शुक्रबार, वैशाख १४, २०८१

साताको पहिलो दिन बजार राताम्मे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। यसदिन नेप्से ११.९३ अंकले घट्दा नेप्से १३०२.६१ विन्दुमा अडिएको छ। परिसुचक घटेसँगै यसदिन कारोबार पनि ओरालो लागेको छ। 

यसदिन १६५ कम्पनीका २० लाख ५४ हजार २८६ कित्ता शेयर ६२ करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ। गत साताको अन्तिम दिन बिहीबार ९३ करोड २६ लाख रुपैयाँको कारोबार भएको थियो। 

आइतबार जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै ३८.०१ अंकले ओरालो लागेको छ भने सबैभन्दा कम म्याचुअल फण्ड ०.०२ अंकले ओरालो लागेको छ। त्यस्तै यसदिन निर्जीवन बीमा ३५.०८, होटल ३२.३६, हाइड्रोपावर ३०.७१, विकास बैंक १४.६५, अन्य ११.७१, बाणिज्य बैंक ९.६, फाइनान्स ५.३८, माइक्रोफाइनान्स ५.१५, उत्पादन तथा प्रशोधन ०.७६ अंकले नकारात्मक बनेका छन्।

यसदिन नेपाल बैंकको सबै भन्दा धेरै चार करोड ८५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै शिवम सिमेन्टको ४ करोड ७५ लाख रुपैयाँ, अपर तामाकोशीको ३ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। हिमालयन डिस्टीलरी, कृषि विकास बैंक, एनसीसी बैंकको पनि २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। 

आइतबार धेरै कमाउनेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ। यसदिन माइक्रोफाइनान्सको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको थियो। त्यसैगरी एनएमबि माइक्रोफाइनान्स, हिमायलन उर्जा र माउन्टेन हाइड्रो नेपालले पनि कमाएका छन्। 

त्यस्तै आइतबार धेरै गुमाउने कम्पनीहरुमा जोशी हाइड्रोपावर, हिमालयन डिस्टीलरी, राधि विद्युत, अरुण काबेली, मल्टिपर्पस फाइनान्स र घलेम्दी हाइड्रो रहेका छन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्