शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज जेठ १७ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

मोदीको क्याविनेटमा कसलाई कुन मन्त्रालय? 

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्का सदस्यहरुको कार्यविभाजन भएको छ।

बजेट बितरणमुखी : वैद्य

सरकारले ल्याएको बजेट बितरणमूखी भएको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य  ‘किरण’ ले बताएका छन्। नेता बैद्यले सरकारको नेतृत्व आलोपालो गर्ने कुरा पनि गलत भएको बताए।

‘राष्ट्र बैंकसँग मिलेर सहकारीको अनुगमन हुन्छ’

सहकारी विभागका रजिस्ट्रार डा. टोकराज पाण्डेले नेपाल राष्ट्र बैंकसँग मिलेर सहकारीको अनुगमन र नियमन अगाडि बढाइने बताएका छन्।

खसीको भन्दै बाख्राको मासु बेच्नेलाई ५० हजार जरिवाना

खसीको मासु भनेर ग्राहकलाई झुक्याएर बाख्राको मासु बिक्री गर्ने नेपालगञ्जका एक मासु पसलेलाई रु ५० हजार जरिवाना गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित ‘बब्लु फ्रेस हाउस’का सञ्चालक सवानअली कुरेसीलाई कारबाही गरिएको हो। 

कांग्रेसको आरोप : अधिकारभन्दा बढी ऋण उठाउँदै सरकार

 प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि निगरानी गर्न बनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया सरकारले अधिकारभन्दा बढी ऋण यो सरकारले उठाएको निष्कर्ष निकालेको छ। 

उत्कृष्ट पाँच प्रहरी अधिकृत पुरस्कृत

नेपाल प्रहरीले राम्रो काम गर्ने पाँच प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ। 

टुटल, पठाओलाई ऐनमा समेटिँदै

सरकारले टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन र यात्रु सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ। करिब दुई वर्ष पहिलेदेखि दुईपाङ्ग्रे सवारीसाधनले भाडामा यात्रु ओसार्दै आए पनि तिनलाई सञ्चालन, व्यवस्थापन र नियमन गर्ने कानुन थिएन। 

मुख्यमन्त्री राउतको आक्रोश : लोकसेवाविरुद्ध कानुनी उपचार खोजिन्छ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लोकसेवा आयोगप्रति आक्रामक देखिएका छन्। संघीय लोकसेवा आयोगले स्थानीय तहको लागि गरेको विज्ञापनप्रति राउतले आक्रोश व्यक्त गरेका हुन्।

छाया सरकारका अर्थमन्त्री भन्छन् : ‘बजेट मिठाई बाँडेको हो’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि निगरानी गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्री मिनेन्द्र रिजालले बजेटमाथि धारणा सार्वजनिक गरेका छन्।

प्रदेश २ को नीति तथा कार्यक्रम १९ गते

 प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले १९ जेठमा प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ। १९ जेठमा बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ।

जनकपुर–जयनगर रेल : अझै कति कुर्नुपर्ने ?

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म रेल गुड्न थप पाँच महिना कुर्नुपर्ने भएको छ। भारतबाट इन्जिन र बोगी खरिद गर्ने सम्झौता भइसकेपनि भारतमा हालै सम्पत्र लोकसभा निर्वाचनका कारण नेपाल भित्रिन समय लाग्ने भएकोले ढिलाइ हुने भएको छ।

घुससहित जनप्रतिनिधि पक्राउ

महोत्तरीबाट एक जनप्रतिनिधि घुससहित पक्राउ परेका छन्। महोत्तरीको एकडारा गाउँपालिका–४ का राजपाबाट निर्वाचित वडासदस्य रामचन्द्र राय यादव घुससहित शुक्रबार बिहान पक्राउ परेका हुन्।

बाबुराम भन्छन् : यस्तो बजेटले आर्थिक क्रान्ति सम्भव छैन

पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बजेटमा आमूल परिवर्तन, सामाजिक, आर्थिक, औद्योगिक क्रान्ति तथा रुपान्तरण हुने कुनै संकेत नदेखिएको टिप्पणी गरेका छन्।

जानकी मेडिकल कलेजका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ पुर्जी

जानकी मेडिकल कलेजका सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पक्राउ पुर्जी काटेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरी कलेजका अध्यक्ष ओमप्रकाश पाण्डे (ओपी पाण्डे) र प्रमुख कार्यकारी अधिकृत धनधोज मल्ल ठकुरीलाई कार्यालयमा उपस्थित गराउन प्रहरीलाई भनेको छ।

कल बाईपास गर्ने भारतीय नागरिक पक्राउ

विशेष सूचनाका आधारमा प्रहरीले अबैध अन्तर्राष्ट्रिय कल बाईपास गर्ने एकजनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटीएको टोलीले महराजगन्ज थाना नौतनवा ग्राम सोनौली भारत घर भएका खुर्सेद अन्सारीलाई पक्राउ गरेको हो। उनी रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मैनुद्धीन धुनियाको घरमा डेरा गरी बस्दै आएका थिए।

वैदेशिक रोजगार व्यवसायी आन्दोलित, कामदारले टिकट पाएनन्

वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि राखेको धरौटी रकममा ब्याज पाउनुपर्ने लगायतका माग राखेर म्यानपावर व्यवसायी आन्दोलित भएका छन्। आन्दोलनका क्रममा उनीहरुले भिसा लागिसकेका कामदारलाई विदेश पठाउन एक हप्तासम्म हवाई टिकट नकाट्ने भएका छन्। यसरी हवाई टिकट नकाट्दा हजारौं युवा प्रभावित भएका छन्।

बजेट बारे राजपाको सुझाव : संघीयताको मर्म अनुरुप होस्

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ सरकारलाई संघीयताको मर्म अनुरुप बजेट ल्याउनु सुझाव दिएको छ।

अल्पमतको खतरामा ओली : प्रचण्ड हाबी

तत्कालीन एमाले र माओवादीबीच २०७३ वैशाख २३ गते तीनबुँदे सहमति हुँदा त्यसमा एउटा महत्त्वपूर्ण बुँदा थियो, प्रधानमन्त्री केपी ओलीको काँधमा रहेको सत्ता प्रचण्डको काँधमा सार्ने। सहमति गर्दा तत्कालीन एमालेका नेता माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनाल साक्षी थिए। तर सहमति भएको भोलिपल्टदेखि ओलीले त्यसको खण्डन गरे। 

प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

प्रदेश १ सरकारले आगामी जेठ २२ गते आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ। बिहीबार मन्त्री परिषद्ले यो बारेमा औपचारिक निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए।

उद्योगी प्रभाकर शम्शेरको अमेरिकामा निधन

उद्योगी एवं पूर्वराजा ज्ञानेन्द्र शाहका राजनीतिक सल्लाहकार प्रभाकरण शम्शेर राणाको निधन भएको छ। अमेरिकामा एक वर्षदेखि उपचार गराइरहेका राणा विहीबार निधन भएको हो।

प्रदेश २ : खस्कदो स्वास्थ्य सुचकांक तर छैन प्राथमिकता

जनकपुरधाम- राष्ट्रिय सर्वेक्षणअनुसार प्रदेश  २ मा नवजात शिशु मृत्यु दर ३० छ भने देशभरमा यो दर २१ रहेको छ । यसैगरी शिशु मृत्यु दर प्रदेश २ मा ४३ रहेको छ भने राष्ट्रियस्तरमा यसको दर ३२ छ । पाँच वर्ष मुनीका बालबालिकाको मृत्युदर ५२ छ भने राष्ट्रिय तहमा ३९ रहेको तथ्यांकले देखाउँछ ।

...उल्टै गगन थापा राजावादी !

गगन थापा नेपाली राजनीतिकै आसलाग्दा र आकर्षक पात्र हुन् । कांग्रेसभित्र र बाहिर पनि उनको आफ्नो खालको पहिचान र छवि छ । कांग्रेसभित्र भरोसा गरिएका थोरै नेतामध्येमा पर्छन् गगन । स्पष्ट र प्रखर वक्ता थापाले गणतन्त्र स्थापना लागि सडकमा निर्णायक माहोल खडा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । गणतन्त्रका लागि  १९ दिनसम्म भएको निर्णायक आन्दोलनको एउटा चर्चित हिरो थिए गगन । गणतन्त्रका लागि लडाइ गर्दा उनले 'दरबारिया र राजावादी बनेको' आक्षेपसमेत खेप्नुपर्‍यो । 

साँखुमा सार्वजनिक जग्गा कब्जा गरेर बालुवा उत्खनन

शङ्खरापुर नगरपालिकाको साँखुमा वासिङ व्यवसायीले अनधिकृतरूपमा बालुवा उत्खनन गरेकाे पाइएकाे छ ।

आज पनि भीषण वर्षा : यस्तो हुनेछ तीन दिनको मौसम 

भारतको विहारमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण शुक्रबार (आज) पनि मेघगर्जनसहित वर्षा भीषण हुने भएको छ । 

नेपाल-भारत सीमामा कति बने नयाँ पिल्लर ?

नेपाल-भारत संयुक्त सीमा सर्भे टोलीले काम थालेको दुई वर्षमा ७७ वटा नयाँ पिल्लर निर्माण गरेको छ। संयुक्त सीमा सर्भे टोलीले कैलाली–कञ्चनपुरमा मुख्य र सहायक गरी ७७ वटा नयाँ पिल्लर निर्माण गरिएको जनाएको छ। 

च्याम्पियन ट्रफीको प्रेरणाले मैदानमा उत्रिदै पाकिस्तान

पाकिस्तान विश्वकप एकदिवसीय क्रिकेटमा आफ्नो पहिलो खेल वेस्टइन्डिजनिरुद्ध आज (शुक्रबार) खेल्दै छ । दुई वर्ष पहिले जितेको च्याम्पियनस ट्रफीको प्रेरणा बोक्दै पाकिस्तान वेस्टइन्डिजविरुद्ध इंग्ल्यान्डको ट्रेन्ट ब्रिज्ड क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३:१५ बजे खेल्दै छ । 

हँसियाले हानेर बलात्कारपछि महिलाको बिभत्स हत्या

 बझाङमा एक महिलाको विभत्स ढंगले हत्या भएको छ । सुर्मा गाउँपालिका–४ गौखेडा बस्ने लक्की पुजाराकी करिब २५ वर्षीया श्रीमती जुना पुजाराको बिहीबार बेलुकी हत्या भएको प्रहरीले जनाएको छ । 

गेल र थोमसको उत्कृष्ट प्रदर्शनमा वेस्टइन्डिज विजयी

क्रिस गेल र ओशाने थोमसको उत्कृष्ट प्रदर्शनको मद्दतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्टइन्डिजले सानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानविरुद्ध ७ विकेटले जित निकाल्दै वेस्टइन्डिजले सानदार जित निकालेको हो । 

जंगलमा १७ कलाकारका १७ बुद्ध मूर्ति (फोटो फिचर)

प्राचीन कोलीय गणराज्य देवदहमा रहेको राष्ट्रिय गौतम बुद्ध उद्यानमा देशका विभिन्न कुनाबाट आएका १७ कलाकारले १७ थरीका मूर्ति कुँदेका छन्। बुद्धको मावली तथा ससुराली समेत रहेको देवदहको पार्कलाई कलाले सजाऔं, ऐतिहासिक देवदहलाई विश्वमा चिनाऔं भन्ने मूलनाराका साथ एकहप्ते राष्ट्रिय काष्ठकला कार्यशाला बिहीबार सम्पन्न भएको छ। 

स्विमसुटमा कमाल देखिएकी सोफी

अभिनेत्री तथा गायिका सोफी चौधरी प्रायः आफ्नो हट तस्बिरका कारण चर्चामा रहन्छिन्। हालै सोफीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही हट तस्बिर सार्वजनिक गरेकी छन्। जसमा सोफी कमालकी देखिएकी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।