शुक्रबार, वैशाख १४, २०८१

'टेक्सासमा पढ्ने विद्यार्थी बेरोजगार हुँदैनन्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सन् २०१० मा स्थापना भएको टेक्सास इन्टरनेसनल कलेजले छोटो अवधिमै विद्यार्थी र अभिभावकबीच लोकप्रिय बनेको छ। प्रविधिमैत्री शिक्षा, आकर्षक कक्षाकोठा, विज्ञ र अनुभवी शिक्षक, प्रयोगात्मक शिक्षा, विद्यार्थीको रुचि, आवश्यकता र क्षमताका आधारमा सिकाइ क्रियाकलापले धेरै विद्यार्थीको रोजाइ बन्‍ने गरेको छ यो कलेज। अर्को कुरा यहाँ अध्ययन गरेर गएका विद्यार्थी बेरोजगार बस्‍नु परेको छैन। 

यसको नेटवर्कमा मन्टेसरीदेखि स्नातकोत्तरसम्मको कक्षा सञ्चालन हुन्छ। चाबहिलमा रहेको भवनमा भने कक्षा ११ देखि स्नातकोत्तरसम्मको पढाइ हुने गरेको छ। शिक्षा क्षेत्रमा रुचि राख्नेहरुको एउटा समूह थियो। जसको सोच शिक्षा क्षेत्रमा नयाँपन दिने र आफैंले लिडिङ गर्ने थियो। त्यसैले सबैको सहमतिमा टेक्सास जन्मियो। सुरुमा विज्ञान, व्यवस्थापन र मानविकी १२ सम्म मात्र पढाइ हुन्थ्यो। अहिले हामीले विभिन्न पाठ्यक्रम थपेका छौं र स्नातकोत्तरसम्म पढाउन थालेका छौं। 

बिएसडब्लुमा आकर्षण 

पछिल्लो समयमा नेपालमा ब्याचलर्स अफ सोसल वर्क (बिएसडब्लु) को माग बढेको छ। सोसाइटीमा विविधता भएको ठाउँमा काम गर्न सक्ने मानिस उत्पादन गर्नु हाम्रो उद्देश्य हो। सोहीअनुसार हामीले यस विषयमा गम्भीर ध्यान दिएका छौं। हामीले विद्यार्थीलाई फिल्डमै लगेर सिकाउने गरेका छौं। बिएसडब्लुको कोर्स तीन वर्षको हुन्छ। कतिपय विद्यार्थी चार वर्षभन्दा तीन वर्षको कोर्स भएका कारण पनि यस विषयप्रति आाकर्षित भएका हुन्। अर्को कुरा यो कोर्स बढी प्रयोगात्मक र एनजिओ–आइएनजिओमा जागिरको ठूलो अवसर हुने र त्यहाँ राम्रो तलब पाइने भएका कारण पनि बिएसडब्लुमा विद्यार्थी तानिएका हुन्। 

कलेजको फोकस आइटीमा 

कलेजले विशेषगरी आइटीमा फोकस गरेको छ। आइटीका कार्यक्रम व्यवस्थापन विषयभित्रको कोर्स हो। पछिल्लो समयमा आइटीमा आकर्षण बढ्दै गइरहेको छ। विद्यार्थी ब्याचलर्सको पाँचौं सेमेस्टर पुगेपछि आइटीका विद्यार्थीले बेरोजगार बस्नु पर्दैन। आइटीमा कोटा सिस्टमको कार्यक्रम छ। बिसिएस सिएसआइटीको कोर्स त्रिभुवन विश्वविद्यालयको कार्यक्रम हो। त्यहाँ ४८ जनाको कोटा छ। बिसिएको कोर्समा ३५ जनाको कोटा छ। त्यस्तैगरी बिआइटीमा ६० जनाको कोटा र बिसिएस जुन साइबर सेक्युरिटीको कोर्स हो, त्यहाँ ३० जनाको कोटा छ। सिएसआइटीमा ४८ वटा कोटा छ तर त्यस कोटामा २०० भन्दा बढी नै निवेदन आउने गरेको छ।

बिआइटीको कोर्स नयाँ 

बिआइटीको कोर्ष नयाँ हो। टेक्सासबाहेक अन्य एक दुईवटा कलेजले मात्र पढाउन थालेको छ। यो साइबर सेक्युरिटीसँग सम्बन्धित भएकाले पनि यसमा त्यति आकर्षण छैन अहिले। तर यसको आकर्षण पक्कै बढ्नेछ। किनभने यो बढी प्रयोगात्मक छ। विश्वमा साइबर सेक्युरिटीसम्बन्धी धेरै चासो बढेको छ। विश्वभरका सम्पूर्ण जानकारी भर्चुअलमा राखिएको छ। सो इन्फरमेसन सुरक्षित गर्नका लागि सबैमा प्रतिस्पर्धा हुनेछ। त्यसैले आगामी दिनमा साबर सेक्युरिटीका क्षेत्रमा धेरै विज्ञहरु चाहिन्छन्। अहिले जति एप्लिकेसन डेभलप गर्ने र हार्डवेयरतिरका जनशक्तिको खाँचो छ त्यो भन्दा धेरै डिमान्ड हुनेछ साइबर सेक्युरिटीको। टेक्सासले यो विषयलाई डेढ वर्षअघि पढाउन सुरु गरेको छ। अब त्यस्ता जनशक्ति भएन भने डाटा सुरक्षित नहुन सक्छ। 

विदेश जानेलाई रोक्न सकिन्छ 

पढाउने मात्र होइन, रोजगारी पनि कसरी दिलाउने भन्नेमा हाम्रो ध्यान केन्द्रित छ। एक वर्षमा झन्डै ९० हजार विद्यार्थीले  विदेश जान लागि शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएको तथ्य बाहिरिएको छ। उनीहरुलाई कसरी रोक्न सकिन्छ भन्ने सोचपछि आइटीको कन्सेप्ट आएको हो। हामीलाई थाहा छ– विभिन्न उद्योगीले जनशक्ति पाएका छैनन् अनि युवाले जागिर पाएका छैनन्। यो ग्याप के परिपूर्तिका लागि टेक्सासले सानो प्रयास गरिरहेको छ। टेक्सासले विद्यार्थीलाई अहिलेको टेक्नोलोजी र जनशक्तिको मागबारे राम्रोसँग जानकारी दिइरहेको छ। साथै उनीहरूलाई कसरी पढ्ने र जागिर पाउने भनेर समेत परामर्श दिइरहेका छौं। विद्यार्थीलाई नेपालको जनशक्ति मागबारे परामर्श गरेमा विदेश जान रोक्न सकिन्छ। 

बजेट सही ढंगले प्रयोग भएन 

सरकारले आगामी आर्थिक वर्षका लागि बजेट बढाए पनि सही ठाउँमा खर्च गर्न सक्ने देखिँदैन। सही तरिकाले लगानी गर्न नसकेपछि परिणाम राम्रो आउँदैन। अहिले नेपालमा विद्यार्थीलाई परम्परागत ढंगले नै पढाइँदै आएको छ। आगामी दिनमा त्यस्तो हुँदैन। कलेजले प्रविधिमैत्री शिक्षा दिनुपर्छ। एक वर्षकै बजेटले सबै परिवर्तन हुन्छ भन्ने होइन। तर यो बजेट केही सकारात्मक भने छ। 

स्नातकोत्तरमा एमबीएमा आकर्षण बढ्दो 

टेक्सास इन्टरनेसनल कलेजमा व्यवस्थापनमा स्नातकोत्तर तह पनि पढाइ हुन्छ। एमबिएको बिहान र साँझ पढाइ हुने छ भने एमबिएस बिहानी सत्रमा पढाइ हुन्छ। एमबिए ‘ओपन डिग्री’ हो। यो पढेपछि कसरी प्रोफेसनल हुने भन्ने विद्यार्थीले बुझ्नेछन्। 

अहिलेका विद्याथीरु धेरै नै स्मार्ट छन्। त्यसैले विद्यार्थीसँग मेरो अनुरोध छ हल्लाको पछि नलाग्नुहोस्। तपाईंहरुको चाहना के हो त्यसलाई बुझेर पछि लाग्नुहोस्। म राम्रो स्थानमा जान्छु र राम्रो पढ्छु भन्ने सोचेर अगाडि बढ्नुस्। 


नारायण पोखरेल 
(निर्देशक, बिजनेस डेभलपमेन्ट)




'विज्ञानमा अब्बल टेक्सास' 

यस कलेजमा विज्ञानलाई सबैभन्दा राम्रो पढाइ हुने विषयका रुपमा लिइएको छ। यहाँ विद्यार्थी विज्ञान पढ्न आउने गरेका छन्। विधान बौद्धिक र प्रयोगात्मक विषय भएकाले हामीले प्रयोगात्मक र सैद्धान्तिक तवरले पढाउने गरेका छौं। हामीले विद्यार्थीलाई धेरैभन्दा धेरै फिल्ड ट्रिपमै लगेर देखाउने गरेका छौँ। उदाहरणका लागि कुनै हाइड्रोपावर कसरी बनाइएको हुन्छ भने त्यहीं लगेर घुमाउने गरेका छौँ। 

यस कलेजमा विज्ञानको विद्यार्थीका लागि सुविधासम्पन्न पाँचवटा ल्याब छन्। कम्प्युटर साइन्समा पनि सफ्टवेयर नै डेभलप गर्न सक्ने ल्याब पनि टेक्सासमा रहेको छ। यहाँ कम्प्युटर ल्याब पनि चारवटा छ। टेक्सासमा पढ्ने विद्यार्थी निक्कै सन्तुष्ट छन्। उनीहरुले आफूलाई अरु साथीसँग तुलना गर्दा पनि राम्रो पाएका छन्। एसइई दिएर बसेका भाइबहिनीलाई भन्न चाहन्छु - विभिन्न कलेज भ्रमण गर्नुहोस् तर जहाँ धेरै प्रयोगात्मक शिक्षा हुन्छ त्यहाँ नै भर्ना गर्नुहोस्। हामीले विज्ञानमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति पनि उपलब्ध गराइनेछ। त्यसैले हाम्रो कलेजमा पनि एकपटक भ्रमण गर्नुहोस्।


युवराज बस्नेत 
(प्रमुख साइन्स विभाग)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।