शुक्रबार, वैशाख १४, २०८१

वातावरण दिवसमा र्‍याली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौं महानगरपालिका, फोहर मैला व्यवस्थापन संघ नेपाल र वातावरण संरक्षण महासंघ नेपालले मंगलबार राजधानीमा संयुक्त कार्यक्रम आयोजना गरेका छन्। यस क्रममा ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने नाराका र्‍याली निकालिएको थियो। र्‍याली सहरका विभिन्न भाग परिक्रमा गरी राष्ट्रियसभा गृहमा पुगेर सभामा परिणत भएको थियो।

कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले फोहरले सहरलाई कुरुप बनाइरहेको बताए। उनले महानगरले मात्र फोहर व्यवस्थापन गर्न सम्भव नभएकाले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए। उनले भने, ‘फोहारलाई न्यूनीकरण गर्दै सहरी सुन्दरता बढाउन सक्रियसाथ आआफ्नो स्थानबाट उठ्न सबैलाई आग्रह गर्दछु।’ कार्यक्रममा विभिन्न स्थानमा सरसफाइ गर्ने कर्मचारीलगायत सरसफाइमा आबद्ध संघसंस्थाका प्रतिनिधि सहभागी थए।

कार्यक्रममा फोहरमैला व्यवस्थापन गर्दै आएको परिवर्तन सेवा प्रालिको स्मारिका 'परिवर्तन सन्देशको' विमाेचन गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।