शनिबार, वैशाख १५, २०८१

‘सार्वजनिक शिक्षा सुधार्न समुदाय सक्रिय हुनुपर्छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- शिक्षाविद्ले सार्वजनिक शिक्षाको खस्कँदो अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। विश्व निकेतन–गम्भीरमान प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले सार्वजनिक शिक्षाको बिग्रँदो अवस्थालाई हस्तक्षेप गर्न समुदाय सक्रिय हुनुको विकल्प नहरहेको बताए।

‘सार्वजनिक विद्यालयमा भर्ना भएका एक सय विद्यार्थीमध्ये जम्मा २० जनाले मात्र उच्चमावि तह पूरा गर्छन्,’ माथेमाले भने, ‘विद्यार्थी हराउने यो दर निकै डरलाग्दो छ।’ माथेमाले जसरी कुनै औद्योगिक उत्पादकको ८० प्रतिशत उत्पादन खेर गयो भने सो उद्योग फस्टाउन सक्दैन। त्यसैगरी देशका जनशक्ति यसैगरी वषौंदेखि खेर गइरहँदा देश सप्रन नसक्ने तर्क गरे। सार्वजनिक शिक्षा सुधार गर्ने उद्देश्यले गठित विश्वनिकेतन–गम्भीरमान प्रतिष्ठानले सानै भए पनि राम्रो काम गर्न सकोस् भन्दै माथेमाले भने, ‘समुदायको प्रतिनिधित्वि गर्दै यस्तै संस्था आउनु जरुरी छ। यस्ता संस्थालाई हामीले सहयोग गर्ने मात्र होइन निगरानी पनि गर्नुपर्छ।’

कार्यक्रममा विश्व निकेतन माविका पूर्वप्रधानाध्यापक गम्भीरमान मास्केद्वारा लिखित ‘लिंगरिङ इमेज अफ माइ डे ड्रिम्स्’को विमोचन गरिएको थियो। सो पुस्तकको अंग्रजी अनुवाद प्रा. डा. तेजरत्न कंसाकारले गरेका हुन्। कंसाकारले भने, ‘गम्भीरमान मास्केको शिक्षाप्रति निस्वार्थ लगाव मात्र थिएन। उनको बुझाइ पनि धरै नै फराकिलो थियो।’

कार्यक्रममा प्रस्तावित विश्वनिकेतन–गम्भीरमान प्रतिष्ठानका कार्यक्रम र अद्देश्यबारे सुरज पौड्यालले प्रकाश पारेका थिए। ‘गुणस्तरीय शिक्षका लागि हातेमालो भन्ने उद्देश्यसाथ हामी सार्वजनिक शिक्षामा केही सुधारका लागि प्रयाशर हुनेछौं,’ पौड्यालले भने, ‘हाम्रो यो प्रयासमा सबै तह र तप्काबाट सहयोगको अपेक्षा छ।’

कार्यक्रममा बोल्दै विश्वनिकेतन माविका पूर्वप्रधानाध्यापक सत्यनारायण राजभण्डारीले मास्केको सुशील, सहृदयी र विद्यार्थीलाई मायालु पाराले उत्प्रेरित गर्ने गुणबाट सबैले प्रेरणा लिनुपर्ने बताए। मास्केका मित्र उद्योगपति हेरम्बराज राजभण्डारीले मास्केमा सेवाभाव उच्च रहेको बताउँदै विद्यार्थीमा मानवता विकास गर्ने विलिक्षण गुण रहेको बताए।

विश्व निकेतन माविका सञ्चालक समिति अध्यक्ष तथा विद्यालयका पूर्वविद्यार्थी गोपाल श्रेष्ठले मास्केलाई ‘इमानदार तथा मानवताका प्रतिमूर्ति’ भन्नु उपयुक्त हुने बताए।

प्रतिष्ठानले मास्केको तिथिका दिन मंसिर १६ गते विद्यालय परिसरमा अर्धकदको सालिक राख्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ। शिक्षासेवी मास्केको ८८ वर्षको उमेरमा गत वर्ष मंसिर १६ गते निधन भएको थियो। २०१७ सालमा माध्यमिक शिक्षकको रुपमा विश्वनिकेतनमा प्रवेश गरी २०२३ देखि २०५२ सम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका मास्के एक अनुकरणीय शिक्षासेवी थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।