शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • को बने महानगरको 'स्मार्ट सहरी प्रविधि प्रतिष्पर्धा' को विजेता? 

को बने महानगरको 'स्मार्ट सहरी प्रविधि प्रतिष्पर्धा' को विजेता? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं  – काठमाडौं महानगरपालिकाले “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा – २०७५” को आयोजना गरेको छ।

बुधबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रमको अन्तिम छनोट तथा समापन समारोह थानीय सरकारको तहबाट स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धाको पहिलो प्रयास हो।  

प्रतिष्पर्धामा ४५२ समूहका १३५६ जना युवाहरुले आफ्ना नविन सोँचहरु पेश गरेका थिए। दुई जना देखि ५ जनासम्मको समूहले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी कार्यविधि जारी गरिएको थियो । पेश भएका सोँचहरुलाई विभिन्न चरणमा प्रतिष्पर्धा गराइएको थियो। प्रतिस्पार्धामा उत्कृष्ट विजेतालाई  ५० लाखको पुरस्कार व्यवस्था गरिएको थियो। 
 
विषयगत विजेता अन्तरगत समुदाय तथा वातावरणमा एनि टाइम ट्वाइलेट विजेता भएको छ। त्यस्तै, सहरी पूर्वाधारमा ट्राफिक म्याप विजेता भएको छ। डिजिटल नेपालले महानगरीय सामुदायिक सेवामा आफ्नो उपाधि कब्जा गरेको छ। ‘भूमि’ र ‘एरो रूट’ क्रमशः महानगरीय सार्वजनिक प्रशासन तथा व्यवास्थापन र  समुदाय र वातावरणमा विजेता भएका हुन्। 

सहरी पूर्वाधारमा ‘सफा सहर’ ले  उपविजेताको उपाधि हासिल गरेको छ। ‘एरो रूट’ ले एक लाख पुरस्कार पाएको छ ।  त्यस्तै,  अन्य उपविजेतामा  महानगरीय सामुदायिक सेवामा उपविजेता भएको नेपाल मेडले एक लाख पाएको छ। उपविजेता मै, ‘अटोमाटा’ ले  महानगरीय सामुदायिक सेवामा जनही एक लाख जितेको छ। विषयगत अन्य विजेताले भने जनही २ लाख पाएका छन् । 
  
आधुनिकतासँगै नविन सोचको माध्यमबाट प्रविधियुक्त उद्यमशीलता प्रवद्र्धन गर्ने दिशातिर अघि बढ्न तथा नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गर्न प्रतिष्पर्धाको आयोजना गरिएको महानगरले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।