शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरकी उपमेयरले दिइन् एक्सन कमिटीको संयोजक बाट राजीनामा

जनकपुरकी उपमेयरले दिइन् एक्सन कमिटीको संयोजक बाट राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीताकुमारी मिश्रले विभित्र उपसमितको संयोजक पदबाट राजीनामा दिएकी छिन्। आफूले पाएको तीन समितिको संयोजक पदमा नबस्ने भन्दै मिश्रले उपमहानगरपाकिालका मेयर लालकिशोर साहसमक्ष शुक्रबार राजीनामा दिएकी हुन्।

उपमहानगरपालिकाले उपमेयर मिश्रलाई एक्सन कमिटी, लामखुट्टे नियन्त्रण र रंग पेन्ट वितरण कमिटीको संयोजक बनाएको थियो। तीनवटै कमिटीको संयोजक रहेपनि आफुलाई जानकारी नै नदिइ काम भइरहेको भन्दै संयोजक पदबाट राजीनामा दिएको उपमेयर मिश्रले बताइन्।

जनकपुरमा सडक विस्तारका लागि घरटहरा भत्काउन तथा तोडफोड गर्न उपमहानगरपालिकाले मिश्रको संयोजकत्वमा कमिटी बनाएको थियो। विगतमा भएको तोडफोडबारे आफुलाई जानकारी गराइएपनि दुई दिनअघि केही घरहरुको पर्खाल तोडफोड गरिएको बारे जानकारी नगराइएको मिश्रले बताइन्।

पछिल्लो पटक जनकपुरधाम उपमहानगरपालिका–४ का केही घरहरुको पर्खाल भत्काइएको छ, तर यसबारे आफुलाई कुनै जानकारी नगराइएपछि संयोजक पदबाट राजीनामा दिएको उनले बताइन्। एक्सन कमिटीको संयोजक रहेपनि आफूलाई जानकारी नै नगराई तोडफोड हुँदा भविष्यमा अदालतमा मुद्दा परे आफु फस्ने भएकोले पद त्याग गरेको उपमेयर मिश्रले बताइन्।

यसैगरी नगर क्षेत्रमा लामखुट्टे नियन्त्रण गर्न नाला तथा ढलहरुमा मोबिल छर्किने काम भइरहेपनि यसबारे आफुलाई केही जानकारी नरहेको उनले बताइन्। ‘नगर क्षेत्रको विभिन्न ठाउँमा मोबिल छर्केको देख्छु,’ नेपाल समयसँग कुरा गर्दै मिश्रले भनिन्, ‘कति मोबिल वा कति औषधि कुन ठाउँमा छर्किने काम भएको छ मलाई जानकारी छैन्।’ भविष्यमा यस शिर्षकमा भ्रष्टाचार भए आफु फस्ने भएकोले राजीनामा गरेको उनको भनाइ छ।

सडक विस्तारका क्रममा घरहरु तोडफोड हुँदा उपमहानगरपालिकाले रंगरोगनका लागि निःशुल्क उपलब्ध गराउने गरेको छ। कमिटीको संयोजक रहेपनि कसलाई कति रंग वितरण गरियो यसबारे आफु जानकार नरहेको मिश्रले बताइन्। भोलि अनियमितताको कुरा उठे संयोजकको हैसियतले आफु फस्ने निश्चित रहेको भन्दै उपमेयर मिश्रले जानकारी बिनै सबै काम हुन थालेपछि संयोजक पदबाट राजीनामा दिएको उल्लेख गरिन्।

उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, प्रमुख प्रशासकीय अधिकृत सीता परियार र कमिटीमा रहेका वडाअध्यक्षहरुको सिफारिसमा ती सबै काम भइरहेको उनको आरोप छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।