शुक्रबार, वैशाख १४, २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा १० मेघावाटको सौर्य उर्जाको व्यवस्थापन गर्नेगरी छलफल थालिएको छ। 

एसियन डेभलपमेन्ट बैंक (एडिबी) का अधिकृत नरेश प्रधानले भने, ‘हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जा उत्पादन गर्नेगरी तयारी गरेका छौं। १० मेघावाट सौर्य उर्जा निकाल्न करिब १ अर्ब लगानी लाग्ने अनुमान छ। उक्त रकम अनुदानमा प्राप्त हुनेछ। ’

उनका अनुसार भैरहवामा विमानस्थलमा नयाँ प्रयोग गर्न थालीएको हो। विमानस्थलाई सौर्य उर्जाबाट सञ्चालन गर्नेगरी प्रारम्भिक चरणमा विद्युत, एडिबी र नागरिक उड्डयन प्राधिकरणबीच छलफल भइसकेको छ।

विमानस्थल अहिले निर्माण सम्पन्नको अन्तिम चरणमा छ। यो विमानस्थललाई नेपालकै पहिलो ‘ग्रिन एयरपोर्ट’ का रुपमा विकास गर्ने अवधारणा अनुसार सौर्य ऊर्जाबाट सञ्चालन गर्नेबारे छलफल अघि बढाइएको एडिबीका अधिकारीहरुले जनाएका छन्।

सौर्य ऊर्जा जडान गर्न लाग्ने रकम ग्रान्टका रुपमा एडिबीले प्रदान गर्नेछ। छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्राष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित छ। ‘अब हामीले छिट्टै कोच्चिन विमानस्थलको अवलोकन गर्छौं, त्यसको अवलोकन गरेपछि सुरक्षाका कुरा पनि थाहा हुन्छ, त्यसपछि मात्रै सौर्य ऊर्जाको प्रयोग यहाँ पनि गर्छौं’, प्रधानले भने।

गौतबुद्ध विमानस्थलाई ग्रिनरी विमानस्थलको रुपमा विकास गर्नेगरी छलफल थालिएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए। उनले भने, ‘छलफल सुरु भएको छ। एडिबीको अनुदानमा उक्त परियोजना हुने भएको हो।’ विमानस्थल सन् २०१९ को डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। चीनको नर्थवेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएर काम गरिरहेको छ।

२०२३ साल फागुन १७ गते तत्कालिन युवराजधिराज बिरेन्द्र विरबिक्रम शाहदेवले समुद्घाटन गरेको भैरहवा विमानस्थल नाम परिवर्तन भई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएको हो।

विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यमा एडिबीले ५८ दशमलव ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलव ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य सुरु भएतापनि अहिले एडिबीले ६२ दशमलव ६ प्रतिशत र क्यानको ३७ दशमलव ४ प्रतिशत लागत बेहोरिरहेका छन्।

करिब ७३ प्रतिशत काम सम्पन्न भइसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी पौष मसान्तभित्र फुल फेजमा सञ्चालन आउने तयारीका साथ काम भइरहेको विमानस्थल आयोजना प्रमुख अधिकारीले बताए। अधिकारीका अनुसार अब बाँकी रहेको  १६ प्रतिशत विद्युत्को काम र ११ प्रतिशत सिविल काम असोज महिनाभित्र सम्पन्न गरिनेछ। पौष मसान्तभित्र फुल फेजमा विमानस्थल सञ्चालन हुनेछ। नेपाल सरकारले सार्वजनिक गरेको बजेट भाषणमा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि ३ अर्ब ३४ करोड बजेट विनियोजन भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।