शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज जेठ १० गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

बेलायतकी प्रधानमन्त्री मे राजीनामा दिँदै

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले शुक्रबार भावुक मुद्रामा एक सम्बोधन गर्दै नेतृत्वबाट हट्न लागेको घोषणा गरेकी छन्। मेले यूरोपेली संघ (इयू) बाट बेलायतलाई बहिर्गमन गराउने कुरामा आफ्नै दलका सांसदहरूलाई पनि विश्वासमा लिन असफल भएपछि दलको नेतृत्वसँगै प्रधानमन्त्रीको पदबाट राजीनामा दिन लागेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

अन्सारी समाउन प्रहरीको अप्रेशन : काठमाडौंदेखि मलेसियासम्म

शुक्रबार बिहान पौने दस बजे त्रिभुवन विमानस्थल पुगेका नक्कली भारतीय नोटका कारोबारी युनिस अन्सारी प्रहरीलाई चक्मा दिने दाउमा थिए। उनी कतार एयरको जहाजमार्फत आउन लागेको सात करोड नक्कली भारु बुझेर टाप कस्‍ने तयारीमा थिए। तर प्रहरीले उनलाई पुरै घेरामा राखिसकेको थियो। युनिसलाई पछ्याउँदै मलेसियासम्म पुगेको प्रहरी टिमले एयरपोर्टमा उनलाई छोड्ने कुरै थिएन। 

भारतमा कम्युनिस्ट पत्ता साफ : कसको कति सिट ?

भारतको लोकसभा चुनावको मतपरिणाम आएको छ। हिन्दुवादी भनिएको भारतीय जनता पार्टी (बिजेपी) ले बहुमत ल्याएको छ भने लामो समयसम्म सत्ता सञ्चालन गरेको भारतीय कांग्रेस प्रमुख प्रतिपक्ष बन्नबाट पनि वञ्चित भएको छ।

मोदी र शाहले भेटे आडवाणी र जोशी, सुध्रिएला त सम्बन्ध?

भारतीय लोकसभा निर्वाचनपछि भारतीय जनता पार्टी (बीजेपी) का अध्यक्ष अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीले पार्टीका संस्थापक नेताहरुलाई भेटेका छन्। मोदी र शाहले बीजेपीका संस्थापक नेता लालकृष्ण आडवाणी र मुरलीमनोहर जोशीलाई भेटेका हुन्।

भन्सारमा रोकिएन तस्करी : कारबाहीका नाममा नाटक, घुसको रेट वृद्धि  

सामान्य झोला बोकेर आउँदै गरेका यात्रुदेखि साइकल, मोटरसाइकल, कार, रिक्सालाई लाइनमा लगाएर केरकार शैलीमा खानतलासी गरेको दृश्य भैरहवा भन्सारमा नयाँ होइन। कर्मचारीले जाँच गर्ने उक्त ठाउँसहित भन्सारको चौतर्फी सुरक्षाको नियमित चेकजाँच भने सिसिटिभीमार्फत कार्यालय प्रमुखले गरिरहेका हुन्छन्। नजिकै सशस्त्र प्रहरी बल राजस्व गस्तीको टिम सतर्क अवस्थामा हुन्छ। तर, कहिलेकाहीं उनीहरू दृष्टिविहीन हुन पुग्छन्। भैरहवा भन्सारमा पछिल्लोपटक सोमबार दिउँसो साढे ४ बजे यस्तै घटना भएको छ। १२ चक्के मालबाहक ट्रक सीधै पार हुँदासमेत न ड्युटीमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले देखे न त सिसिटिभी हेरेर बस्ने कार्यालय प्रमुखले। 

‘केपी ओलीले संविधान विरोधी काममात्र गरे’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केपी ओली प्रधानमन्त्री भएदेखि संविधान विरोधी काममात्र भएको आरोप लगाएका छन्। दुई तिहाइको दम्भमा मातेको कम्युनिस्ट सरकार संविधान विरोधी काम गरेर सर्वसत्तावादतर्फ उन्मुख भएको निधिले बताए।

‘ज्ञानेन्द्रको तानाशाही पथमा प्रधानमन्त्री ओली’

प्रधानमन्त्री केपी शर्मा ओली शक्तिको उन्मादले निरंकुश ज्ञानेन्द्रको शैली अपनाएको टिप्पणी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले गरेका छन्। शुक्रबार काठमाडौं क्षेत्र नम्बर १० मा जागरण अभियान अन्तरगत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले प्रधानमन्त्री ओली ज्ञानेन्द्र शाहको पथमा हिडेको बताए।

देउवाले दिए मोदी र भाजपालाई बधाई

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई दिएका छन्। 

जितपछि मोदीको पहिलो भाषण : सुनाए जितको १० सूत्र

भारतको लोकसभा चुनावको मत परिणाम आउँदै गर्दा भारतीय जनता पार्टी (बीजेपी) का नेता एवं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री हुने पक्का भएको थियो।

मोदी झन् शक्तिशाली, नेपालमा के असर पर्ला ?  

राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले भारतीय लोकसभा चुनावमा नरेन्द्र मोदीको पार्टीले जित हात पारेको खबरलाई मुख्य समाचार बनाएका छन् । यो जितसंगै भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् ।

वाइडबडीबारे वसन्तपुरमा सार्वजनिक सुनुवाइ गरिने

 ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही जेठ ११ गते  स्थानीय वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । 

सगरमाथा नाप्ने टोलीलाई मन्त्रीको स्वागत

सगरमाथाको उचाइ मापन गर्न गएको सरकारी टोलीलाई शुक्रबार काठमाडौंमा स्वागत गरिएको छ। टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्वागत तथा बधाई ज्ञापन गरिन्।

सरकारी वकील तथा प्रहरीको भेला जनकपुरमा

 मुलुकी ऐनलाई विस्थापित गर्दै लागू गरिएको फौजदारी आचारसंहिता कार्यान्वयनका विषयमा छलफल गर्न प्रदेश १ र प्रदेश २ का सरकारी वकील तथा नेपाल प्रहरीका अधिकारीहरु जनकपुरमा भेला भएका छन्।

निर्मला हत्याको १० महिना पुरा, सरकार नै हत्याराको संरक्षणमा लागेको आरोप

 बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको १० महिना पुगेपनि राज्यले अझै हत्यारा पत्ता लगाउन सकेको छैन।

बच्चा मार्ने धम्की दिने प्रेमजोडी पक्राउ 

पाँचलाख दिनुहोला है, हैन भने तपाईंको बच्चा अपहरण गरी हत्या गर्छौं। काठमाडौं नयाँबानेश्वरस्थित बुद्धनगर बस्ने सिताराम कार्कीलाई बारम्बार एसएमएस र फोनबाट यस्तो  धम्की आइरह्यो। कार्कीले यसबारे प्रहरीमा तत्काल  उजुरी दिए र प्रहरीले अनुसन्धान सुरु गर्यो। 

मदिरामा लठ्ठ प्रहरीले वडा अध्यक्षलाई कुटेपछि ...

 कञ्चनपुरको डोके बजार क्षेत्र बिहीबार रातीदेखि असान्त बनेको छ। किशोर, किशोरीले भागेर विवाह गर्न खोजेपछि भएको विवादले डोकेबजार क्षेत्र असान्त बनेको हो। 

हावाहुरीसहित वर्षाको सम्भावना

 पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राजापुर सबस्टेसन सञ्चालनमा, २० हजार ग्राहकले सेवा पाउने

बर्दियाको राजापुर क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सबस्टेसन सञ्चालनमा आएको छ। नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ९ करोड ३६ लाख रुपैयाँको लगानीमा निर्माण भएको ३३/११ किलोभोल्ट (केभी) राजापुर सबस्टेसन बुधबारबाट संचालनमा आएको हो। यसबाट त्यस क्षेत्रका करिब २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने भएका छन्।

सात करोड नक्‍कली भारु बरामद : युनुस अन्सारीसहित ६ जना पक्राउ 

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित तीनजना नेपाली र तीनजना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाली नागरिक युनुस अन्सारी, नसरुद्दिन अन्सारी सुजन रानाभाट, रोयल खान तथा पाकिस्तानी नागरिक मोहमद अक्तर नाशिव उद्धिन, तथा नाविया अन्वर रहेका विमानास्थलका प्रहरी प्रमुख सन्दीप भण्डारीले जानकारी दिए।

पाँचथरमा नौ जनाको हत्या गर्ने व्यक्ति मानसिक रोगी !

प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला पारेको छ । उक्त घटनाका मुख्य अभियुक्त ठहर्‍याइएका सोही गाँउपालिका-७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् ।

सकियो दरबार हाइस्कूल पुनःनिर्माणको मुख्य काम

नेपालको सबभन्दा पुरानो ‘दरबार हाई स्कूल’को पुनःनिर्माणको मुख्य काम सकिएको छ। चिनियाँ सरकारको सहयोगमा बन्न थालेको स्कूलको पुनःनिर्माणको मुख्य काम सकिएको हो। 

फलफूल बोकेको ट्रक त्रिशूलीमा खस्यो

भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो । दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।

कर्जन्हामा बस र ट्रक ठोक्कियो, २ जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिराहाको कर्जन्हा नगरपालिका १० प्रयागपुरमा बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

हत्या आरोपी २० वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले २० वर्षपछि बिहीबार सुर्खेतका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । 

राजु र आलमको उत्कृष्ट प्रदर्शनमा आर्मीको फराकिलो जित 

राजु रिजाल र सहाव आलमको उत्कृष्ट प्रदर्शनमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो संस्करणको प्रधानमन्त्रि कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ । टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा आर्मीले प्रदेश २ लाई १७१ रनको फराकिलो अन्तरले पराजितग गरेको हो । 

विश्वकपको सेमिफाइनल पुग्नसक्ने चार टोली

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट आउन अब केही दिन मात्र बाँकी छ । यसै दोरान धेरै जसो क्रिकेटमा हस्तिहरुले आफ्नो-आफ्नो उत्कृष्ट टिमको छनोट गरिरहेका छन् । भारतीय क्रिकेटमा पूर्व विश्वकप विजेता खेलाडी सचिन तेन्दुलकरले पनि यस विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सक्ने चार टिमको बारेमा आफ्नो धारणा व्यक्त गरेका छन् । 

महानगरका छात्राहरुलाई निशुल्क प्याड वितरण

गरिब तथा पिछडिएको समुदायको छात्रालाई माध्यमीक स्तरको अध्ययनको लागी प्रेरित गर्न महानगरपालिकाले सामुदायीक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउन शुरु गरेको छ।

अब  'भटभटे एप' बाटै मोटरसाइकलको किनबेच 

के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ । एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेच सहज बनेको हो । 

अग्‍नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल खतिवडा

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा नियुक्त भएकी छिन्। काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले खतिवडालाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै 'इ ट्वान्टी' गाडीको चाबी प्रदान गरे।

शैक्षिक क्षेत्रको जिज्ञासा मेट्दै छैटौँ हिसान मेला

छैटौं कान्तिपुर हिसान शैक्षिक मेला काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ। ‘एसईई’ र ‘प्लस टु’ का विद्यार्थीका लागि टार्गेट गरेर सञ्चालनमा ल्याइएको मेलामा दोस्रो दिन पनि उल्लेखनीय सहभागिता रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।