शुक्रबार, वैशाख १४, २०८१

‘मापसे’ पछि प्रहरीले सुरु गर्‍यो ‘लापसे’ जाँच

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई कारबाही गर्न प्रहरीले केहि वर्षअघि ‘मापसे’ जाँच सुरु गर्‍यो। मापसे जाँचका क्रममा सयौं कारबाहीमा परे लाखौं रुपैयाँ जरिवाना गरेर असुल भयो। मापसे जाँचमा परेकाहरु विस्तारै सचेत भए र पछिल्लो पटक त्यो संख्यामा कमी आएको छ।

अब प्रहरीले मापसे जस्तै आर्को अभियानको थालनी गरेको छ। र, त्यो हो लापसे। अर्थात लागुपदार्थ सेवन जाँच। प्रदेश २ प्रहरीले मापसेका साथै लागुपदार्थ सेवन गरी सवारी चलाए नचलाएको जाँच गर्न थालेको छ।

मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यस्तो अभियान सुरु गरिएको प्रदेश २ का ट्राफिक प्रमुख एसपी योगबहादुर पालले बताए।

मापसे जाँच गर्न प्रहरीले ‘ब्रेथलाइजर’ प्रयोग गरेपनि ‘लापसे’ जाँच गर्न पिसाब परीक्षण गर्ने गरेको छ। अभियानतहत प्रहरीले बारा र सप्तरीमा केही सवारी चालकलाई लागुपदार्थ सेवन गरे–नगरेको जाँच गरेको छ। प्रहरीले बारामा ५३ र सप्तरीमा १० जना सवारी चालकको पिसाब परीक्षण गरेको छ। जसमध्ये दुई जनाले लागुऔषध गाँजा प्रयोग गरेर सवारी चलाएको फेला परेको प्रहरी उपरीक्षक पालले बताए। लागु पदार्थ सेवन गरेर सवारी चलाइरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई जरिवाना गरेर प्रहरीले छोडेको थियो।

नार्कोनन नाम गरेको एक संस्थाले प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयालाई उपलब्ध गराएको ‘ड्रग यूरिन टेस्ट किट’ को सहयोगले लापसे जाँच गरिएको छ। जाँचको क्रममा सवारी चालकलाई एउटा डब्बा दिँदै त्यसमा पिसाब भरेर ल्याउन भनिन्छ। ल्याइएको पिसाब किटमा राखेपछि लागुऔषध प्रयोग गरे–नगरेको थाहा हुन्छ। पालले नेपाल समयसँग  भने,‘सवारी चालकले डब्बामा ल्याएको पिसाबमा हामी किट राख्छौं, लागुऔषध सेवन गरेको छ भने पिसाबको रंग परिवर्तन हुन्छ।’

तत्काल कम संख्यामा किट रहेकोले १ हजार ६६ किट उपलब्ध गराउन माथिल्लो निकायसँग आग्रह गरिएको उनले जानकारी दिए। थप किट उपलब्ध भएलगत्तै प्रदेश २ को आठै जिल्लामा यो अभियान सुरु गरिने उनले बताए। एसपी पालले दुर्घटना न्यूनीकरण गर्न विगत दुई महिनादेखि लापसे जाँच अभियान सुरु गरिएको जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।