शनिबार, वैशाख २९, २०८१

प्रदेश ५ को नामाकरण र राजधानी आगमी वर्षभित्र टुंगाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा – प्रदेश नं. ५ सरकारले आगमी वर्षभित्र प्रदेशको नाम र राजधानी टुंगो लगाउने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम घोषणा गर्दै यस्तो बताएका हुन्।

सरकार गठन भएको यतिका समय वितिसक्दासमेत टुंगिन नसकेको नाम र राजधानी अब आगमी वर्षमा टुंगाउने सरकारले घोषणा गरेको हो।

यस्तो छ प्रदेश सरकारको नीति तथा कार्यक्रमको अंश

एक गाउँ एक पोखरी कार्यक्रम सन्चालन गरिनेछ। स्थानीय स्रोत साधन सुहाउँदो बहुउद्देश्य जलासयको कार्यक्र सुरु गरिनेछ। सिंचाईं प्रणालीलाई टिकाई राख्न स्थानीय उपभोक्तको प्रत्यक्ष सहभागीता जोड दिइनेछ। कृर्षि क्षेत्रमा बस्ती विकासलाई निरुत्साहित गरिनेछ।

प्रादेशीक यातयात गुरूयोजना आगमी वर्ष भित्र प्रयोगमा ल्याइनेछ। एक सय मिटर लम्बाईसम्मको २० करोड लागतको पुल निर्माणमा जोड दिइनेछ। कपिलवस्तुको शिवपुरमा सामग्री परिक्षण प्रयोगशाला निर्माण गरिनेछ। निर्माण व्यवसायीलाई दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ। बुटवल धागो कारकाखादेखी चरंगेसम्म कालोपत्रे गरिनेछ।

यातयात क्षेत्रको सिन्डीकेट हटाउन प्रदेश भित्र भरपर्दो यातयात व्यवस्था गर्न रूट परमिटको व्यवस्था गरिनेछ। प्रदेशका सबै राजमार्गमा रिफ्रेस सेन्टर सन्चालन गरिनेछ।

प्रदेशमा थिङ्क ट्यांकसहित योजना आयोग व्यवस्थीत गरिनेछ। सन्चार माध्ययमसँगको सहकार्यमा बृहत्तर नागरिक सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। सबै नागरिकलाई बैंकिङ पहुँच स्थापना गरिनेछ। आगमी वर्ष भित्र प्रदेश राजधानी र नामकरणको टुंगो लगाइनेछ। सञ्चार माध्यमसँगको सहकार्यमा प्रत्यक्ष प्रसारण गरिनेछ। प्रदेश सभामा इ–लाइबे्ररीको व्यवस्था गरिनेछ।

चालु आर्थिक वर्षमा सञ्चालित मुख्यमन्त्री कार्यक्रम आगमी वर्षमा सबै गाउँपालिकामा सञ्चालन गरिनेछ। प्रदेश प्रहरी गठन गरिनेछ। प्रहरी तालिम केन्द्रलाई आधुनिक बनाइनेछ।

सबै स्थानीय तहबाट पारित भएका कानुनको विश्लेषण गरिनेछ। जिल्ला समन्वय समितिलाई अनुगमन र समन्वयकारी निकायको रूपमा स्थापीत गरिनेछ।

विपत सबैलाई पर्छ, हामी जुटे सजिलै टर्छ भन्ने नाराका साथ विपत व्यवस्थापन सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। प्रदेशका सबै बस्तीमा सन्चार सुविधा पुराइनेछ। प्रदेश सञ्चार प्रतिष्ठान गठन गरिनेछ। सन्चारकर्मिको न्यूतम पारिश्रमीक लागु गर्न पहल गरिनेछ। प्रदेश डाटा सेन्टर गठन गरिनेछ। अपराध अनुसन्धानको लागि डिजीटल फरेन्सीक ल्याब सञ्चालन गरिनेछ।

प्रदेश प्रमुख झाले लगानी गर्नेहरूप्रति विशेष धन्यावाद ज्ञापनसमेत गरको छन्। उनले समृद्ध प्रदेश खुसी जनताको दीर्घकालिन आवधीक योजनाबाट निर्देशित उक्त नीति तथा कार्यक्रम भएको बताए।

नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयनको अपेक्षाका लागि सबैको सहयोगको अपिल पनि आसा पनि गरेका छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।