक्त गरेका छन्। उनले यसका लागि तालिबानको सहयोग निर्भर रहने स्पष्ट पारेका छन्। यद्यपि तालिबान लडाकुहरूले उद्धार कार्यको समय सीमा थप्न नसकिने बताउँदै आएका छन्। बाइडनले उडानको संख्या वृद्धि भएको भन्दै आवश्यक कागजपत्र भएका सबै मानिसले बाहिरिन पाउने बताए। 

triton college

‘उद्धार कार्य जति चाँडो सम्पन्न हुन्छ त्यति राम्रो’, राष्ट्रपति बाइडनले जी सेभेन समूहको शीर्ष नेताहरूको भर्चुअल बैठकमा भने। जी सेभेन समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत, अमेरिका र युरोपेली युनियन सम्मिलित छन्।

बाइडनले जी सेभेन नेताहरूको सम्मेलनमा स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनको बढ्दो जोखिमबारे छलफल गरेका थिए।उनले जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्वप्रति तालिबानको प्रतिबद्धता हेरेर उनीहरूबारे मूल्यांकन गरिनुपर्ने बताए।

बैठकको अध्यक्षता गरेका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘अन्तिम क्षणसम्म’ उद्धार कार्य जारी राख्ने बताए। 

नौ दिनअघि तालिबानको कब्जामा परेको काबुलबाट कम्तीमा ७० हजार मानिसलाई उद्धार गरिएको छ। अफगानिस्तानमा अमेरिकी बसाइँ लम्बिँदा तालिबान समूहले आक्रमण गर्ने जोखिम उच्च हुने उनको भनाइ छ।

बैठकको अध्यक्षता गरेका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ‘अन्तिम क्षणसम्म’ उद्धार कार्य जारी राख्ने बताए। उनले तालिबानहरूलाई अफगान नागरिकलाई समयसीमापछि पनि बाहिरिन अनुमति दिन अनुरोध गरे।

corrent noodles
Metro Mart

युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लेयनले जी सेभेनका नेताहरूले अफगान नागरिकलाई सहयोग गर्नु आफ्नो नैतिक दायित्व भएको भन्दै परिस्थितिले दिएसम्म सबै सम्भव हुने सहयोग गर्ने सहमति जनाएको बताइन्।

काबुल विमानस्थलको सुरक्षामा झन्डै ६ हजार अमेरिकी सैनिक र १ हजारभन्दा बढी ब्रिटिस सैनिक खटिएका छन्। उनीहरूले विदेशी र मापदण्ड पूरा गरेका अफगान नागरिकको उद्धारमा सघाइरहेका छन्।

त्यसबाहेक नेटो आबद्ध फ्रान्स, जर्मनी र टर्कीका फौजहरू पनि सानो सङ्ख्यामा खटिएका छन्।

प्रकाशित: Aug 25, 2021| 08:30 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।