शुक्रबार, वैशाख १४, २०८१

गगन संसदमा कड्किए : ‘समृद्ध दमक, सुखी केपी ओली’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान दमकमा मात्रै सिमित भएको बताएका छन्। सोमबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै गगनले भने, ‘अब समृद्ध नेपाल सुखी नेपाली होइन ‘समृद्ध दमक सुखी केपी ओली’ भन्नु पर्ने बेला आएको छ। 

थापाले मुलुकको प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा मात्र योजना पार्न केन्द्रीत हुनु मुलुककै लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरे। थापाले यति साँघुरो सोचले मुलुकको समग्र समृद्धि कसरी सम्भव होला भन्दै प्रश्न गरे? दुई तिहाइको सरकारलाई मुलुक परिवर्तन गर्ने ठुलो अवसर भएपनि सरकारले त्यसलाई आत्मसाथ गर्न नसकेको नेता थापाको आरोप छ। 

थापाले परम्परागत ढंगले नीति तथा कार्यक्रम आएको बताउँदै भने, ‘यो पुरातन ढर्रालाई बदल्ने अवसर दुई तिहाईको स्थिर सरकारले पाएको भएपनि त्यसको सदुपयोग गर्न अहिलेको सरकार सफल भएन। सरकारको नीति तथा कार्यक्रममा समेटिएको आत्मप्रशंसाका ४० बुँदामा कपट, झुठ र भ्रामक तथ्यहरु समेटिएको छ।’

नेता थापाले भने,  ‘संक्रमणकालीन मुद्दाहरु झनै पेचिलो बन्दै गएको बेलामा सरकार भन्छ शान्तिप्रक्रियाका सबै काम टुङ्गिएको छ, यो वर्ष कार्यपालिकाले न्यायपालिकादेखि मानवअधिकार आयोग हुँदै अख्तियारसम्म सबैलाई पेलपाल गर्‍यो। तर दाबी भने शक्ति सन्तुलन र संविधानको परिपालनमा यो वर्ष उत्कृष्ठ रह्यो भन्ने गर्छ सरकार। यो भन्दा ठूलो झुठ र भ्रम के हुन सक्छ?’  

सरकारमै सहभागी दल संविधान संशोधन नभए सरकार छाड्छु भनिरहेको बेलामा सरकार भने संविधानसँग जोडिएका सबै मुद्दाहरु टुंगिएको दाबी गरेको प्रति पनि नेता थापाले टिप्पणी गरेका छन्। 

थापाले मुलुकमा भ्रष्टाचार बढेको, शुसासनको जग नराम्रोसँग हल्लिएको बताउँदै नीति तथा कार्यक्रमले त्यसलाई प्रभावकारी रुपमा सम्बोधन गर्न नसकेको आरोप लगाए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।