शुक्रबार, वैशाख १४, २०८१

सोमबार ललितपुरमा सार्वजनिक विदा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
ललितपुर - ललितपुर महानगरपालिकाले आउँदो सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
 
वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सव मनाउन उक्त दिन बिदा दिने निर्णय गरिएको महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विद्यावारिधि प्राप्त जोशी सोमबार अर्थात वैशाख ३० गते ९९ वर्ष पुरा गरि एक सय वर्षमा प्रवेश गर्दैछन्। यस अवसरमा महानगरपालिका, यस अन्तर्गतका सबै वडा कार्यालयहरु, महानगरभित्रका शैक्षिक संघसंस्था (कक्षा १२ सम्म) लगायतका संघसंस्थालाई बिदा दिने जनाइएको छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई कला, साहित्य र संस्कृति मार्फत चिनाउन महत्वपूर्ण भूमिका खेलेका जोशीको महानगरले वैशाख ३० बाट विभिन्न कार्यक्रम आयोजना गरी एक वर्षसम्म जन्म शताब्दी महोत्सव मनाउने तयारी गरेको छ।

उक्त दिन सत्यमोहन जोशीको रथारोहणसहितको र्‍याली मंगलबारबाट सुरु हुनेछ। लगनखेल, जावलाखेल हुँदै पुल्चोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा आयोजना हुने विशेष कार्यक्रममा जोशीको सम्मान गरिने जनाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतित्थ्यमा हुने उक्त कार्यक्रममा सहभागि हुन महानगरले नगरवासीलाई अनुरोध गरेको छ। यसैगरी महानगरले जोशीको दैनिक जीवनयापनलाई सहज बनाउन दुई वर्ष अघि मोटर, सवारीचालक, गार्ड र मोबाइल प्रदान गरेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।