शुक्रबार, वैशाख १४, २०८१

बुद्धकालीनस्थल ओझेलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – बुद्धसँगसम्बन्धीत पश्चिम नवलपरासीमा रहेका विभिन्न स्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्। पश्चिम नवलपरासीको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र सरावल गाउँपालिका क्षेत्रमा बुद्धकालीन स्थल रहेका छन्।

आज २५६३ औँ बुद्ध जयन्तीको अवसरमा सो क्षेत्रका स्थानीय तह र विभिन्न सङ्घ संस्थाले आआफ्नो हिसाबले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। पश्चिम नवलपरासीमा सबैभन्दा महत्वपूर्ण स्थल गौतमबुद्धको अष्तुधातु रहेको रामग्राम नगरपालिका–७ उजैनीमा रामग्राम स्तुप रहेको छ। यसैगरी रामग्राम नगरपालिका–१८ बन्जरियामा  गौतमबुद्धको मावलीस्थल पण्डितपुर रहेको छ। रामग्राम र पण्डितपुर दुवै स्थानमा कार्यक्रम आयोजना गरिएको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ता बताउछन्। 

यसैगरी सुनवल नगरपालिका–७ तरगौलीमा बौद्धकालीन ताल रहेको छ। बर्दघाट नगरपालिकाको जहदामा पनि बुद्धकालीन ताल छ। त्यसैगरी  सरावल गाउँपालिका–२ जावामा विश्वकै लोपोन्मुख दाबी गरिएको बौद्धकालीन कोलवृक्ष (रूख) रहेको छ। सो स्थलमा समेत बुद्धको मूर्ति स्थापनालगायतका कार्यक्रम आयोजना गरिएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए।  

उजैनी बुद्धको अस्तुधातु रहेको विश्वकै एक मात्र स्थल मानिन्छ। यस स्थलमा वर्षौंअघि उत्खननको क्रममा विभिन्न बुद्धकालीन सामग्री फेला परेको थियो। पण्डितपुर गाउँमा गौतमबुद्धको मावलीस्थल रहेको मानिन्छ। यस ठाउँमा बुद्धकालीन इँटा, माटाका भाँडाकुँडालगायत विभिन्न भग्नावशेष भेटिएका छन्। रामग्राम र पण्डितपुर दुवै स्थलमा प्रदेश सरकारले विशेष महत्व दिएर विभिन्न कार्यक्रम आयोजना गर्नुपर्ने रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्याय बताउछन्। 

यस्तै गौतमबुद्ध मावलीस्थल पण्डितपुर मावलीमा आउँदा तरगौलीमा रहेको  तालमा स्नान गर्ने गरेको मान्यता छ। तालसँगै एउटा पुरानो बौद्धकालीन मन्दिरसमेत रहेको छ।  
    
यसैगरी जावामा विश्वकै लोपोन्मुख दाबी गरिएको बौद्धकालीन कोलवृक्ष (रूख) रहेको छ। विश्वकै लोपोन्मुख यो प्रजातिको रूख यसै क्षेत्रमा सुरक्षित छ। यो वृक्ष बुद्धकालीन युगमा जडीबुटीका रूपमा प्रयोगमा ल्याइएको भन्ने कुरा बौद्धचर्या भन्ने पुस्तकमा उल्लेख गरिएको छ।  कोलवृक्ष भएकै कारणले पनि ऐतिहासिक जावा कोटही मन्दिर गौतमबुद्धसँग सम्बन्धित रहेको क्षेत्र मानिन्छ।  पश्चिम नवलपरासीमा रहेको रामग्राम स्तुप, पण्डितपुर, ताल र बौद्धकालीन कोलवृक्ष क्षेत्र लगायतको संरक्षण र प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई भित्रयाएर आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने सरोकारावालाहरुको भनाइ छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।