शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • संसदमा सत्तापक्षकै प्रश्‍न  : किन हुँदैछ पोखरामा १३ मुलुकको सैन्य अभ्यास ?

संसदमा सत्तापक्षकै प्रश्‍न  : किन हुँदैछ पोखरामा १३ मुलुकको सैन्य अभ्यास ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - अमेरिकाको अगुवाइमा पोखरामा भइरहेको  संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ दलकै नेताले आपत्ति जाएका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का प्रमुख सचेतक देवप्रसाद गुरुङ्गले संसदमै आपत्ति प्रकट गरेका हुन्।मंगलबार प्रतिनिधि सभाको बैठकमा  प्रमुख सचेतक गुरुङ्गले अमेरिकासँगको संयुक्त सैन्य अभ्यासले नेपालको राष्ट्रियतामाथि खतरा भएको बताए।

‘पाँच गतेदेखि पोखरामा अमेरिकी सेना र नेपाली सेनाका विभिन्‍न मुलुकका सेनाको संयुक्त अभ्यास भइरहेको छ। विपद व्यवस्थापनको नाममा २ सय २० जनाको संयुक्त अभ्यास भएको छ’गुरुङ्गले भने,‘नेपालको राष्ट्रियताको संकट परिरहेको अवस्थामा, शक्ति राष्ट्रहरुको बीच टकराव परिरहेको अवस्थामा यस प्रकारको सैन्य अभ्यासले नेपालको अस्मितालाई कहाँ पुर्‍याउँछ ? यस विषयमा सदनको ध्यानाकषर्ण गराउनुका साथै सभामुखमार्फत परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको ध्यानाकषर्ण गराउन चाहान्छु।’

नेपाल सेना र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्र कमान्डको संयुक्त आयोजनामा आइतबारदेखि पोखरामा संयुक्त सैन्य अभ्यास सुरु गरिएको छ।विपद प्रतिकार्य अभ्यास तथा अनुभव आदानप्रदानका लागि आयोजित ८ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय तालिममा नेपालसहित १३ मुलुकका सैनिक तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत प्रतिनिधिको सहभागिता छ। तालिममा नेपाल, अमेरिका, थाइल्यान्ड, भारत, चीन, मंगोलिया, श्रीलंका, बंगलादेश, क्यानडालगायत देशका सेनाको सहभागिता छ। कार्यक्रममा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, सरोकारवाला संघसंस्थाका प्रतिनिधिसहित २ सय २० सहभागी छन्।



के के हुँदैछ तालिममा 

पोखराका विभिन्न स्थानमा हुने यो अभ्यासमा विदेशी तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पोखरा विमानस्थल, नेपाल रेडक्रसलगायत मानवीय उद्धार कार्यमा संलग्न संस्था सहभागी हुनेछन्। तालिमको यो पाँचौं संस्करण हो। यसअघि सन् २०११, २०१३, २०१५ र २०१८ मा पनि तालिम भइसकेको छ।

तालिमको पहिलो र दोस्रो दिन विज्ञले कार्यपत्र प्रस्तुत गर्ने अनि  तेस्रो र चौथो दिन सहभागीलाई १० समूहमा विभाजन गरी सामूहिक छलफलमा सहभागी गराइन्छ। पाँचौं दिन पोखराका पर्यटकीय स्थलको अवलोकन, विदेशी र नेपाली सेनाबीच फेवातालमा डुंगा दौड प्रतियोगितालगायत गतिविधि छन्। छैटौं र सातौं दिन विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास हुनेछ।

तालिममा पोखरा नजिकै भूकम्प आएर १९ हजारको मृत्यु भएको र १ लाख ६४ हजार घरमा क्षति पुगेको काल्पनिक घटना सिर्जना गरी खोज, उद्धार र राहत कार्यक्रमबारे व्यावहारिक अभ्यास हुने जनाइएको छ। बाढीले बगाएको हेलिकप्टर र जमिनबाट उद्धार, सडक र हवाई दुर्घटनामा परेकाको उद्धार, गाडी र हेलिकप्टरबाट राहत सामग्री वितरण, सेती खोँचमा डोरीबाट उद्धार, आगलागीबाट उद्धारलगायत अभ्यास तालिमका क्रममा हुनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।