शुक्रबार, वैशाख १४, २०८१

ओली अनुपस्थितिको नेकपा : आँधीअघिको सन्‍नटा  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- नेकपामा अहिले एक मात्र अध्यक्ष छन् प्रचण्ड । अध्यक्ष एवम् प्रधानमन्त्री ओली युरोप भ्रमणमा निस्किएका बेला प्रचण्ड सिंगल अध्यक्ष भएका हुन् । गत वर्षको जेठ ३ गते तत्कालीन एमाले र माओवादी एकीकरण भई बनेको नेकपामा ओली र प्रचण्ड दुई अध्यक्ष रहेका छन् । 

नौदिने युरोप भ्रमणमा ओली रहुन्जेल प्रचण्ड मात्र अध्यक्ष हुनेछन् । यसअघि अध्यक्ष देशबाहिर जाँदा पार्टीका वरिष्ठ नेतालाई कार्यवाहक दिने चलन थियो। तर दुई अध्यक्ष भएपछि यसो गरिरहने झन्झटबाट मुक्त भएको छ।  प्रधानमन्त्री ओलीले आफ्नो अनुपस्थितिमा उप तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन् ।
 
ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डले केही न केही तरंग ल्याउने विचार सार्वजनिक गर्दै आएका छन् । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भारत गएका बेला तरंग ल्याउने विचार सार्वजनिक गरेका थिए। उनले सरकारको नेतृत्व आलोपालो प्रणालीमा गर्ने सहमति भएको पत्र सार्वजनिक गरेर पार्टीमा नयाँ तरंग ल्याइदिएका थिए।
 
ओली युरोप भ्रमणमा गएको भरखरै तीन दिन मात्र हुँदैछ। उनले अझै थप ६ दिन त्यतै बिताउनेछन् । यी दिनमा प्रचण्डले केही न केही तरंग मच्चाउने अपेक्षा धेरैले गरेका छन् ।
 
ओली बाहिर रहेका बेला नेकपाभित्र नयाँ समीकरणका अनेक प्रयास भएका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रचण्डलाई एक ठाउँमा ल्याउन दबाब बढेको एक नेताले बताए। नेपाल प्रचण्ड एक ठाउँमा आउँदा स्थायी समितिमा अत्यधिक बहुमत पुग्नेछ।  नेपाल र प्रचण्डबीच पनि ओलीले पार्टी एकलौटी गर्न खोजेको भन्दै पटकपटक छलफल चलेको एक नेताले बताए।

अहिले प्रचण्डको समूहमा नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, गणेश शाह, गिरिराजमािण पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देव गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मणि थापा, मात्रिका यादव, लीलामणि पोखरेल, लेखराज भट्ट, हरिबोल गजुरेल र शक्ति बस्नेत रहेको बताइएको छ। यद्यपि गृहमन्त्री बादलको भने प्रचण्ड क्याम्पमा देखिए पनि प्रधानमन्त्री ओलीतिर बढी हिमचिम बढेको स्रोतको दाबी छ।

त्यसैगरी वरिष्ठ नेता नेपालतिर झलनाथ खनाल, वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम रावल, भीम आचार्य, युवराज ज्ञवाली, योगेश भट्टराई, रघु पन्त, वेदुराम भुसाल र सुरेन्द्र पाण्डे छन् ।
 
प्रधानमन्त्री ओलीको समूहमा ईश्वर पोखरेल, विष्णु पौडेल किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वी सब्बा गुरुङ, मुकुन्द न्यौपाने, रघुवीर महासेठ, विष्णु रिमाल, शंकर पोखरेल, सुवास नेम्बाङ र सत्यनाराण मण्डल छन् ।

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा नेकपाभित्र सन्नाटा छाएको जस्तो देखिए पनि त्यो आँधी आउनुअघिको सन्नाटा परिणत हुने एक नेताले बताए। उनका अनुसार नेकपाभित्र प्रधानमन्त्री ओलीप्रतिको असन्तुष्टि दिनप्रतिदिन बढेको छ। उनी फर्केलगत्तै आँधी जस्तै पोखिने उनले दाबी गरे।
 
प्रधानमन्त्री ओली युरोप भ्रमणमा जानुअघि नै जिल्ला इन्चार्ज सह–इन्चार्जको टुंगो लगाउने भनिए पनि सहमति नजुटेपछि त्यत्तिकै थन्किएको छ। यो विषय टुंगो नलागेपछि युरोप भ्रमणमा जानुअघि गर्ने भनिएको मन्त्रीहरुको फेरबदल पनि अड्किएको छ।  सचिवालय बैठकसमेत अनिश्चित भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।