शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अन्सारी समाउन प्रहरीको अप्रेशन : काठमाडौंदेखि मलेसियासम्म

अन्सारी समाउन प्रहरीको अप्रेशन : काठमाडौंदेखि मलेसियासम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – शुक्रबार बिहान पौने दस बजे त्रिभुवन विमानस्थल पुगेका नक्कली भारतीय नोटका कारोबारी युनिस अन्सारी प्रहरीलाई चक्मा दिने दाउमा थिए।

उनी कतार एयरको जहाजमार्फत आउन लागेको सात करोड नक्कली भारु बुझेर टाप कस्‍ने तयारीमा थिए। तर प्रहरीले उनलाई पुरै घेरामा राखिसकेको थियो। युनिसलाई पछ्याउँदै मलेसियासम्म पुगेको प्रहरी टिमले एयरपोर्टमा उनलाई छोड्ने कुरै थिएन। 

नक्कली भारु आउनसाथ उनी एयरपोर्टबाटै पक्राउ परे। उनीसहित छ जना समातिए। युनिस समातिएपछि नक्कली भारुको कारोबारमा संलग्‍न एउटा स‌ंगठित गिरोहको पर्दाफास भएको छ।

भारतीय नक्कली नोटको कारोबारमा दुईपटक जेल परेका अन्सारीमाथि नेपाल प्रहरीले सुक्ष्म निगरानी गरिरहेको थियो। प्रहरीले अन्सारी विदेशमा कहाँकहाँ जान्छन् र क–कसलाई भेट्छन र कस्तो ‘डिल’ गर्छन भन्ने सम्मको सूचना संकलन गरिरहेको थियो।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआजी शैलेश थापा क्षेत्रीअनुसार अन्सारीले ठुलो परिणाममा भारतीय रुपैयाँ नेपाल भित्र्याउदैछन् भन्ने पूर्वसूचना पाइसकेको थियो। प्रहरीले नक्कली भारु मात्रै होइन तस्करीको सञ्जाल नै समाउने रणनिती बनाएको थियो र त्यसमा सफल पनि भयो।

भारतीय नक्कली नोट ७ करोड ६७ लाख ९४ हजारसहित पाकिस्तानका नागरिकहरु मोहम्मद अख्तार, नदिया अनवार र नासिर उद्दिनलाई पक्राउ गरिएको छ। त्यसैगरी उनीहरुलाई रिसिभ गर्न विमानस्थल पुगेका नेपाली नागरिक युनिस अन्सारी, उनका साला सुयल खान र गाडी ड्राईभर सुदन रानाभाटलाई पनि प्रहरीले पक्राउ गरी शुक्रबार अपरान्ह महानगरीय प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ। निलो र कालो दुई वटा सुटकेशमा राखिएको २ हजार दरका सो परिमाणको भारतीय नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको पनि महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआजी शैलेश थापा क्षेत्रीले बताए।

उनीहरुको साथबाट लगेजमा लुकाईछिपाइ भित्र्याइएको दुई हजार दरका ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको हो। अन्सारीले नेपाल–भारत सीमामा नक्कली भारुको सप्लाई गर्दै आएका थिए। नक्कली भारुको कारोबार गर्न उनी गत जनवरी २१ र मार्च ४ तारिकमा मलेसिया पुगेका प्रहरी स्रोतले जनाएको छ।

भिडियो र तस्बिरहरु







प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।