शुक्रबार, वैशाख १४, २०८१

लुम्बिनी प्रदेश सभा अबरुद्ध गर्ने एमाले सांसदहरूको चेतावनी

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिएको छ।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिएको छ। एमालेले कारबाही गरेका दुई जना सांसद अजय शाही र बिमला वलीलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै आएको छ। तर, सभामुख पूर्ण बहादुर घर्तिले सासद् शाही स्वतन्त्र भएको र वलीले नेकपा माओवादी रोजेको भन्दै पदमुक्त गर्न नसकिने बताएका  छन्।

triton college

त्यसपछि एमाले सांसदहरू र सभामुखबीचको विवाद बढ्दै गएको छ। लुम्बिनी सरकारको सोमबार दिउसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यसूची छ। 

तर, एमाले संसदीय दलले भने आफ्नो माग पूरा नभएसम्म संसद् अबरुद्ध गर्ने सभामुखलाई जानकारी गराएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले शाही र वलीलाई पदमुक्त गरेको सूचना सभामुखले नपढे संसद अवरुद्ध गराउने जानकारी दिएका हुन्।

प्रतिपक्षी दल मालेले निरन्तर अवरोध गरेपछि मंगलबार र बुधबार संसद् बैठक स्थगित भएको  थियो।

प्रकाशित: Aug 23, 2021| 11:48 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...