शुक्रबार, वैशाख १४, २०८१

त्यो जालो उसले सोचे जस्तो मायाको थिएन

रोचक कुरा त माकुराको जालो संसारकै सबैभन्दा बलियो वस्तुमध्येमा पर्छ। त्यही परिणामको कुनै अरू कुरासँग दाँज्ने हो भने माकुराको जालोलाई पृथ्वीका कुनै सामग्रीले जित्न सक्दैन। फलामलाई माकुराको सोही आकारसँग दाँज्ने हो भने माकुराको जालो बलियो हुन्छ।
 |  मंगलबार, भदौ ८, २०७८

अनुज घिमिरे

अनुज घिमिरे

मंगलबार, भदौ ८, २०७८

क्षितिजपारि सुनौलो प्रकाशको आगमन हुँदै थियो। काँडेतारको बीचमा वृत्ताकार मोतीको हार सजिएको थियो। मोतीको हार शीतको थोपामा सूर्यको किरणको प्रतिबिम्बले बुनेको थियो। मानौं त्यो जति सुन्दर हार कतै वा कसैले बनाउन सक्दैन। तर, त्यो मानवले घाँटीमा लगाउने हार थिएन। त्यो त एउटा सानो माकुराले बुनेको जाल थियो। त्यही जालमा बिहानीले प्रकृतिको सहायता लिएर सुन्दर मोतीको हार बुनेको थियो। 

triton college

माकुराको नाम थियो श्याम। सूर्यको किरणले काँडेतारमा पाइला राख्नुअगाडि नै बिस्तारै पाइला चाल्दै उसले त्यो जाल बुनेको थियो। उसको नजरमा त्यो कलात्मक हुन जरुरी थिएन, मात्र प्रभावकारी भए पुग्थ्यो। तर, उसलाई थाहा थिएन, उन्नत जनावरले त्यसलाई कसरी कला भन्छन्। उसको कला खालि क्यानभासमा एउटा चित्रकारले कोरेको चित्रभन्दा केही कम थिएन। अझ उसको कलामा त क्यानभास नै थिएन। चित्रकला आफैंमा केही नभएको कुरामा केही सिर्जना गर्ने हो, उसले त हुँदैनभएको क्यानभासमा एउटा सानदार चित्र कोरेको थियो। चिटिक्क परेको, मानौं पाब्लो पिकासोले नै ब्रस चलाएका थिए। कतै खोट खोज्न नि धौधौ पर्ला जस्तो थियो त्यो जालो।

रोचक कुरा त माकुराको जालो संसारकै सबैभन्दा बलियो वस्तुमध्येमा पर्छ। त्यही परिणामको कुनै अरू कुरासँग दाँज्ने हो भने माकुराको जालोलाई पृथ्वीका कुनै सामग्रीले जित्न सक्दैन। फलामलाई माकुराको सोही आकारसँग दाँज्ने हो भने माकुराको जालो बलियो हुन्छ।

श्यामको जीविका त्यसमै निर्भर थियो। बिहानै उठेर जालो बुन, सकेसम्म किराफट्यांग्रा जम्मा गर। उसलाई एउटा पूर्ण जाल बुन्न १ घण्टा लाग्थ्यो। माकुराको पेटको तलतिर ‘स्पिनरेट्स’ नामको अंग हुन्छ। त्यसैबाट जाल बुन्छ। माकुराले जालो रेसमले बनाउँछ।  जुन एक प्रकारको प्रोटिनले बनेको हुन्छ। रोचक कुरा त माकुराको जालो संसारकै सबैभन्दा बलियो वस्तुमध्येमा पर्छ। त्यही परिणामको कुनै अरू कुरासँग दाँज्ने हो भने माकुराको जालोलाई पृथ्वीका कुनै सामग्रीले जित्न सक्दैन। फलामलाई माकुराको सोही आकारसँग दाँज्ने हो भने माकुराको जालो बलियो हुन्छ। सेनाले प्रयोग गर्ने ‘बुलेट प्रुफ’ जुन केभ्लारले बनेको हुन्छ, माकुराको जालो त्योभन्दा बलियो हुन्छ। त्यसैले माकुाको जालोबाट अझै बलियो भरस्ट बनाउन सकिन्छ कि भन्ने विषयमा अध्ययन हुँदै छ। 

माकुरालाई जालो बनाउन भने सजिलो छैन। उसले त्यसमा धेरै ऊर्जा लगानी गरेको हुन्छ। त्यसैले त श्यामले बिहान बनाएको हरेक जालो बेलुका आफैं निल्छ, ताकि बनाएको ऊर्जा खेर नजाओस्। भोलिपल्ट बिहान उसले फेरि त्यही जालो बुन्छ र कुर्छ। माकुराको मुख्य आहारा किराफट्यांग्रा हुन्। सबैभन्दा बढी त माकुराले लाम्खुट्टे खान्छ।

श्याम आफैंलाई थाहा छैन कि उसले मानव जातिलाई हानि हुनबाट जोगाइरहेको छ। लाम्खुट्टेले धेरै प्रकारका हानिकारक रोग मानिसमा सार्छ। डुङे, मलेरिया, जाइका वा अन्य त्यस्तै रोग लामखुट्टेको टोकाइबाट फैलन्छ। माकुराको संख्या धेरै भए भने त लाम्खुट्टे उन्मूलन भई सबै रोग नियन्त्रणमा आउँथे होला। फेरि माकुरा आफैंमा मानिसका लागि त्यस्तो हानिकारक किरा हैन। माकुरा त मनिसको साथी हो। तर यो सम्बन्धबारे न श्याम जानकार थियो, न अरू माकुरा, न त मानव जाति नै हुन्। उनीहरू त माकुरा देखे कुचोले सफा गर्छन्, मारिदिन्छन्। घरमा माकुरा बस्नु राम्रो होइन भन्थे। तर, पारिस्थितिक प्रणालीअनुसार मनिसको घरमा बस्ने प्राणीमध्ये माकुरा भन्दा महत्त्वपूर्ण अरू कुनै नि छैन।

corrent noodles
Metro Mart

यी सबै कुरा श्यामलाई थाहा छैन, ऊ त एउटा माकुरो हो। सर्वश्रेष्ठ प्राणी मानिससलाई त थाहा छैन, त्यो विचरालाई के थाहा होस्? 

श्याम बिहानै उठेर जालो बनाई बीचमा गएर नचलमलाई बस्छ। उसको ज्यानमा भएका सानासाना रौंले कम्पन महसुस गर्न सक्छन्। जालोमा कहीँकतै किराफट्यांग्रा आएर फसे भने त्यो जालो हल्लेको उसले महसुस गर्छ। अनि किरा फसेको ठाउँमा गएर अर्कै प्रकारको एउटा जालोले बेरेर पछिका लागि खान भनेर राख्छ। किराफट्यांग्रा बेर्ने जालोचाहिँ अलि टाँसिने खालको र पासो थाप्ने जालो भन्दा भिन्न हुन्छ।

माकुराले आवश्यकताअनुसार बलियो, टाँसिन सक्ने वा लचिलो प्रकारका जालो बुन्न सक्छ। धेरैजसोले जालो बुनेर किराफट्यांग्रा समाउने भए पनि केही माकुराले भने ढुकेर समाउँछन्। केही प्रजाति जस्तै– जमपिङ स्पाइडर आदिले त उफ्रेर समाउने गर्छन्। श्यामको जालो नजिकै उसले पनि एउटा माकुरा देखेको थियो। तर त्यो जालो बनाउँदैनथ्यो, उफ्री–उफ्री किराफट्यांग्रा समात्थ्यो। श्यामलाई कहिलेकाहीं अचम्म लाग्थ्यो र रमाइलो पनि। तर, आफूले त्यसरी कहिले नि समाउन सक्छु जस्तो उसलाई लाग्थेन र त्यति उफ्रिन सक्ने ऊर्जा उसमा कहिले नभएको जस्तो लाग्थ्यो। 

केही वर्षयता भने उसले धेरै कम माकुरा देख्न थालेको छ। सायद बासस्थान मासिँदै गएको भएर हो कि जस्तो लाग्थ्यो उसलाई। पहिलेपहिले धेरै खुला ठाउँ  थिए। उसले रुखका हाँगाबिँगामा जालो बनाउने गर्थ्यो। 

समयसमयमा उसले बगैंचा वरिपरिको दुबोमा एउटा सानो माकुरा आफ्नो ढाडपछाडि टन्नै अण्डा बोकेर हिँडेको देख्क्थ्यो। त्यो देख्दा उसलाई  अचम्म लाग्थ्यो। त्यति मात्र नभएर उसले धेरै प्रकारका अरू माकुरा देखेको थियो। तर केही वर्षयता भने उसले धेरै कम माकुरा देख्न थालेको छ। सायद बासस्थान मासिँदै गएको भएर हो कि जस्तो लाग्थ्यो उसलाई। पहिलेपहिले धेरै खुला ठाउँ  थिए। उसले रुखका हाँगाबिँगामा जालो बनाउने गर्थ्यो। तर, केही वर्षयता खेत सबै मनिसको घरमा रूपान्तरण हुँदै गएको थियो। घरवरिपरि त जति जालो बनाए पनि मनिसले देखे कि भत्काइहाल्थे। आफ्नो समय, ऊर्जा र मेहनत खर्च गरेर बनाएको जालो केही बेरमै बिगारिदिन्थे। उसले केही दुःख त दिने होइन। त्यो सोचेर ऊ आश्चर्य मा पर्थ्यो। उल्टै उसले मनिसलाई असर गर्ने किराफट्यांग्रा खाइदिन्थ्यो। मानिसको घरलाई किराफट्या्रग्रा मुक्त बनाइदिन्थ्यो।

श्यामले भने काँडेतार पाएको थियो। त्यहाँबाट धेरैले वारपार गर्न सक्दैनथे।  उसको जालो कसैले नच्यातेको धेरै भएको थियो। त्यो हिसाबमा ऊ भाग्यमानी थियो। उसलाई थाहा छ अचेल सबै माकुरा त्यति भाग्यमानी छैनन्। श्यामले बिहान बनाएको जालोमा करिब २ घण्टा जस्तोमा एउटा सानो झिँगा पर्यो। उसले गएर त्यसलाई  बेरेर पछिका लागि भनेर राख्यो। अनि जालोको बीचमा गएर कुरेर बस्यो। दिन ढल्दासम्ममा उसले जालोमा ५–७ वटा किरा फसाइसकेको थियो। यसरी जालमा आएका सबै किरालाई जालोमा बुनेर ऊ आराम गरेर बसेको थियो।

केहीबेर आरामपछि उसको जालो फेरि हल्लियो। तर अलि फरक तरिकाले। ऊ चनाखो भएर हल्लेको ठाउँतिर हेर्यो। कुनै झिँगा वा किरा नभएर त्यहाँ त अर्को माकुरा पो बसेको रहेछ। ऊ भन्दा ठूलो माकुरा ऊ भएतिरै आउँदै गरेको देख्यो। उसले थाहा पाइसकेको थियो त्यो पोथी माकुरा हो भनेर। ऊ शंकास्पद तरिकाले पछाडि सर्‍यो। उसलाई थाहा थियो कि धेरैजसो पोथी माकुराले सम्भोग गरिसकेपछि पनि माकुरा खाने गर्छन्। उसलाई अहिल्यै खाना बन्न मन थिएन। कारण उसलाई जिन्दगी रमाइलो लागिरहेको थियो। आफैं किराफट्यांग्रा समाएर ऊ खुसी थियो। अनि पोथी पाए सम्भोग गरेर निस्किन पाइन्छ कि भनेर ऊ कुरिरहेको थियो।

ती पोथी उसको धेरै नै नजिक आइसकेकी थिई। आक्रामक हिसाबले नआएको देखेर उसको भय भने अलि कम भएको थियो। तर पनि ऊ सन्देहपूर्ण हिसाबले सतर्क थियो। पोथी उसको नजिक आई र उसलाई नियाली। उसको जालो पनि राम्ररी हेरी। उसलाई पनि राम्रो माकुरासँग सम्भोग गरेर आफ्नो बालबच्चा सानदार बनाउनु थियो। श्यामलाई लाग्यो, यो पोथीले भने खाइहाल्छे जस्तो छैन। यही हो मौका!

उसले त्यो पोथीसँग सम्भोग गर्न सुरु मात्र के गरेको थियो। पोथीले उसलाई फनफनी जालोमा बेरी, तर त्यो उसले सोचेको जस्तो मायाको जालो थिएन।

प्रकाशित: Aug 24, 2021| 11:42 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...