शनिबार, वैशाख १५, २०८१

उपमेयरकै सामु वडा अध्यक्षले व्यापारी कुटे (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरकै सामु एकजना वडाअध्यक्षले व्यापारीलाई कुट पिट गरेका छन्। उपमहानगरपालिकाकी उपमेयर रीता मिश्रकै सामु वडा नम्बर ७ का वडाअध्यक्ष जानकी राम साहले एकजना व्यवसायीलाई हातपात गरेको व्यवसायीहरुले आरोप लगाएका छन्।

उपमेयर मिश्रकै सामुन्ने वडाअध्यक्ष साहले जनक चोक र शिव चोकको बीचमा रहेको ग्रीन टेलरका सञ्चालक मो.असलमलाई हातपात गरेको स्थानीय व्यवसायीले बताएका छन्। फोहोरको विषयमा विवाद हुँदा वडाअध्यक्ष साहले हातपात गरेको बताइएको छ।

पसल अगाडी फोहोर किन गरेको भन्दै उपमेयर मिश्रले ग्रीन टेलरका सञ्चालक असलमलाई प्रश्न गरेकी थिइन्। असलमले ‘पसलको फोहोर मैले झोलामा जम्मा गरेको भन्दै सफाई कर्मचारीहरु हड्तलामा गएकोले सडकमा फोहोर थुप्रेको’ जबाफ फर्काएका थिए। यसै विषयमा विवाद हुँदा उपमेयरसँगै रहेका वडाअध्यक्ष साहले आफूमाथि हातपात गरेको ग्रीन टेलरका सञ्चालक असलमले बताएका छन्।

टेलर सञ्चालक असलममाथि कुटपिट भएको विरोधमा स्थानीय व्यवसायीहरुले उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्। व्यवसायीलाई हातपात गर्ने वडाअध्यक्ष र उपमेयरले माफी माग्नुपर्ने भन्दै उनीहरुले उपमहानगरपालिका कार्यालय परिसरभित्र नाराबाजी गरेका थिए।

तर, उपमेयर मिश्र बाहिर निस्केपछि आक्रोशित व्यवसायीहरु जबरजस्ती उनको कार्यकक्षतर्फ प्रवेश गर्न खोजेपछि त्यहाँ रहेका सफाई कर्मचारी, वडा सदस्य, कर्मचारी, सुरक्षार्थ खटेका प्रहरीलगायतका व्यक्तिहरु आफूहरुलाई उल्टै लखेटेको व्यवसायीहरुले बताएका छन्। वडा सदस्य तथा केहि कर्मचारीले कुटपिट गरेपछि एक व्यवसायी घाइते भएको र उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको व्यवसायीहरुले बताएका छन्।

यता उपमेयर मिश्रले वडाअध्यक्ष साहले व्यवसायीलाई कुटपिट नगरी हातले धकेलेको मात्र दाबी गरेकी छिन्। ‘आन्दोलनरत सफाई कर्मचारीहरुको हड्ताल तोड्न लगाएर हामी फोहोरको उचित व्यवस्थापन गर्न पसल पसलमा भन्न निस्केका थियौं,’ उपमेयर मिश्रले भनिन्, ‘ग्रीन टेलर पुगेपछि उहाँ आक्रोशमा आएर कुरा गर्नु भयो। मसँगै रहेका वडाअध्यक्षले उहाँलाई सामान्य धक्कामात्र दिनु भएको थियो। कुटपिट चाँही गर्नुभएको होइन।’ राम्रो काम गर्न खोजेपनि उल्टो भएको उनको भनाई थियो।

जनप्रतिनितिले कुटपिट गरेको विरोधमा उपमहानगरपालिका वरिपरिका पसलहरु व्यवसायीहरुले केहिबेर बन्दसमेत गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।