शुक्रबार, वैशाख १४, २०८१

​​​​​​​कुटपिट गरी वृद्ध व्यापारीको हत्या, दुई घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - दार्चुलाको महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या भएको छ। उनका श्रीमान् र नाति कुटपिटबाट गम्भीर घाइते भएका छन्। 

पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको शनिबार राती हत्या भएको हो। उनका श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते अवस्थामा भेटिएका छन्। महरा परिवार सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएको छ। महरा परिवारका सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको महाकाली नगरपालिका वडा नं ३ का वडाध्यक्ष पदमसिंह महराले जानकारी दिए।
     
महराको खोला किनार नजिकै पसलमा कुटपिट गरी हत्या गरिएको छ। गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान ८ बजे मात्रै जानकारीमा आएको हो। घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन। घटनामा नाति भागेर बाँच्न सफल भएका छन्। वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ। उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन्।

बिहान गाउँबाट मान्छे आउँदा वीरभान गम्भीर घाइते र श्रीमती मृतावस्थामा देखिएपछि प्रहरीलाई खबर गरेका थिए। अहिले घटनास्थलमा प्रहरी निरीक्षक रवीन्द्र कठायत नेतृत्वको टोली खटिएको छ। घाइते वीरभान र लोकेन्द्रको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको छ। यो घटनाको थप अनुसन्धानकालागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।