शुक्रबार, वैशाख १४, २०८१

भियतनाममा के गर्दैछन् प्रधानमन्त्री ओली ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- साता व्यपापी लामो विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपीशर्मा ओली भियतनाममा उच्चस्तरिय भेटवार्तामा व्यस्त भएका छन् । गत बिहीबार भियतनाम गएका प्रधानमन्त्री ओलीले उच्चस्तरीय सरकारी अधिकारी र नेताहरुसंग भेटवार्ता गरेका छन् । 

उनले शनिबार (हिजो) भियतनामका प्रधानमन्त्री न्युगेन सुआन फुक्च, राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागलगायतका उच्च अधिकारीहरुसँग भेट गरेका छन् । प्रधानमन्त्री फुक्चसँगको भेटवार्तापछि शनिबार नै विभिन्न विषयमा १६ बुँदे सम्झौता भएको छ । 

यस्तै प्रधानमन्त्री ओली भियतनामी प्रधानमन्त्री फुकले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् । उनीसँगै प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद र उच्चपदस्थ सरकारी कर्मचारी पनि सहभागी भएका थिए । 

प्रम ओली र  भियतनामी राष्ट्रियसभाका अध्यक्षबीच भेट

प्रधानमन्त्री ओली र भियतनामको राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागनबीच शनिबार नै संसद् भवनमा भेटवार्ता भएको छ । उनीहरुबीच समसामयीक राजनीतिक, सामाजिक, आर्थिक र दुवै देशको संसदीय मामिला विषयमा छलफल भएको थियो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष नागानलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनी भ्रमणको निम्तो दिएका थिए । 

प्रधानमन्त्री ओली आज (आइतबार) पनि भियतनाममै विभिन्न भेटवार्ता र अवलोकनमा व्यस्त हुने भएका छन् । उनी भोली (सोमबार) कम्बोडिया प्रस्थान गर्दैछन् । ओली जेठ १ गते बुधबार स्वदेश फर्किने कार्यक्रम छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।