शुक्रबार, वैशाख १४, २०८१

धराशायी बन्दै जानकी मेडिकल कलेज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – जनकपुरको एकमात्र जानकी मेडिकल कलेज धराशायी बन्दै गएको छ। व्यवस्थापकीय कमजोरी र सेवा विस्तारतर्फ ध्यान नदिँदा जानकी मेडिकल कलेज पटकपटक विवादमा आउने गरेको छ।

कहिले कार्यरतक चिकित्सक तथा कर्मचारी त कहिले अध्ययनरत विद्यार्थी कलेज व्यवस्थापनविरुद्ध आन्दोलन गर्नु समान्य झैँ भइसकेको छ, जानकी मेडिकल कलेजको लागि।

जनकपुरभन्दा केही किलोमिटर उत्तरतर्फ रमदैया भवाडीमा सञ्चालन हुँदै आएको जानकी मेडिकल कलेजले जनकपुरधाम–९ स्थित ब्रम्हपुरीमा सिटी अस्पतालपनि सञ्चालन गरेको छ। शिक्षण अस्पताल भएकोले त्यहाँ बिरामीहरुको चाप हुनुपर्ने हो। तर, जानकी मेडिकल कलेजभन्दा जनकपुरको निजी क्लिनिक र नर्सिङ होमहरु बिरामीले खचाखच भरिएका हुन्छन्।

शिक्षण अस्पतालका लागि चाहिने आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारहरु रहेपनि व्यवस्थापकीय कमजोरीका कारण उभो लाग्न नसकेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन्। पटकपटक व्यवस्थापक फेरिने, सेवा सुविधा विस्तार नहुनु, काम गरेवापतको पारिश्रमिक कर्मचारीरुले समयमा नपाउनु लगायतका कारण जानकी मेडिकल कलेज धाराशायी बत्र पुगेको कर्मचारीहरुको दाबी छ।

बाँकी बक्यौता तलब दिने सहमति गरेपनि व्यवस्थापनले चासो नदेखाएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारीहरु पुनः आन्दोलनमा उत्रेका छन्। बिहीबार एक घन्टा ओपीडी ठप्प पारेका उनीहरुले शुक्रबार दुई घन्टा कामकाज ठप्प पारे। ओपीडी ठप्प पारेर कर्मचारीहरु आन्दोलनमा होमिदा उपचारका लागि पुगेका बिरामीहरु समस्यामा परेका थिए।

कलेज व्यवस्थापनले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन्। कामकाज छोडेर आन्दोलनमा उत्रिनु आफूहरुको रहर नभइ कलेज व्यवस्थापनले बाध्य बनाएको कर्मचारी हकहित संरक्षण समितिका संयोजक उमेश यादव बताउँछन्।

बाँकी बक्यौता तलब दिन व्यवस्थापन पक्षले १० महिनाअघि सम्झौता गरेपनि कार्यान्वयन गर्न चासो नदेखाएपछि कामकाज ठप्प पारेको यादवको भनाइ छ। यसअघि पनि तलब भुक्तानी गर्न माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रेपछि व्यवस्थापन पक्षले यथाशीघ्र उपलब्ध गराउने भनेपछि कर्मचारीहरु काममा फर्केका थिए। तर कलेजका प्रमुख ओमप्रकाश पाण्डेले आफूहरुसँग सहमति गरेपनि कार्यान्वयन नगरेको अध्यक्ष यादवले बताए।

‘हामीले हाम्रो बाँकी बक्यौताको हरहिसाब गरी पारदर्शी गर्न भनेका छौँ। हामीले हरेक महिना तलब भुक्तानीलाई नियमित गर्न भनेका छौं,’ संघर्ष समितिका संयोजक यादव भन्दछन्, ‘व्यवस्थापन पक्षले हाम्रो कुरामा सहमति जनाएको छ। तर कार्यान्वयन गर्न चाहेको छैन्।’ आफूहरुसँग विगतमा सहमति कार्यान्वयन गर्न पटकपटक ध्यानाकर्षण गराएपनि व्यवस्थापनले नसुन्दा बाध्य भएर पुनः आन्दोलनमा उत्रिनु परेको यादवले बताए।

जानकी मेडिकल कलेजमा चिकित्सकसहित चार सय कर्मचारी कार्यरत छन्। कलेज व्यवस्थापनले चिकित्सक तथा कर्मचारीहरुलाई झण्डै आठ करोड बाँकी बक्यौता तिर्न बाँकी रहेको संयोजक यादवको भनाइ छ।

तीन सयदेखि चार सय विद्यार्थी अध्ययनरत कलेजको आम्दानी राम्रै रहेपनि व्यवस्थापकीय कमजोरीका कारण धाराशायी अवस्थामा पुगेको उनले बताए। संयोजक यादवका अनुसार रमदैया भवाडीस्थित शिक्षण अस्पतालमा दैनिक सयदेखि डेढ सय र जनकपुरस्थित सिटी अस्पतालमा ४० देखि ५० जना बिरामी उपचारको लागि पुग्ने गरेका छन्। तर सेवा सुविधा विस्तार गरी कार्यरत कर्मचारी र चिकित्सकहरुलाई व्यवस्थापन पक्षले विश्वासमा लिनसके जनकपुरको पहिलो र एकमात्र शिक्षण अस्पताल उभो लाग्ने निश्चित रहेको त्यहाँ कार्यरत कर्मचारीहरुको विश्वास छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।