शनिबार, वैशाख १५, २०८१

विप्लवको बन्दले प्रदेशसभा बैठक स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – नेत्रविक्रम चन्द विप्लव नेतृत्वले आव्हान गरेको नेपाल बन्दको प्रदेश २ मा आंशिक प्रभाव देखिएपनि प्रदेशसभा बैठक पूर्ण रुपले प्रभावित भएको छ। विप्लवको बन्द आह्वानले सोमबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ।

दिउँसो २ बजे बोलाइएको बैठक सुरक्षाको कारणले स्थगित गरिएको बताइएको छ। अधिकांश प्रदेशसभा सदस्यहरु आ–आफ्नो जिल्लाबाट आउने गरेकोले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ। 

प्रदेशसभाको आगामी बैठक मंगलबार २ बजे बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जीत यादवले बताए। प्रदेश २ को बारा, पर्सा, सर्लाही, महोत्तरी, सप्तरी, रौतहटलगायतका जिल्लाबाट प्रतिनिधित्व गर्ने अधिकांश प्रदेशसभा सदस्यहरु बैठकमा सहभागी हुन जिल्लाबाटै आउने गरेका छन्।

प्रदेश २ मा विप्लवले आह्वान गरेको बन्दको खासै प्रभाव नदेखिएपनि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सवारी अवागमन प्रभावित भएको छ। बन्दका कारण राजमार्गमा न्यून संख्यामा गाडी गुडेको छ।

सर्लाहीको हरिपुर नगरपालिकामा गएराती बम विस्फोट भएपछि र बर्दिवासमा लावारीस अवस्थामा बम फेलापरेपछि राजमार्ग क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
यता प्रदेश २ को स्थायी राजधानी जनकपुरमा भने बन्दको प्रभाव देखिएको छैन्। यहाँका शैक्षिक संस्था, वित्तीय संस्था, कलकारखाना, व्यापारिक प्रतिष्ठान, यातायातका साधन पूर्ववत सञ्चालनमा छन्। जनकपुबाट लामो दुरीको सार्वजनिक यातायातको साधन नचलेपनि छोटो दुरीको सवारी साधन सञ्चालन भएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।