एजेन्सी- युरो कप छनोट अन्तरगत जर्मनीले स्टोनियाको पोस्टमा गोलको बर्ष गरेको छ । मंगलबार राती भएको खेलमा जर्मनीले स्टोनियालाई ८-० गोल अन्तरले पराजति गरेको हो ।
जर्मनीको जितमा मार्को रिउस र सर्ज गनाब्रीले समान दुई दुई तथा लियोन गोरोत्जका, इल्के गुन्डोगोन, टिमो वर्नर र लिरो सानेले एक एक गोल गरे । खेलको १० औं मिनेटमा मार्कोले गोल गर्दै अग्रता दिलाए ।
त्यस्तै १७ औं मिनेटमा सर्ज गनाब्रीले गोल गर्दै जर्मीनीको अग्रता दोब्बर पारे । त्यसको तीन नबित्दै लियोनले गोल गर्दै अग्रता तेब्बर पारे । २६ औं मिनेटमा इल्के गुन्डोगोनले पेनाल्टीमा गोल गर्दै अग्रता ४-० को पारे ।
३७ औं मिनेटमा मार्कोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा जर्मनीलाई ५-० को अग्रता दिलाए । ६२ औं मिनेटमा सर्ज गनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै ७९ औं मिनेटमा टिमो वर्नर एक गोल गरे ।
८८ औं मिनेटमा लिरो सानेले एक गोल गर्दै जर्मनीले स्टोनियामाथी ८-० को फराकिलो जित निकाल्यो । यसजितसँगै समुह सी मा तीन खेल खेलेको जर्मनी ९ अंक सहित दोस्रो स्थानमा छ । ४ खेल खेलको नर्थन आयरल्याण्ड १२ अंक सहित शीर्ष स्थानमा छ । पाजित स्टोनिया अंक बिहिन तालिकाको पुछारमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४