शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मोदी नै प्रधानमन्‍त्री बन्‍ने आकलन, यस्तो छ एक्जिट पोलको नतिजा 

मोदी नै प्रधानमन्‍त्री बन्‍ने आकलन, यस्तो छ एक्जिट पोलको नतिजा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नयाँदिल्ली- भारतमा सम्पन्न लोकसभा निर्वाचनपछि आइरहेका एक्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणका नतिजामा नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने देखिएको छ। 

मोदीको निर्वाचन क्षेत्र रहेको वाराणसी लगायत क्षेत्रमा आइतवार अन्तिम चरणको मतदान सम्पन्न भएको हो। एक महिनाभन्दा बढी समय लगाएर भारतका दश लाख मतदान केन्द्रमार्फत् मतदान भएका थिए। निर्वाचनको परिणाम मे २३ तारिखका दिन अर्थात् आगामी बिहीवार घोषणा हुने बताइएको छ।

एक्जिट पोलमा के देखियो ?

यस चुनावमा मोदीको दल भारतीय जनता पार्टीले नेतृत्व गरेको न्याश्नल डेमोक्र्याटिक एलाइन्स (एनडिए) र राहुल गान्धीको दल भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसीभ एलाइन्स (युपीए) बीच मुख्य प्रतिस्पर्धा भएको थियो।

विभिन्न चार एक्जिट पोलमा एनडिए गठबन्धनले २८० देखि ३१५ बीचमा सीटहरू जित्ने अनुमान गरिएको छ। जुन युपीएभन्दा निकै बढी छ। रिपब्लिक/सी भोटरको एक्जिट पोलका अनुसार एनडिएको २८७ सीट र युपीएको १२८ सीट र अन्यले १२७ सीट ल्याउन सक्ने देखिएको छ।

जबकी टाइम्स नाओ/बीएमआरका अनुसार एनडिएको ३०६ सीट र युपीएको १३२ सीट र अन्यको १०४ सीट पुग्न सक्ने देखाएको छ। रिपब्लिक÷जनका अनुसार एनडिए– ३०५, युपीए– १२४ र अन्यले ११३ ल्याउने देखिएको छ।

न्युज नेशनका अनुसार एनडिए– २८२ देखि २९० बीचमा, युपीए ११८ देखि १२६ सम्म र अन्यले १३० देखि १३८ सम्म सीट जित्ने ठानिएको छ। भारतको लोकसभामा सरकार बनाउनका न्यूनतम २७२ सांसद आफ्नो पक्षमा पार्न सक्नुपर्छ।  तर विगतमा एक्जिट पोलका नतिजाहरू नमिलेका घटनाहरू रहेको भन्दै विश्लेषकहरूले सचेत गराएका छन्।

यस निर्वाचनमार्फत् भारतीय मतदाताहरूले हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीले थप पाँच वर्ष शासन गर्न पाउने वा नपाउनेबारे निर्णय दिनेछन्। धेरैले यसलाई मोदीको जनमतसङ्ग्रहका रूपमा हेरेका छन्। बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।