शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राप्रपाको स्वाभिमान यात्रा सुरु, हिन्दुराष्ट्र बनाएरै छाड्ने थापाको उद्घोष

राप्रपाको स्वाभिमान यात्रा सुरु, हिन्दुराष्ट्र बनाएरै छाड्ने थापाको उद्घोष

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुस्ताङ – राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा दोस्रो चरणको स्वाभिमान यात्रा आजदेखि सुरु भएको छ। मुक्तिनाथमा धार्मिक अनुष्ठान गरि यात्रा सुरु भएको हो। अनुष्ठानमा पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङसहितका नेताहरुको सहभागिता रहेको थियो।

धार्मिक अनुष्ठान पछि रानिपौवामा आयोजित सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको गौरवशाली पहिचान भएको भन्दै नेपाललाई हिन्दुराष्ट्र घोषणा गराएरै छाड्ने दाबी गरे। थापाले सर्ब धर्म समभावसहितको हिन्दुराष्ट्र आवश्यक भएको बताए। 

अध्यक्ष थापाले सनातन धर्म भनेको हिन्दु धर्म मात्र नभएको भन्दै हिन्दु, बौद्ध र किरात धर्मलाई कमजोर बनाउने षडयन्त्रको भण्डाफोर गर्नुपर्ने बताए। सनातन धर्म विस्थापित गर्ने कार्यलाई मुकदर्शक भएर टुलुटुलु हेरिरहन नसकिने बताउँदै थापाले देशमा भ्रष्टाचार र कुशासन मौलाएको प्रती आक्रोस व्यक्त गरे। 

मुलुकको निमित्त राप्रपाले बोकेको विचारले मात्र निकास दिन सक्ने भन्दै राष्ट्रवादी शक्तिलाई बलियो बनाउन मुस्ताङबासीको सहयोगको आवश्यक रहेको थापाले बताए। स्वाभिमान यात्रामा मुस्ताङबासीले देखाएको सद्भाव र सहयोगको निमित्त अध्यक्ष थापाले धन्यवाद व्यक्त गरे। 

कार्यक्रममा मुस्ताङका लोकप्रिय नेता स्वर्गीय नर बहादुर हिराचनको स्मरण गरिएको थियो। मुक्तिनाथबाट सुरु भएको यात्रा म्याग्दी, बागलुङ, पर्वत, कास्की, लमजुङ हुँदै जेष्ठ २७ गते गोरखा पुगेर समापन गरिने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।