शुक्रबार, वैशाख १४, २०८१

कैलालीको बौनियाँमा बिद्युतिय सामानको गोदाममा आगलागी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी – कैलालीको बर्दगोरीया गाउँपालिका वडा– १ बौनियाँ बजारको एक बिद्युतीय सामान रहेको गोदाममा आगो लागेको छ। स्थानीय प्रकाश साउँदको बिद्युतिय सामान रहेको गोदाममा आगो लागेको इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक धुर्ब बिष्टले जानकारी दिए। 

शुक्रबार दिउँसो २ बजे तिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्। झण्डै १० वटा सटर रहेको पंखा, फ्रिज, कुलरलगायतका बिद्युतिय सामान रहेको गोदाममा एक्कासी आगो लागेको खबर पछि इलाका प्रहरी कार्यालय सुख्खड, लम्कीलगायत आसपास क्षेत्रबाट ठुलो संख्यामा प्रहरीसहित स्थानीय आगो निभाउन खटिरहेको प्रहरी निरिक्षक बिष्टले बताए। 

आगो धेरै फैलिसकेकाले अझै नियन्त्रण गर्न केही समय लाग्ने बिष्टले जानकारी दिए। दमकलसहित ठुलो संख्यामा प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगो नियन्त्रणमा आइनसकेकाले कसरी आगो लाग्यो र के कति क्षती भयो भन्ने अहिले भन्न नसकिने प्रहरी निरीक्षक बिष्टले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।