शुक्रबार, वैशाख १४, २०८१

थपिएको जोस र चुनौतीका साथ ओमन निस्किँदै नेपाली क्रिकेट टिम

करिब दशकको अवधिपछि नेपाली टिममा पूर्वकप्तान पारस खड्का हुने छैनन्। टिममा प्रेरणा बढाउनेदेखि, खेलमा आडभरोसा दिनेसम्मका कप्तान पारसको अभावले जिम्मेवारी बढेको वर्तमान कप्तान ज्ञानेन्द्रको बुझाइ छ।
 |  मंगलबार, भदौ ८, २०७८

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिम मंगलबार ओमन प्रस्थान गर्दैछ। मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा रहने नेपाली टिमले ओमनमा ६ खेल खेल्ने तालिका छ।

triton college

करिब दशकको अवधिपछि नेपाली टिममा पूर्वकप्तान पारस खड्का हुने छैनन्। टिममा प्रेरणा बढाउनेदेखि, खेलमा आडभरोसा दिनेसम्मका कप्तान पारसको अभावले जिम्मेवारी बढेको वर्तमान कप्तान ज्ञानेन्द्रको बुझाइ छ।

वाटमोरको बुझाइमा भने टिमबाट पारसको लिगेसी बाहिरएको छ। र अब नेपाली टिम नयाँ धारबाट अघि बढ्नेछ। ‘ओमन सिरिबाट पारसले आफ्नो प्रतिस्थापन देख्नेछन्। त्यो प्रतिस्थापनले उनी पनि निकै खुसी हुनेछन्,’ ओमन प्रस्थान गर्नुअघिको बन्द प्रशिक्षणमा वाटमोरले भने।

ओमनमा नेपालले खेल्ने ६ मध्ये चार खेल आईसीसी विश्वकप लिग २ का हुन्। दुई खेल ओमनसँग र दुई खेल अमेरिकासँग नेपाल मैदान उत्रने छ। लिग २ को उक्त सिरिजअघि नेपालले पपुवा न्युगिनीविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ। 

पछिल्लो समय डेभ वाटमोरको प्रशिक्षणमा नेपालले ट्राइ नेसन्स टी-२० सिरिज जितेको थियो। अहिले नेपालले एक दिवसीय फर्म्याटमा खेल्दैछ। 

‘वर्षाको समय भएकाले धेरै खेल्न पाएका छैनौँ। त्यही कारण हामी खेलभन्दा निकै अघि ओमन गइरहेका छौँ। हामील त्यहाँ गएर पनि अभ्यास गर्नेछौँ। खेल्नका लागि मानसिक रुपमा तयार छौँ,’ भ्रमणअघि बलर सन्दीप लामिछानेले भने।

corrent noodles
Metro Mart

पछिल्लो समय डेभ वाटमोरको प्रशिक्षणमा नेपालले ट्राइ नेसन्स टी-२० सिरिज जितेको थियो। अहिले नेपालले एक दिवसीय फर्म्याटमा खेल्दैछ। ‘फर्म्याट नयाँ भए पनि त्यसै अनुसारको अभ्यास भइरहेको छ। उहाँसँग धेरै अनुभव छ। हामीलाई उहाँले मार्गदर्शन गरिरहनु भएको छ,’ लामिछानेले भने।

नेपालका लागि चार खेल बढी महत्वपूर्ण छन्। वरीयतासँग जोडिएका कारण अरु दुई खेल पनि कम महत्त्वका भने छैनन्। पछिल्लो समय अमेरिकासँग खेल्दा नेपालले कम ओभरमै विकेट गिराएको  थियो। तर नेपालको स्लो पिच ओमनमा उपलब्ध हुने छैन। त्यहाँ ग्रासी र फ्ल्याट विकेटमा नेपालले खेल्नुपर्ने हुन्छ। त्यसैले ज्यादातर स्पिनर धेरै देखिने नेपाली टिममा वाटमोरले फास्ट बलरलाई थप स्थान दिएका छन्।


यद्यपि, पिचलाई देखाएर प्रदर्शनमा क्षमा नपाइने सन्दीप बताउँछन्, ‘केही फरक अवश्य छ। तर त्यसो भनेर ‘एक्सक्युज’ पाइँदैन। सबै ठाउँमा राम्रो बलिङ गर्न सक्ने, बललाई जर्ज गर्न सक्ने खुबी राख्नुपर्छ।’

यता प्रशिक्षक वाटमोरले भएसम्मको सबैभन्दा राम्रो प्रशिक्षण गरिरहेको बताएका छन्। ‘हामीले केही नयाँ प्रयोग गरिरहेका छौं,’ वाटमोरले भने, ‘मैले पपुवा न्युगिनीसँगको खेलमा टिमलाई एकदिवसीय फर्म्याटमा फर्काउन प्रयास गर्नेछु।’

ओपनिङ कसले गर्ला भन्ने प्रश्नमा उनले अहिल्यै भन्न गाह्रो हुने बताए। तर उनले कुशल भुर्तेल र आशिफ शेख नै आउन सक्ने संकेत भने गरेका छन्। यता अभ्यासका दौरान पनि पहिलो जोडीको रुपमा आशिफ र कुशलले ब्याटिङ गरेका छन्।

वर्षाका कारण सोचेअनुसारको तयारी नभएको कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन्।

नेपाली टिममा प्रतिस्पर्धा बढ्दै गएकाले सबै खेलाडी निकै मेहनती र उत्कृष्ट रहेको वाटमोर बताउँछन्। ‘जसरी प्रशिक्षण भइरहेको छ, खेलाडीले मेहनत गरिरहेका छन्। त्यो हेर्दा नेपालले शानदार प्रदर्शन गर्नेछ,’ अनुभवी खेलाडी शरद भेषवाकर भन्छन्, ‘मेरो सन्दर्भमा टिमले जस्तो रोल दिन्छ म त्यही गर्छु। म मेरो जुनै पनि रोलका लागि तयार छु।’ बलिङ र ब्याटिङ दुवैको अवसर पाएमा न्याय गर्ने शरद भेषवकरको विश्वास छ।

वर्षाका कारण सोचेअनुसारको तयारी नभएको कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन्। ‘ओमनमा गएर राम्रो अभ्यास हुन्छ। कोभिडको महामारीका लामो समय क्रिकेट गेममा प्रभाव पर्‍यो। अहिले टिममा युवा खेलाडी पनि धेरै छन्। त्यसैले पपुवा न्युगिनीसँगको खेलले युवा खेलाडीलाई लामो फर्म्याटको खेलमा अनुभव प्रदान गर्नेछ,’ कप्तान ज्ञानेन्द्रले भने।

उनले ओपनिङमा कुशल र आशिफलाई नै अवसर दिनुपर्ने बताए। ‘दुवै खेलाडीले राम्रो गरिरहेका छन्। त्यसैले हामीले उनीहरुलाई नै एक्स्पोजर दिनुपर्छ भन्ने सोचेका छौं,’ कप्तान ज्ञानेन्द्रले भने, ‘अब पारसको प्रतिस्थापन खोज्नुपर्ने पनि छ।’

कोभिड महामारीको कारण १७ जना खेलाडी लिएर जान पाएकोमा नयाँ खेलाडी निकै खुसी रहेको ज्ञानेन्द्र बताउँछन्।  त्यसै कारण गुल्सन झा पनि पहिलो पटक टिममा परेका छन्। उनले ओमन सिरिजका दौरान डेब्यू गर्न सक्नेछन्।

‘गुल्सन झा नयाँ खेलाडी छन्। लोअर अर्डरमा उनको ब्याटिङ राम्रो छ। उनी टिममा रहँदा भविष्यका लागि राम्रो हुनेछ। १७ जना खेलाडी लैजान पाउँदा नयाँ ट्यालेन्टलाई पनि अवसर दिइएको छ,’ ज्ञानेन्द्रले भने।


पहिलो पटक स्क्वाडमा पर्दा निकै खुसी रहेको र अभ्यास राम्रो भएको गुल्सन झा बताउँछन्। उनले बन्द प्रशिक्षणमा सिनियर खेलाडी र प्रशिक्षकबाट धेरै कुरा सिकेको पनि बताए।

‘दाईहरुसँग खेल्न पाउँदा धेरै खुसी लागेको छ। मैले पुलिस टिममा र नेसनल टिममा अभ्यास गर्ने अवसर पाएँ। त्यो दुईबीच खेलाडीको अनुभवमा फरक छ। अन्तर्राष्ट्रिय स्तरको अनुभव मैले यहाँ पाएँ,’ ओमन जनुअघि गुल्सनले भने, ‘प्रशिक्षकले पनि सहयोग गर्नुभएको छ। अबको भ्रमणमा चाहिँ म राम्रो खेलेर देखाउनेमा केन्द्रित छु। दबाब नलिने र जे सिकिरहेको छु त्यो खेलमा देखाउने इच्छा छ। अब हेरौँ कहाँसम्म जान सकिन्छ।’

गुल्सनले बल फाल्ने र ब्याट्स्मेनलाई रिड गर्ने तरिका राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट सिकेका छन्। टिममा रहँदा ब्याट्समेनको सम्भावित मुभ अनुमान गर्न सिकेका छन्। ‘त्यो अब अन्तर्राष्ट्रिय खेलमा देखाउने चाहन्छु,’ उनले भने, ‘मैले इन्डियामा पनि अभ्यास गरेँ। नेपाल र इन्डियाको अभ्यासमा खासै फरक देखिनँ।’

ओमनमा चुनौती

अमेरिका र ओमन नेपालका लागि परिचित विपक्षी हुन्। तर ओभन भ्रमण त्यो भन्दा माथि रहेको कप्तान मल्ल बताउँछन्। घरेलु मैदानमा खेल्नुभन्दा ओमन जानेबित्तिकै केही न केही परिवर्तन हुने उनले उल्लेख गरे।

अंक तालिका नेपाल निकै पछि छ। उसो त नेपालले चार खेल मात्र खेलेको छ। चार खेलबाट नेपालले दुई हार र दुई जितका साथ चार अंक बनाएको छ।
‘पीचदेखि लिएर त्यहाँको बाँकी अवस्थाले पनि फरक पार्छ। ओमनमा जाँदा गर्मी धेरै हुन्छ। हामी डे नाइटमा खेलिरहेका छौँ। जसमा हामी परिचित छैनौँ,’ कप्तान मल्लले भने, ‘त्यसमाथि पछिल्लो समयमा ओमनले निकै राम्रो गरिरहेको छ। जहाँ कि अमेरिका पनि एसोसिएटमा पावर हाउस भएर आइरहेको छ। त्यसमाथि अमेरिकाको टिममा खेलाडी थपिइरहेका छन्।’

यता नेपाली टिमसँग कम अनुभव भएका खेलाडी हुँदा चुनौती कम नहुने मल्ल बताउँछन्। 

अंक तालिकामा कुन देश कहाँ?

अंक तालिका नेपाल निकै पछि छ। उसो त नेपालले चार खेल मात्र खेलेको छ। चार खेलबाट नेपालले दुई हार र दुई जितका साथ चार अंक बनाएको छ।

घरेलु मैदानमा पहिलो सिरिज खेल्न पाएको नेपालले त्यो सिरिज पनि अमेरिका र ओमनसँग नै खेलेको थियो। उक्त सिरिजका दुवै खेलमा नेपालले अमेरिकालाई हराएको थियो भने ओमनसँग हारमा चित्त बुझाएको थियो।

यता ओमनले भने अहिलेसम्म १० खेल खेलेर ८ जितसहित १६ अंक जोडेको छ। दोस्रो स्थानको अमेरिकाले १२ खेलबाट १२ अंक नै जोडेको छ। नेपाल भ्रमणअघि अमेरिका शीर्षस्थानमा थियो। उसले नेपालमा खराब प्रदर्शन गरेपछि शीर्षस्थान ओमनको कब्जामा पुग्यो।


त्यस्तै, ९ अंकका साथ स्कटल्यान्ड तेस्रो स्थानमा छ भने ८ अंक भएको नामिबिया चौँथो स्थानमा छ। पाँचौँ स्थानको युनाइटेड अरब इमिरेट्सले भने ७ अंक जोडेको छ।

नेपाल छैटौँ स्थानमा छ भने जितविहीन पपुवा न्यु गिनी सातौं स्थानमा छ। पपुवा न्यु गिनीले आठै खेलमा जित निकाल्न सकेको छैन।

के हो विश्वकप लिग २?

इंग्ल्यान्डमा सन् २०१९ मा एक दिवसीय विश्वकप सम्पन्न भएपछि ५० ओभरका खेलले एक महिना विश्राम पायो। विश्रामको अवधि सकिएलगत्तै यसका तीन शृंखला सुरु भए- ‘क्रिकेट विश्वकप सुपर लिग’, ‘लिग २’ र ‘च्यालेन्जिङ लिग’।

प्रतियोगिताअन्तर्गत प्रत्येक टिमले साढे दुई वर्षमा ३६ एकदिवसीय खेल खेल्नेछन्। प्रत्येक टोलीले ३६ खेल खेल्दा लिगको खेल संख्या एक सय २६ हुनेछ।
यी तीनै शृंखलाको लक्ष्य भने एउटै छ, भारतमा हुने एकदिसीय विश्वकप २०२३ का लागि सहभागी राष्ट्रको निर्क्योल गर्नु। अहिले तीनै फर्म्याट सुरु भइसकेका छन्। नेपाललाई विश्वकपमा पुर्‍याउने प्रतियोगिता भनेको ‘लिग २’ हो। आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको नयाँ रूप हो, ‘लिग २’। तर, लिग सुरु भएको चार महिनासम्म नेपालले एक खेल पनि खेलेन। त्यस समयसम्म प्रतियोगितामा छनोट भएका अन्य ६ टोलीले भने ८ खेल खेलिसकेका थिए।

ढिलै भए पनि २०७६ को माघमा नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्यो।

स्कटल्यान्डको मनोफिल्ड पार्कमा उद्घाटन भएको ‘लिग २’ अमेरिका, युएई र ओमानपछि नेपाल आइपुगेको थियो। त्यो सिरिजपछि कोरोनाभाइरसको महामारीका कारण नेपालले बाँकी सिरिज खेल्न पाएको थिएन।


साढे दुई वर्षसम्म चल्ने यो प्रतियोगितामा नेपालसहित अमेरिका, स्कटल्यान्ड, नामिबिया, ओमान, युएई र पपुवा न्युगिनी सहभागी छन्। जसमा स्कटल्यान्ड, नेपाल र युएई जिम्वाबेमा सम्पन्न क्रिकेट विश्वकप क्वालिफायर २०१८ बाट छानिएका हुन् भने ओमान, नामिबिया, पपुवा न्युगिनी र अमेरिका ‘विश्व क्रिकेट लिग डिभिजन २’ बाट छनोट भएका हुन्।

प्रतियोगिताअन्तर्गत प्रत्येक टिमले साढे दुई वर्षमा ३६ एकदिवसीय खेल खेल्नेछन्। प्रत्येक टोलीले ३६ खेल खेल्दा लिगको खेल संख्या एक सय २६ हुनेछ।

लिगअन्तर्गत २१ त्रिपक्षीय शृंखला सञ्चालन हुनेछन्। एक शृंखलामा ६ खेल हुँदा एक टिमले ४ खेल खेल्नेछ। प्रत्येक सदस्य टिमले एक सिजनमा कम्तीमा पनि एक त्रिपक्षीय खेल आयोजना गर्नुपर्ने हुन्छ। तर कोभिडका कारण त्यो तालिकामा केही परिवर्तन भने गरिएको छ।

लिग २ का शीर्ष तीन टिम विश्वकप क्वालिफायरमा छानिनेछन् भने बाँकी ४ टोली विश्वकप क्वालिफायर प्लेअफमा पुग्नेछन्।

नेपाल ‘लिग २’ को शीर्ष तीनमा पर्न सफल भए विश्वकप क्वालिफायर २०२२ मा पुग्नेछ। तर, शीर्ष तीनमा नपरेको खण्डमा ‘प्ले अफ’मा जानुपर्ने हुन्छ। प्लेअफबाट पनि विश्वकपमा जान सम्भव छ।

प्रकाशित: Aug 24, 2021| 06:15 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।