शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दरबार हत्याकाण्डबारे हिमानीको बयान : हामीमाथि पनि बन्दुक तेर्साइयो

दरबार हत्याकाण्डबारे हिमानीको बयान : हामीमाथि पनि बन्दुक तेर्साइयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- तत्कालिन राजा विरेन्द्रको वंशनास हुने गरि भएको दरबार हत्याकाण्डको रहस्य अझैपनि गर्भमै छ । कहाली लाग्दो हत्याकाण्डको १८ वर्ष बितिसक्दा समेत यसको यथार्थ बाहिर आउन सकेको छैन् । 

हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो । 

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त घट्ना कसले ग  यो भन्ने बिषय अझै रहस्यमै छ ।

२०५८ जेठ १९ शुक्रबारका दिन भएको उक्त घटनाको छानविन गर्न तत्कालिन समयमा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा एउटा आयोग गठन गरिएको थियो । त्यसपछि यस सम्बन्धमा थप जाँचबुझ र छानविन गर्न सम्म कुनै समिति बनेको छैन् । उक्त समितिले राजपरिवारका केहि सदस्यहरुसँग बयान लिएको थियो । 

त्यसमध्येकी एक थिइन् पूर्व युवराज्ञी हिमानी शाह । उनले बयानमा आफूमाथि पनि बन्दुक तेर्साइएको तर भाग्यले बाच्न सफल भएको बताएकी छिन् । 

बयान यस्तो थियो–

समितिः
त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त गर्‍यौ । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिर्पोटको लागि सजिलो पर्छ । 

हिमानीः डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखि नै हामी कार्यक्रममा थियौ । कार्यक्रममा ८ बजेसम्म सबैजसको सवारी भैसकेको थियो । ठुलो बुवा सवारी हुँदाखेरी अलि अगाडिको घटना मलाई थाहा छैन् । 

तर, ठुलो बुवा सवारी हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाई, गोरखले बोकेर खोपीमा सवारी गराइएको थियो । पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्याङग आवाज आयो । 

अनि....अनि त्यसपछि कान्छो बुवा अगाडि सर्नुभयो । कान्छा बुवालाई पनि हानिबक्स्यो अनि कुना तिर यसो साईड परेर लुकेर हामी बसिराखेका थियौ अनि त्यसपछि चुप लागेर बस्यौ ...त्यसपछि फेरी आएर परर पर्रररर बन्दुक पड्केको सुनेको त्यति नै । 

समितिः यसका, अतिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाही ?
 
हिमानीः हामी तिर पनि बन्दुक तेस्र्याइ रहनु भएको थियो ।
 
समितिः सरकारहरु चाही उतापट्टी राज होइबक्सेको होला, बारको उतापट्टी ? 

हिमानीः डाईनिङ रुम जाने एउटा डोर छ नि त्यसैको यहाँ पट्टी कर्नरमा त्यसमा हामी थियौ।

समितिः कहाँनेर ? 

हिमानीः यतापट्टी चाहिने यतापट्टी साईडमा म थिए । 

समितिः अनि त्यो बगौचाँको कुरा ?

हिमानीः बन्दुकहरु पड्को मात्र सुने । अनि हिमानी रोकिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।