शुक्रबार, वैशाख १४, २०८१

यात्रुबाहक बस लुटपाटमा संलग्‍न सातजना सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगञ्‍ज- पूर्वपश्चिम राजमार्ग यात्रुबाहक बस लुटपाटमा संलग्न रहेको आरोपमा पक्राऊ परेका सातजनालाई सार्वजनिक गरेको छ।

गत शुक्रबार राजमार्गको पथलैयादेखि पूर्वचौध किलो भनिने स्थानमा ना ७ ख २७९० नम्बरको रात्री बसमा लुटपाट भएको थियो। जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा  बसलाई नियन्त्रणमा लिएर सहचालकको साथमा रहेको ४५ हजार रुपैयाँ र दुई हजार भारतीय रुपैयाँको साथै एक थान मोबाइल फोन सेट लुटपाट भएको थियो।

लुटपाटमा संलग्न रहेको आशंकामा पक्राउ परेका सिन्धुली मरीन गाउँपालिका-५ घर भई हाल बाराको निजगढ नगरपालिका ८ बसोबास गर्दै आएका २६ वर्षिय संघर्ष थिङलाई नियन्त्रणमा लिएपछि लुटपाटमा संलग्न अन्यबारे खुलेको हो।

काठमाडौंबाट महोत्तरी जलेश्वरको लागी आउदै गरेको ना ७ ख २७९० नम्बरको रात्रीकालिन यात्रु बाहक बसलाई नियन्त्रणमा लिएर लुटपाट गरेको आरोपमा सर्लाहीको हरिवन नगरपालिका १० बस्ने स्कारपियो चालक २७ वर्षिय दिल कुमार दोङ्ग, हरीवन नगरपालिका- ८ का २४ वर्षीय विजय लामा, हरीहरपुर गाउँपालिका-७ बस्ने बर्ष-३६ को टाइगर भनिने सुनिल तामाङ्ग, रौतहटको गुजरामाई नगरपालिका- २ का ३४ वर्षिय ज्ञान  थिङ् काभ्रे महाभारत गाउँपालिका-२ का ३० वर्षीय विशाल पाख्रिन र महोत्तरी बागडा  ५ का  २१ वर्षीय सन्तोष भनिने रमेश कुमारलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो

लुटपाटको लागी उनीहरुले बा ७ च ४८७६ नम्बरको जीप , ज.१२ प ४६८० र बा ८६ प ९७७१ नम्बरको मोटरसाईकलको प्रयोग गरेका प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरले जानकारी दिए।

पक्राउ परेका विरुद्ध डाँका मुद्दामा कारवाहीको लागी अनुसन्धान गर्न जिल्ला अदालत बाराले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।