शुक्रबार, वैशाख १४, २०८१

विप्लवले भने : सबै घटनाको दोषी ‘केपी–पीके कम्पनी’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा भएको घटनाको दोषी प्रधानमन्त्री केपी शर्मा ओली (केपी) र नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ भएको आरोप लगाएका छन्।

सोमबार साँझ विज्ञप्ति जारी गर्दै विप्लवले भनेका छन्,‘जेठ १२ गते काठमाडौँमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमान्डर कमरेड महान, कमरेड दीपेन्द्र, कमरेड प्रज्वलशाही, कमरेड निरन्तरको सहादतले यसप्रकारको घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ। यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन नै रहेको स्पष्ट गर्दछौँ।’

सरकारको राज्यआतंक, तीर्थ घिमिरे हत्याकाण्ड विरुद्ध नेपाल बन्द गरिएको जानकारी दिँदै विज्ञप्तिमा भनिएको छ,‘केपी—पीके कम्पनीको सरकार गठन भएदेखि नै नेपाली जनता र राष्ट्रको मुक्तिकालागि गरिएका संघर्ष, आन्दोलनमा उत्रिएका पार्टी र जनतामाथि दमन गर्नु, हाम्रो पार्टीका नेता/कार्यकर्ता, शुभचिन्तकलाई गिरफ्तार गर्नु, यहाँसम्मकी दोहोरो मुठभेटका नाममा निःशस्त्र व्यक्तिमाथि गोली प्रहार गरी हत्याका घटनाहरू हुन थालेका छन्। साथै यो सरकारले राष्ट्रघात र जनघातमा पनि यसअघिका प्रतिक्रियावादी सरकारलाई उछिनिरहेको छ।’
 
पार्टी सहिदहरूको बलिदान खेर जाननदिने र एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता विप्लवले विज्ञप्तिमा उल्लेख गरेका छन्। मृतकहरुलाई विप्लवले सहिद घोषणा गरेको छ।

काठमाडौं उपत्यकामा आइतबार साँझ भएको विस्फोटमा चार जना मारिएका छन् भने सोमबार बन्दको समान्य प्रभाव परेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।