शुक्रबार, वैशाख १४, २०८१

'कलमको शिरमाथि पञ्चायती तरबार'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई कलमको शिरमाथि पञ्चायती तरबार भएको बताएका छन्। 

स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै विधेयक सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेपछि सामाजिक सञ्जालमार्फत शनिबार प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले विधेयकलाई  कलमको शिरमाथि पञ्चायती तरबार भएको प्रतिक्रिया दिएका हुन्।

उनले प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा पन्चायती भुत कि शास्त्रीय भड्काव भन्ने प्रश्न गर्दै तरबार सुनको या पित्तलको जे भएपनि गर्धनलाई उत्तिकै चोट पुग्ने बताएका छन्। 

उनले ट्विटरमा भनेका छन्, 'कलमको शिरमाथी माथी पन्चायती तरबार‘ अर्थात मिडिया काउन्सिल सम्बन्धि विधेयक ! @PM_Nepal सिंहदरबारमा पन्चायती भुत कि शास्त्रीय भड्काव ? तरबार सुनको होस् या पित्तलको गर्धनलाई चोट उस्तै हुन्छ कमरेड !!'

सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटोले मिडिया नियमनका लागि संघीय संसदमा दर्ता गरेको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को विरोध गर्दै महासंघले विभित्र संघर्षका कार्यक्रमहरु घोषणासमेत गरेको छ।

कलमको शिरमाथी माथी पन्चायती तरबार…
अर्थात मिडिया काउन्सिल सम्बन्धि विधेयक !
@PM_Nepal सिंहदरबारमा पन्चायती भुत कि शास्त्रीय भड्काव ?

तरबार सुनको होस् या पित्तलको गर्धनलाई चोट उस्तै हुन्छ कमरेड !!

— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 11, 2019
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।