शनिबार, वैशाख १५, २०८१

संघीयता मास्‍न खोज्दै छ कम्युनिस्ट सरकार : निधि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले संघीयता नचाहेको ठोकुवा गरेका छन्। बुधबार देखि सुरु भएको राष्ट्रिय जागरण अभियानको कैलालीको लम्कीमा उद्घाटन गर्दै निधिले कम्युनिष्टहरु संघीयतावादी हुनै नसक्ने बताए। 

आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममासमेत संघीयताको बारे ठोस नीति कार्यक्रम ल्याउन नसकेको भन्दै  निधिले बर्तमान सरकार संघीयता नचाहिरहेको आरोप लगाए। बर्तमान सरकार काण्डै काण्डको सरकार भएको बताउँदै कांग्रेस नेता निधिले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोपसमेत लगाए। 

उपसभापति निधिले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस’ भन्ने मुल नाराका साथ सुरु भएको राष्ट्रिय जागरण अभियानले पार्टीको संगठनलाई सुदृढीकरण गर्ने बताए। कम्युनिष्ट सरकार विश्वका विभिन्न मुलुकमा कतै सफल भएको इतिहास नभएको बताउँदै नेता निधिले नेपालमा समेत असफल भैसकेको दाबी गरे।

कार्यक्रममा नेपाली कांग्रेस प्रशिक्षण बिभागका सदस्य तथा महिला नेत्री आरजु राणा देउवाले जनताको पक्षमा काम गर्ने पार्टी नेपाली कांग्रेस मात्र भएको बताइन्। यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कैलालीको अभियानका लागि केन्द्रीय प्रतिनिधि श्याम घिमिरेले राष्ट्रिय जागरण अभियानको क्रममा आफु एक महिनासम्म कैलालीमा रहने बताउँदै अभियानमा सबैले साथ दिन आग्रह गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।