शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओली भन्छन् : क्रान्तिका नाममा अराजकता मच्चाउनेहरु सफल हुँदैनन् 

ओली भन्छन् : क्रान्तिका नाममा अराजकता मच्चाउनेहरु सफल हुँदैनन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिका नाममा अराजकता मचाउनेहरु सफल नहुने बताएका छन्। शुक्रबार भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिएको बताए। 

'अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिएको छ। मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने, हिंसा र आतङ्कतर्फ लागेको तत्वहरु सफल हुँदैनन्।', ओलीले भने। हिंसालाई नेपाली समाजले अस्विकार गरिसकेको बताउँदै उनले भने, 'नेपाललाई गरिब बनाइ राख्ने षडयन्त्रमा कोही पनि फस्नु हुदैन, हिंसालाई नेपाली समाजले अस्विकार गरिसकेको छ।'

 प्रधानमन्त्री ओलीले सरकारले देश भित्रै रोजगारीका अवसर सृजना गर्ने बताए। रोजगारीका लागि नयाँ नयाँ अवसरको खोजी गर्ने र वैदेशिक रोजगारीको विकल्प खोजिने प्रधानमन्त्री ओलीको भनाइ छ। देश विकासका लागि अहिले उपयुक्त समय रहेको उनले बताए। 'देशमा अहिले युवाको जनसंख्याको बाहुल्यता छ ” ओलीले भने “यही युवा जनशक्तिको परिचालन गरेर हामीले देश विकासमा फड्को मार्नु पर्छ। युवाहरुलाई रोजगारीका लागि विदेश जानु पर्ने बाध्यता हटाउछौं ।'

प्रधानमन्त्री ओलीले कटुन्जे – सुवर्ण चौक – तीनधारा सडक निर्माणको पनि शिलान्यास गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।