शनिबार, वैशाख १५, २०८१

सुदूरपश्चिमबासीलाई ठगे प्रधानमन्त्री ओलीले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनाअघि सडक शिलान्यासका क्रममा डोटी पुग्दा पश्चिम सेती जलविधुत आयोजना आफ्नै नेतृत्वको सरकारका पालामा निर्माण सुरु गर्ने बताएका थिए । नेकपाको दुईतिहाईको सरकारका प्रधानमन्त्रीले नै उक्त कुरा बोलेपछि यो बर्षको बजेटमा पश्चिम सेती निर्माणका लागि सरकारले अवश्य बजेट बिनियोजन गर्छ भन्ने धेरैले आसा गरेका थिए । 

तर, बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा पश्चिम सेतिको नाम समेत परेन । प्रधानमन्त्रीकाे बोली झुटमा परिणत भएको भन्दै सुदुरपश्चिमबासी निराश भएका छन् ।  वर्षौदेखि निर्माण हुने हल्ला मात्रै चल्दै आएको ७ सय ५० मेघावाटको पश्चिम सेती जलबिद्युत आयोजना सरकार आफैले बनाउने भनेपछि स्थानीयमा केही आशा पलाएको थिए । 

प्रधानमन्त्री आफै आएर उक्त कुरा बोल्दा आउने बजेटमा पश्चिम सेती प्राथमिक्तामा पर्छ भन्नेमा विश्वास थियो तर बजेटले कतै समेटेन डोटी उद्योग वाणिज्य संघका महासचिव दिपक खड्काले भने- 'प्रधानमन्त्रीले नै ठगेर गए । '

पश्चिम सेती बारे प्रधानमन्त्रीले बोलेकै कुरा बजेटमा नसमेटिए पछि सामाजिक संजालमा यति बेला धेरैले आलोचना गरेका छन् । प्रधानमन्त्रीले आफैले पश्चिम सेती सरकारले नै बनाउछ भनेर बोल्नु भो तर बजेट सुन्दा नामै सुनिएन, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहाले फेसवुकमा लेखेका छन्- 'बोल्ने एउटा, गर्ने अर्कै हुने रहेछ । कसको बोलीको विश्वास गर्नु खै ? ।'  

अर्थमन्त्री डा. युवराज खतिवडाले उज्यालो प्रदेश बनाउने नीति सरकारले लिएको बताए पनि प्रदेश मात्र नभएर सिंगो देश नै उज्यालो बनाउन सक्ने पश्चिम सेती जस्ता आयोजनामा ध्यान नदिनु दुखद कुरा भएको यस क्षेत्रका नागरिकको भनाई छ । सत्तारुढ नेकपाका नेता भीम रावलले नै सुदूरपश्चिमलाई बजेटले प्राथमिकता नदिएको टिप्पणी गरेका छन्।

आफ्नै पार्टीका अर्थमन्त्रीले पेश गरेको बजेटबारे नेकपा स्थायी कमिटी सदस्य रावलले भने,‘पश्चिम सेती जलविद्युतको कुरा आएन। सेती लोकमार्ग कहाँ हरायो कहाँ ? पछि परेका र अगाडी जानुपर्ने क्षेत्रबाट हेर्दा टिप्पणी गर्नुपर्ने खालको छ बजेट।’      
                                  
अर्थमन्त्री खतिवडाले नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत समाजवादोन्मुख बजेट तयार गरिएको बताए पनि सुदुरपश्चिम प्रदेशका अधिकांश पुरानै योजनाहरु समेटिएका छन् ।

बजेटमा सुदूरपश्चिम 

बजेटमा अत्तरीया-धनगढीलाई औद्योगिक करिडरको रुपमा विकास गर्ने कार्यलाई अघि बढाउन बजेट छुट्याएको छ । 

त्यस्तै आर्थिक वर्ष २०७६(७७ मा अत्तरीया– धनगढीलाई मेगासिटी बनाउने प्रकृया अघि बढाईने जनाएको छ । कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने कुरा पनि बजेटमा उल्लेख गरिएको छ ।

धनगढी बिमानस्थलको स्तरोन्नती गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।सुदूरपश्चिम प्रदेशको बैतडीको गोकुलेश्वर र अछामको कमलबजारमा बिमानस्थलको निर्माण कार्य अघि बढाईने नीति पनि बजेटमा आएको छ । 

सरकारले महाकाली नदिमा बनाउन लागेको चार लेनको मोटरेवल पुलका लागि ९० करोड बजेट विनियोजन गरेको छ । कञ्चनपुरमा भीमदत्तनगरपालिका र महाकाली नगरपालिकालाई जोड्ने गरी महाकाली नदीमा पुल बनाउने कार्य यसअघि नै सुरु गरिएको थियो ।

यस्तै सरकारले प्रस्तुत गरेको बजेटमा खुटिया दिपायल–चैनपुर सम्म सडक बनाउने योजना पनि समेटिएको छ । सुदुरपश्चिम प्रदेशलाई अध्यारोमुक्त प्रदेश बनाउने घोषणा पनि बजेटमा समावेस गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।