शुक्रबार, वैशाख १४, २०८१

यस्तो छ कांग्रेस जागरण अभियान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं  - नेपाली कांग्रेसको जागरण अभियान वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म हुने भएको छ। सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले तीन चरणमा जागरण कार्यक्रम सञ्चालन गर्ने जनाएको हो। 

लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गतेका लागि तय भएको कार्यक्रम कांग्रेस पूर्व कोषाध्यक्ष रामकृष्ण चित्रकारको निधन भएकाले २५ गतेका लागि सरेको हो। अभियान मुलुकभर सञ्चालन हुनेछ। ७७ वटै जिल्लामा सञ्चालन हुने अभियानमा केन्द्रबाट नेताहरु खटिनेछन्। 

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यक्रम प्रभावकारी बनाउन आसनग्रहणदेखि ब्याच वितरणलाई व्यवस्थित बनाइने बताएका छन्। ‘कांग्रेसको कार्यक्रममा अब देखि प्रमुख अतिथि र सभापतिको मात्र आसनग्रहण हुनेछ’, उनले भने, ‘भाषणमा पनि स्वागत मन्तव्य र सभापतिको विसर्जनसहित पाँच जना वक्ता मात्र हुने छन्। त्यसमा पनि एक महिला अनिवार्य हुनेछ।’

कांग्रेसले अबदेखि जनताबाट प्रदान गरिने ठूला मालासहितको सम्मान पनि ग्रहण नगर्ने बरु एक फूलको गुच्छाले स्वागत गर्ने परिपाटीको विकास गर्ने जनाएको छ। पार्टीभित्र खादा लगाएर स्वागत गर्ने प्रचलन हटाउनुपर्ने विषयमा छलफल भए पनि त्यो कुनै समुदायको संस्कृतिसँग जोडिएको विषय भएकाले त्यसलाई भने ग्रहण गरिने प्रवक्ता शर्माले बताए। 

अभियानका लागि कांग्रेसले १२ भाषामा एउटा गीत बनाइएको छ । कांग्रेसले जागरण अभियानलाई प्रभावकारी बनाउन सातै प्रदेशमा प्रशिक्षण कार्यक्रमसमेत गर्ने भएको छ। 

यसैबीच कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पुरानै शैलीको भएको अरोप लगाएको छ। सरकारले विभिन्न प्रलोभन देखाएर मधेश केन्द्रित दललाई सरकारमा ल्याएको र अहिले संविधान संशोधनमा कुनै असहमति नभएको भन्दै पाखा लगाउन खोजेको कांग्रेसको आरोप छ।

नीति तथा कार्यक्रममा सबै जाति र समुदायको भावना समेट्न नसक्नु दुखद् रहेको कांग्रेसको ठहर छ। ‘राष्ट्रपतिले मेरो सरकार भनेको विषय पार्टीका अध्यक्ष पुष्पकमल दाहालाई अध्ययन गर्न दिएको नीति तथा कार्यक्रमको मस्यौदामा नभएको र पछि घुसाइएको खुलासा भएको छ’,  प्रवक्ता शर्माले भने, ‘यो पार्टीभित्र नै छलकपट गरेर ल्याइएको छ। यसले केही उपलब्धिपूर्ण काम गर्न सक्ने आधार छैन।’

‘प्रधानमन्त्रीले मेरो सरकार भन्ने अभ्यास भारतमा पनि रहेको उदाहरण दिनुभएको थियो’ शर्माले भने, ‘प्रधानमन्त्रीज्यू भारतको संविधानको धारा ५३ पढ्नुस् त्यसमा प्रस्ट रुपमा भारतीय प्रधामन्त्रीले मेरो सरकार भन्न पाउने व्यवस्था छ। तर, हाम्रो संविधानको कुन धारामा छ मेरो सरकार भन्न पाउने व्यवस्था?’

जागरण अभियानमा को कहाँ ?

प्रदेश १  ताप्लेजुङमा सरिता प्रसाई, पाँचथरमा लक्ष्मी परियार, इलाममा अमृत अर्याल, संखुवासभामा ता गुरुङ, तेह्रथुममा हसन अन्सारी, धनकुटामा डा। नारायण खडका, भोजपुरमा रामहरी खतिवडा, खोटाङमा उदय शम्शेर राणा, सोलुखुम्बुमा लक्ष्मी राई, ओखलढुंगामा मिनाक्षी झा, उदयपुरमा प्रदिप गिरी, झापामा ज्ञानेन्द्र बहादुर कार्की, मोरङमा कृष्ण सिटौला, सुनसरीमा महेश आचार्यलाई खटाइएको छ।
 
प्रदेश २ अन्तरगत सप्तरीमा आनन्द प्रसाद ढुङगाना, सिराहामा महेन्द्र यादव, धनुुषामा बलबहादुर के।सी, महोत्तरीमा चित्रलेखा यादव, सर्लाहीमा महालक्ष्मी उपाध्याय डिना,रौतहटमा रमेश रिजाल,बारामा, प्रकाशमान सिंह, पर्सामा फरमुल्लाह मन्सुरलाई खटाइएको छ।
 
प्रदेश ३ अन्तरगत दोलखामा रामकृष्ण यादव,रामेछापमा किरण यादव ,सिन्धुलीमा डा। रामशरण महत, काभ्रेमा डा। शेखर कोइराला,सिन्धुपाल्चोकमा अम्बिका बस्नेत, रसुवामा जिवन परियार, नुवाकोटमा मीन विश्वकर्मा, धादिङमा प्रदिप पौडेल,चितवनमा रमेश लेखक, मकवानपुरमा अजुननरसिंह केसी,भक्तपुर डा। मिनेन्द्र रिजाल, काठमाडौमा बालकृष्ण खाँडलाई खटाइएको छ ।
 
गण्डकी प्रदेशअन्तर्गत  गोरखामा ध्यानगोविन्द रन्जित,लमजुङमा कमला पन्त तनहुमा नविन्द्र राज जोशी, कास्की अर्जुन प्रसाद जोशी,मनाङ कृष्ण चन्द्र नेपाली,मुस्ताङमा बलबहादुर सिंह लामा तामाङ्ग ,पर्वतमा चिनकाजी श्रेष्ठ, स्याङजा मा गोबिन्द भट्टराई, म्याग्दी शुक्रराज शर्मा, बाग्लुङमा शंकर भण्डारी, नवलपुरपूर्व नवलपरासीमा दिपक गिरीलाई खटाइएको छ ।
 
प्रदेश ५ मा नवलपरासी पश्चिम राधेचन्द्र यादव , रुपन्देहिमा पुष्पा भुसाल, कपिलवस्तुमा हरिप्रसाल नेपाल, पाल्पामा बालकृष्ण पाण्डे, अर्घाखाँचीमा दिपकुमार उपाध्याय ,गुल्मी अजय कुमार चौरासिया, रुकुम पुर्व रन्त शेरचन, रोल्पामा मानबहादुर विश्वकर्मा, प्युठानमा शिवराज जोशी , दाङमा मोहन बहादुर बस्नेत, बाँकेमा श्याम कुमार घिमिरे, बर्दियामा डा। डिला संग्रौलालाई खटाइएको छ। 

कर्णाली प्रदेश अन्तरगत रुकुम पश्चिममा राजन प्रसाद पन्त, सल्यान पार्वता डि।सी चौधरी,डोल्पामा कुमार खडका,जुम्लामा रमा पौडेल, मुगुमा दिनवन्धु श्रेष्ठ, हुम्लामा हृयराम थानी ,कालिकोटमा डा। चन्द्र भण्डारी, जाजरकोटमा ध्रुव आले दैलेख दिलबहादुर घर्ती खटिने छन्।
 
त्यस्तै सुदुर पश्चिम प्रदेशका नौ जिल्ला बाजुरामा दिलेन्द्र प्रसाद बडु, बझाङमा मनमोहन भट्टराई,  डोटीमा शिव प्रसाद हुमागाइर्, अछाममा  गगन कुमार थापा, दार्चुलामा अतहर कमाल मुसलमान, डडेल्धुरामा बीरबहादुर बलायर, बन्चनपुरमा गुरुराज घिमिरे, कैलालीमा एन।पी सावद,  सम्बोधन गर्ने कांग्रेस मुख्यालयले जनाएको छ ।
 

यस्तो छ कांग्रेसको प्रेस विज्ञप्ति

triton college

आदरणीय पत्रकार साथीहरू,
नेपाली कांग्रेसद्वारा आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।

राष्ट्रिय राजनीतिका पछिल्ला सन्दर्भ बारे हाम्रा धारणा यस बीचमा सार्वजनिक भएकै छन् । त्यसबारे मौखिक रुपमा संक्षिप्त टिप्पणी गर्दै आजको पत्रकार सम्मेलन मूलत जागरण अभियानमा केन्द्रित रहेको जानकारी गराउँदछु ।

१. हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान तीन चरणमा हुन लाग्दैछ । 
वैशाख २५—जेठ २५ प्रथम चरण, 
भदौ २४ (बीपी जयन्ती) —असोज १० दोस्रो चरण 
र, पुष ७—पुस १६ (राष्ट्रिय एकता तथा मेलमिलाप दिवस) तेस्रो चरण ।

२. नेपाली राजनीतिमा एकै स्वरुपको प्रथम कार्यक्रमका रुपमा अभियान प्रारम्भ हुँदैछ ।

corrent noodles
Metro Mart

–एक अभियान तर पन्ध्र उद्देश्य । स्वदेशसँगै विदेशका ३३ देशमा । 
–भिन्न भ्रातृ संस्था भिन्न मुद्दाका कार्यक्रम ।
–७७ जिल्लामा एकसाथ उद्घाटन । 
–आसन ग्रहणमा परम्परागत शैलीको अन्त्य । 
–स्वागत र विसर्जन बाहेक केवल तीन वक्ता

–विषय प्रवेश
–महिला वक्ताको मन्तव्य
–प्रमुख अतिथिको मन्तव्य
–कार्यक्रमको मूल व्यानर र प्रचार सामग्री देशव्यापी रुपमा सबै तहमा एउटै डिजाइनको । 
–व्याज वितरण र किलोमा चर्चा हुने माला परम्पराको अन्त्य ।

–१२ भाषामा जागरण गीत 
–मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषा ।

३. २५ गते अलगअलग प्रदेशका जिल्लामा प्रमुख नेताहरुले सम्बोधन गर्नु हुनेछ ।

४. प्रशिक्षण प्रतिष्ठानको जागरण केन्द्रित सक्रियता 
यस बीचमा पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको गठन, सपथ ग्रहण र दुई दिने बैठक मार्फत जागरण अभियानलाई अझ प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रमहरुको प्याकेज घोषणा गरिएको छ ।

५. अनुशासन समितिको जागरण केन्द्रित सतर्कता 
यस बीचमा पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले जागरण अभियानलाई अनुशासित र व्यवस्थित बनाउने उद्देश्यका साथ पार्टी हित विपरीतका गतिविधि कोहीबाट पनि र कहीपनि नहुन् भन्ने अभिप्रायका साथ राष्ट्रव्यापी संरचनालाई आग्रहसाथ पर्यवेक्षण अभिभारा सुम्पिइएको छ ।

६. जिल्ला सम्पर्क समितिहरुको जागरण केन्द्रित भेला र पहलकदमी 
यस बीचमा काठमाडौँमा रहेका ५१ जिल्ला सम्पर्क समितिको भेला पार्टी केन्द्रीय कार्यालयको संयोजनमा केन्द्रीय कार्यालयमा भएको छ । जसले अभियानलाई तीव्रता दिन महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ ।

नोट : केन्द्रीय समितिमा रहेका सांसदहरुलाई चलिरहेको संसद अधिवेशनमा बढी क्रियाशील राख्न जिल्लामा प्रतिनिधिका रुपमा पठाउने पूर्व निर्णय परिवर्तन गरिएको छ ।

जागरण अभियानमा उत्साह र जाँगरका साथ सहभागी बन्न नेपाली कांग्रेस स्वदेश र विदेशमा रहेका सम्पूर्ण साथीहरुलाई हार्दिक अपिल गर्दछ । अभियानका अनेक सन्दर्भ बारे सञ्चारजगतबाट समाचार सम्प्रेषणका अतिरिक्त रचनात्मक सुझाव र खुला टिप्पणीको अपेक्षा हामीले राखेका छौं ।

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता
वैशाख २३, २०७६

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।