शुक्रबार, वैशाख १४, २०८१

बैतडीमा दुईओटा बम निष्कृय, कैलालीमा नक्कली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - बैतडीको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा रहेका आइडी बमहरु सेनाले निष्कृय पारेको छ। बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो।

हनुमानध्वज गुल्मका क्याप्टेन देवेन्द्र बस्नेत नेतृत्वको सेनाको टोलीले १ घण्टा लगाएर उक्त बमहरु पड्काएर डिस्पोज गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए। बिहान साढे ४ बजे फेला परेका उक्त बमहरु नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल बन्दको आह्वान गरेको चन्द समूहले राखेको हुनसक्ने अनुमान गरिएको छ।

बम फेला परेको स्थानमा नेत्रविक्रम चन्द विप्लव समूहको युवा संगठनको नेपाल बन्द अपीलको पर्चा पनि भेटिएको हनुमानध्वज गुल्मका क्याप्टेन देवेन्द्र बस्नेत जानकारी दिए। विप्लव नेतृत्वको नेकपाले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिरोधमा नेपाल बन्दको घोषणा गरेको हो।

यस्तै कैलालीमा वडा कार्यालय अगाडि भेटिएको संकास्पद वस्तु नक्कली बम भएको पाइएको छ। भ्रम सृजना गर्न उक्त वस्तु राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ६ को कार्यालय अगाडि बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको देखेपछि सेनाको टोली डिस्पोजका लागि गएको थियो।

सेनाको टोली पुगेपछि उक्त वस्तु नक्कली भएको र त्रास सृजना गर्न मात्रै राखिएको पाइएको हो। बोरामा १० लिटरको ग्यालेनमा पेट्रोल मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।