बिहीबार, वैशाख २०, २०८१

‘सरकारको नीति तथा कार्यक्रम संघीयता विरोधी’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकमा बेथिति निम्त्याउनुबाहेक अरु केहि गर्न नसक्ने दाबी गरेका छन्। हावादारी र आश्वासनका पुलिन्दाले भरिएको नीति तथा कार्यक्रम संघीयता कमजोर गर्ने उद्देश्यले ल्याइएको उनले आरोपसमेत लगाएका छन्।

नेपाल प्रेस युनियन धनुषाले मंगलबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति निधिले संविधानले व्यवस्था गरेअनुसार प्रदेशलाई अधिकार दिनेगरी कुनै कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समावेश नगरिएको बताए।

‘संविधानको अनुसूचीमा संघीय, प्रदेश र स्थानीय सरकारको काम कर्तव्यबारे स्पष्ट व्यवस्था छ,’ उनले भने, ‘तर नीति तथा कार्यक्रममा प्रदेशलाई अधिकार दिने गरी कुनै कार्यक्रम ल्याइएको छैन्। संघीयताबारे सरकारको धारणा प्रष्ट भएको छ।’

नीति तथा कार्यक्रममार्फत प्रदेशको अधिकार संकुचित गर्न खोज्नु सरकार संविधान र संघीयता दुबै धरापमा पार्न खोजेको प्रष्ट भएको निधिको जिकिर थियो। सरकारको नीति तथा कार्यक्रमले संविधान संशोधनको कुरासमेत नगर्नु दुखद रहेको उनले टिप्पणी गरे। मधेशी जनताको भावना अनुसार संविधान संशोधनका लागि कांग्रेस सँधै तयार रहेको बताउँदै निधिले सरकारले चाहेको बेला यस विषयमा आफूहरु हरेक खाले सहयोग गर्न तयार रहेको बताए।

नीति तथा कार्यक्रममा विकास र योजनाबारे हावादारी कुरामात्र गरिएको बताउँदै निधिले नेपाली कांग्रेस तथा पूर्ववत सरकारले गरेको कामबाहेक अरु केहि आउन नसकेको दाबी गरे। पानी जहाज र रेलवेको कुरा हावादारीमात्र रहेको भन्दै उनले सरकारको नीति तथा कार्यक्रम राजनीतिका साथै विकासको दृष्टिकोणले पनि असफल रहेको बताए।

प्रदेश २ सरकारले नामाकरण र राजधानीको प्रस्तावबारे सुझाव दिन गठन गरेको आयोगप्रति उपसभापति निधिले आपत्ति व्यक्त गरेका छन्। निधिले प्रदेश २ को नामाकरण मिथिला–भोजपुरा राख्नुपर्ने आफ्नो अडान पुनः दोह¥याएका छन्। 

‘प्रदेश सरकारले प्रदेश २ को नाम मिथिला–भोजपुरा राख्नुपर्दछ, राजधानीबारे जनकपुरलाई प्रस्ताव गरिएको यदि सत्य हो भने हामी स्वागत गर्दछौं,’ निधिले भने। प्रदेश २ को नाम मिथिला–भोजपुरा राख्न मैथिली तथा भोजपुरी भाषाभाषीलाई सक्रिय भएर अभियान चलाउन उनले आग्रह गरे।

फोरम र नयाँशक्ति मिलेर बनेको पार्टीका अधिकांश नेताहरु कम्युनिस्ट पृष्ठभूमिको र सत्तापक्षधर रहेको बताउँदै निधिले संविधान संशोधनप्रति उनीहरुको रुचि नदेखिएको जिकिर गरे।

बुधबारदेखि सुरु हुन लागेको पार्टीको जागरण अभियानको पूर्वसंध्यामा जनकपुर पुगेका निधिले जागरण अभियानमा सहभागी हुन नेता, कार्यकर्ता, शुभेच्छुकलगायत सबैलाई आग्रह गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।