शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • हच्कियो प्रदेश २ सरकार : सञ्चार विधेयक संशोधन गर्न तयार

हच्कियो प्रदेश २ सरकार : सञ्चार विधेयक संशोधन गर्न तयार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रदेशसभामा पेश भएको एक दिन नबित्दै प्रदेश २ सरकार सञ्चार विधेयक संशोधन गर्न तयार भएको छ । विधेयकमा उल्लेख गरिएका प्रावधानप्रति सञ्चारकर्मीहरुको चौतर्फी विरोधपछि प्रदेश सरकार विधेयक संशोधन गर्न तयार भएको हो ।

प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले विहिबार प्रदेशसभामा प्रदेश सञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक प्रस्तुत गरेका थिए । विधेयकमा गल्ती गरे पत्रकारलाई १ लाखदेखि १ करोडसम्म जरिवानाका साथै अन्य केही शब्दालीप्रति विरोध भएपछि सरकारले विधेयक संशोधन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै ‘सञ्चारकर्मीले सम्प्रभुताविरुद्ध समाचार लेखे ५० लाखदेखि १ करोडसम्म जरिवाना गरिने वाक्यांश आ अन्य केही शब्दाबली प्राविधि त्रुटिवश पर्न गएकोले यसलाई सञ्चारकमीहरुको थप परामर्शबाट संशोधन र परिमार्जन गरिने’ प्रतिवद्धता व्यक्त गरेका छन् ।

विधेयक संसदमा दर्ता गराउने प्रक्रियासम्म विभित्र पक्ष र सरोकारबलाहरुको समेत धारणा, दृष्टिकोण र बुझाइलाई समेटिएको विज्ञप्तिमा भनिएको छ । प्रदेशसभामा विचाराधीन सञ्चारसम्बन्धी विधेयकका केही प्रावधानप्रति सञ्चारकमीहरुले व्यक्त गरेका असहमति र अस्वीकारोक्तिप्रति सरकारको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

साथै प्रेस स्वतन्त्रताको बहुआयामिक पक्षमाथि आघात पु¥याउने र सञ्चारकर्मीको जनउत्तरदायी कार्य निषेध गर्ने कुनै प्रयत्न र नियत प्रदेश सरकारको नरहेको कानूनमन्त्री यादवले विज्ञप्तिमार्फत प्रष्ट पारेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।