शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मेयर कान्डमा बोल्यो कांग्रेस : ‘कर्मचारीलाई बलिको बोको बनाइयो’

मेयर कान्डमा बोल्यो कांग्रेस : ‘कर्मचारीलाई बलिको बोको बनाइयो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी - पछिल्लो हप्तामा इटहरीका मेयर द्धारिकलाल चौधरी जोडिएका घटनाहरुमा पहिलोपटक नेपाली कांग्रेस इटहरीले औपचारिक अभिव्यक्ति सार्वजनिक गरेको छ। इटहरी उपमहानगरपालिकामा भएको भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना संभव नहुने कांग्रेसले बताएको छ। शनिबार दिउँसो इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाली कांग्रेसले इटहरीको भ्रष्टाचार कान्डमा उपमहानगरको नेतृत्वले लाखौँ कुम्ल्याएको अरोप लगाएको छ। 
 
‘सिएफएल लगायतको थप भ्रष्टाचार कान्ड घटाएर लाखौँ कुम्ल्याउन उपमहानगरपालिका नेतृत्व पछि परेन, मेयर र उपमेयरको सहमतिबिना उपमहानगरमा भ्रष्टाचार हुँदैन’, कांग्रेसले विज्ञप्तीमा भनेको छ। आफैं भ्रष्टाचारमा जोडिएको नगर नेतृत्वले केही कर्मचारीलाई कारबाही गरेजस्तो गरेको बताउँदै कांग्रेसले भनेको छ, ‘हाल आएर उपमहानगरपालिकाको नेतृत्व आफू पानी माथिको ओभानो भएर एक दुई जना कर्मचारीलाई बलिको बोको बनाई जनताको आँखामा छारो हाल्न खोजेको देखियो।’

नेपाली कांग्रेसले इटहरी उपमहानगरपालिकामा मात्रै हैन इटहरीको खानेपानी उपभोक्ता समितिमा पनि भ्रष्टाचार भएको भनेर मेयरले किटानी गरेकाले त्यसको स्वतन्त्र छानबिन गर्न पनि माग गरेको छ। इटहरी कांग्रेसका नेताहरु रोहित प्रसाइ र कोवितजंग कार्कीसँगै पत्रकार सम्मेलन आयोजना गरेर उपमहानगर सभापति हेमकर्ण पौडेलले भनेका छन, ‘खानेपानी उपभोक्ता समिति लगायतलाई इटहरीबासीको तर्फबाट स्वतन्त्र छानबिन समिति गठन गरी सशक्त कारबाही गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ।’ 

नेपाली कांग्रेस इटहरीले समाचार सम्प्रेषण गर्न गएका पत्रकारहरुमाथि मेयरले गरेको दुव्र्यवहारप्रति खेद प्रकट गरेको छ। यस्तै, उपमहानगरको दैनिक जनताका काममा भएको झन्झटिलो प्रक्रिया अन्त्य गर्न, सार्वजनिक जग्गा खोजिकार्यलाई पुर्वाग्रहबिना खोजबिन गर्न, वडा सचिव  र अध्यक्षलाई ‘लात हान्छु’ भन्ने जस्तो तल्लो स्तरको अभिव्यक्ति सच्याउन र कर्मचारीले भ्रष्टाचार गरेको भए प्रक्रियागत छानबिन गरेर कारबाही गर्न नेपाली कांग्रेस इटहरीले माग गरेको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।