शुक्रबार, वैशाख १४, २०८१

विप्लवका दर्जनबढी कार्यकर्ता पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – देशका विभिन्न क्षेत्रबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको १३ कार्यकर्ता पक्राउ परेका छन्। हिजो र आज गरी कुल १३ कार्यकर्ता पक्राउ परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले नेपाल समयलाई जानकारी दिए।

हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। डिआइजी पोखरेलका अनुसार सोमबार विप्लव समूहले घोषणा गरेको बन्दका क्रममा भने देशभरबाट ६ जनालाई नियन्त्रणमा लिइएको छ। 

डिआइजी पोखरेलका अनुसार ललितपुरबाट चार जना, झापाबाट एक जना र रोल्पाबाट एकजना विप्लव कार्यकर्तालाई पक्राउ गरिएको छ। 

आइतबार विप्लव समूहले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बम विष्फोट गराएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो। सो घटनापछि सोमबारसम्ममा विप्लवका १३ जना कार्यकर्ता पक्राउ परिसकेका छन्। प्रहरीले आइतबार कोटेश्वर क्षेत्रबाट ७ जनालाई पक्राउ गरेको थियो। विप्लवको बन्दका क्रममा देशभर चार सवारीसाधनमा आगजनी गरिएको डिआइजी पोखरेले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।