शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज वैशाख २७ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

अस्पतालमै बच्चा छोड्ने पूर्वसांसद दम्पती अस्पताल भर्ना

बच्चालाई बेवारिसे अवस्थामा छाडेको आरोपमा पक्राउ परेकी पूर्वसांसद गायत्री साह र उनका पति राजेश महतोको स्वास्थ्यमा खराबी आएपछि पाटन अस्पताल भर्ना गरिएको छ। रि‌गटा लाग्ने र बेहोस हुन थालेपछि उनीहरुलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ।

सल्यानमा आगलागीबाट १० घर जले

सल्यानमा आगलागीबाट दश घर जलेका छन्। बिहीबारदेखि इन्द्रेणी सामुदायिक वनमा लागेको आगोले शुक्रबाररातीसम्म दश वटा घरगोठ जलेका हुन्। वनमा लागेको आगो बस्तीमा आउदा छत्रेश्वरी गाउँपालिका वडा नं. ६ रामकाँडा ९ घर र कपुरकोट गाउँपालिको मुलपानीमा एक घर पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

देशभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने

इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिले देशभरको इन्टरनेट र टेलिभिजन सेवा बन्द हुने जनाएको छ। नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने बताउँदै टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले शुक्रबार देशभरका इन्टरनेट तथा केबल टेलिभिजनका तारहरु काट्‍ने बताएको हो ।

ठक्कर दिने भारतीय ट्रकमाथि आगजनी

अत्तरिया ६ लेख सडकमा पर्ने धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिदा स्कुटरमा सवार एक जनाको मृत्यु भएपछि ट्रकमाथि तोडफोड र आगजनी गरिएको छ। ठक्कर दिने भारतीय नम्वरको युपी ३१ टि ४८१७ नम्वरको ट्रक तोडफोड र आगजनी गरिएको हो। आक्रोसीत स्थानीयले सडक अवरुद्धको पनि प्रयास गरेका छन्।

विधेयकविरुद्ध पत्रकार महासंघ आन्दोलित

स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने गरी सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै विधेयक सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ।

रेशम चौधरीलाई रिहा गराउन आन्दोलनको घोषणा

टीकापुर घटनामा आजीवन कारावासको सजाय भोगीरहेका रेशम चौधरीसहित ११ जनाको रिहा गराउन आन्दोलनको घोषणा भएको छ। सप्तरीको कञ्चनरुप नगरपालिकाको बलुवामा आयोजित ‘थारु राष्ट्रिय भेला–२०७६’ ले रेशमसहित टीकापुर घटनामा कारावासमा रहेको अन्य ११ जनालाई रिहा गराउन आन्दोलनको घोषणा गरेको हो।

ट्याक्टर पल्टिदा एकको मृत्यु

बाजुराको मार्तडीबाट कोल्टि जाँदै गरेको लु ४ त ७८१ नं को ट्याक्टर दुर्घटना भयको छ। ट्याक्टर बुढिनन्दा नगरपालिका ५ दान सागुमा दुर्घटना भएको हो। दुर्घटनामा परि चालकसहित दुई जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका ७ बस्ने २१ वर्षीय डपेन्द्र खड्का रहेका छन्। 

'मेलम्ची योजनामा अब सरकारले नै हस्तक्षेप गर्छ'

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको पानी संसारभर बेच्नु अघि देशभित्रैको पानीको समस्या समाधान गर्नुपर्ने बताएका छन्। दाहालले उपत्यकासहित देशभरको खानेपानीको समस्या समाधानका लागि सरकार लागिरहेको दाबी गर्दै मेलम्ची खानेपानी योजनालाई अब नेतृत्वले नै हस्तक्षेप गर्ने बताए।

एक क्विन्टल गाँजासहित दुई पक्राउ

प्रहरीले सर्लाहीबाट ठुलो परिमाणमा लागुऔषध गाँजासहित दुईजनलाई पक्राउ गरेको छ। प्रहरीले सर्लाहीको लालबन्दीबाट उनीहरुलाई पक्राउ गरेको हो।

विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई आज काठमाडौँको अनामनगरबाट पक्राउ गरेको छ। 

तराईमा उखरमाउलो गर्मीसँगै ‘लु’, जनजीवन प्रभावित

नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा (लु) चलेको छ। ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ। मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ। गर्मी याम सुरु भएयता पानी नपरेपछि  चर्को घामका साथै  ‘लु’ चल्न थालेको हो।

जानकी नवमीका लागि सजियो जानकी मन्दिर

पौराणिक कालमा नन्दनी जानकीको जन्म भएको दिनको स्मरणमा मनाइने जानकी नवमी आउन अझै दुई दिन बाँकी छ। वैशाख शुक्ल नवमी अर्थात ३० वैशाखको दिन यस वर्ष जानकी नवमी मनाईंदै छ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत

राष्ट्रियसभा आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन्। 

निर्दयी आमाबुबा, जसले आफ्नै सानी छोरीको गरे हत्या

व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन्। बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महिने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन्। घर नजिकै रहेको लुठ्ठा (खर) मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उनकी पत्नी शीलालाई पक्राउ गरेको छ। 
 

ओलीको असंसदीय शब्द हटाउन सभामुखको निर्देशन

गत मंगलबार नीति तथा कार्यक्रममाथिको छलफलको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरेका असंसदीय शब्द संसदको रेकर्डबाट हटाइने भएको छ। 

सागको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ ।

विकासको मोडल : जताजता ठूला रुख उतै उतै सडक

अधिकार र बजेट दुबै आफ्नो हातमा परेपछि फुर्किएका स्थानीयतहका केही जनप्रतिनिधिहरुले विकासका नाममा विनास निम्त्याउने काम गर्न थालेका छन् । यस्तै भएको छ डोटीको बडीकेदार गाउँपालिकामा । 

आन्दोलन चर्किएपछि बौद्ध सडक कालोपत्र गर्न ठेकेदार सहमत

लामो समयदेखि अलपत्र चावहिल-साँखु सडकखण्डअन्तर्गत टुसाल-जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ ।

'स्टिङ अपरेशन' गर्न दिएको घुस रकम हराएपछि...

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मार्‍यो । सो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ गर्‍यो ।

कांग्रेसकाे जागरण : कुटाकुटदेखि नियमको खिल्ली उडाउनेसम्म   

नेपाली कांग्रेसको जागरण अभियानको पहिलो दिनमै सिन्धुपाल्चोकमा दुई समुह बिच कुटाकुट भयो । जिल्ला सभापती विकास लामा कार्यक्रममा बोल्ने क्रममा पुर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत समुहले होहल्ला गरेपछि दुईपक्ष बिच कुटाकुट भएको हो ।

मुलुकभर १६७० स्थानमा डढेलो, ६४ प्रतिशत जानीजानी  

पछिल्लो २४ घण्टाको विवरण हेर्दा मुलुकभरका वनजङ्गलमध्ये एक हजार ६७० स्थानमा डढेलो लागेको देखिएको छ ।

रत्ननगरमा प्रहरी हिरासतभित्रै युवक झुण्डिएपछि ...

इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ ।

स्थानीय तहले कर्मचारी भर्ना गरे स्वत बदर 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई स्थायी कर्मचारी भर्ना नगर्न निर्देशन दिएको छ । 

एकैपटक साढे ११ हजार पदमा विज्ञापन गर्दै लोकसेवा

लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमध्ये ११ हजार ४९२ पदमा विज्ञापन गर्ने निश्चित भएको छ।

अनुष्का बनिन् मिस नेपाल २०१९

२४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्का श्रेष्ठले यो बर्षको मिस नेपाल वल्र्डको उपाधि जितेकी छिन् ।

ब्लु ड्रेसमा खुलेको प्रियंकाको रुप

 प्रियंका चोपडा आफ्नो फरक पहिरनका कारण बेला–बेला चर्चामा आउने गरेकी छिइन्। प्रियंका बलिउडमा मात्र नभएर हलिउडमासमेत आफ्नो फरक पहिचान बनाउन सफल छिन्। उनका क्रियाकलापको चर्चा बलिउडमा मात्र नभएर हलिउडमासमेत हुन्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।