शुक्रबार, वैशाख १४, २०८१

आजका अखबार : लोकसेवाको विज्ञापन अनिश्चित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले संसदीय समितिले लोकसेवा आयोगले गरेको पछिल्लो विज्ञापन रद्द गर्न निर्देशन दिएको विषयलाई प्राथमिकतामा पारेका छन् ।
 
आजको नागरिक दैनिकले विज्ञापन रद्द गर्न संसदीय समितिको निर्देशन शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्ण पोस्ट्ले संसदीय समितिको निर्देशनः लोकसेवाको विज्ञापन रद्द शीर्षकमा खबर लेखेको छ । आजको कान्तिपुरले ९१६१ पदपूर्ति अनिश्चित शीर्षकमा मुख्य समाचार छापेको छ ।
 
सोमबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।

लोकसेवाको विज्ञापन संविधानको मर्म र भावनाविपरीत रहेको भन्दै रद्द गर्न निर्देशन दिएको हो। सामान्य प्रशासन मन्त्रालयको समन्वयमा लोकसेवा आयोगले जेठ १५ गते ११५ स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी मागेको थियो।

समितिले स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी वास्तविक दरबन्दी यकिन भएपछि मात्रै कर्मचारी पदपूर्ति प्रक्रिया अघि बढाउन सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ।

कर्मचारी अभाव भएमा पुल र फाजिलमा परेकालाई काममा लगाउन र स्थानीय तहको आवश्यकताअनुसार निश्चित मापदण्ड बनाएर करारमा कर्मचारी नियुक्त गर्न समितिले निर्देशन दिएको पत्रपत्रिकाले लेखेका छन् । 

यता राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोग अन्योलमा परेको अन्नपूर्णले लेखेको छ । पदपूर्तिका लागि ७० हजार बढीले आवेदन दिएका छन्। समितिले रोक लगाएपछि आयोग समस्यामा परेको समाचारमा उल्लेख छ । 

यस्तै कान्तिपुर दैनिकले संसदीय समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिएपछि स्थानीय तहमा रिक्त दरबन्दीको पदपूर्ति अनिश्चित बनेको उल्लेख गरेको छ । उसले ९१६१ पदपूर्ती अनिश्चित बन्दा मुलुकभरबाट आवेदन दिएका ७७ हजार ३ सय २५ जनाको भविष्य अन्योलमा परेको समाचारमा जनाइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।