शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • लोकतान्त्रिक समाजवादी सरकारमा जान इच्छुक, देउवालाई भेटेर समर्थन रहने प्रतिबद्धता

लोकतान्त्रिक समाजवादी सरकारमा जान इच्छुक, देउवालाई भेटेर समर्थन रहने प्रतिबद्धता

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने भएका छन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिने भएका छन्। महन्थ ठाकुरसँगै राजेन्द्र महतो, शरत्सिंह भण्डारीलगायत नेताहरूले सोमबार प्रधानमन्त्रीलाई देउवालाई भेटेर सरकारलाई आफ्नो समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।  

triton college

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि उनीहरूले सरकारलाई समर्थन गर्ने जनाएका हुन्। लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी हुन पनि इच्छुक देखिएको छ। 

यद्यपि प्रधानमन्त्रीसँगको सोमबारको भेटमा सरकारमा सहभागी हुनेबारे कुनै ठोस छलफल भने नभएको लोसपाले जनाएको छ। टीकापुर घटना भएको संस्मरणमा लोसपाका नेताहरू प्रधानमन्त्री देउवालाई भेट्न पुगेका थिए।

लोसपाका नेता शरत्सिंह भण्डारीले टीकापुर घटना भएको दिनको स्मरण गर्दै सो घटनाको आरोपमा अहिले पनि रेशम जेलमा रहेको र उनलाई रिहाइको माग सहित आफूहरू प्रधानमन्त्री देउवालाई भेट्न पुगेको बताएका छन्।

चौधरीको रिहाइको विषयमा प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको उनले बताए। ‘प्रधानमन्त्रीज्यूले यो विषय अहिले अदालतको प्रक्रियामा छ। अदालतको निर्णय हेरौं। त्यसपछि के पर्छ वा मन्त्रिपरिषद्बाट माफी दिने हो कि यसबारेमा छलफल गरौंला भन्नु भएको छ,’ उनले भने।  प्रधानमन्त्री देउवा लोसपाका मागमा सकरात्मक रहेकाले आफू सरकारमा जान सहभागी भएको बताएका छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 24, 2021| 07:34 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...